काठमाडौँ– २ नम्बर प्रदेशमा हुने स्थानीय तह निर्वाचनमा सहभागी हुने/नहुने लगायतका बिषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय कार्य समिति बैठक शूरु भएको छ ।


ADVERTISEMENT


काठमाण्डौंको बबरमहलस्थित एक पार्टी प्यालेसमा केहिबेरअघि शूरु भएको बैठकमा संविधान संशोधन नभई निर्वाचनमा भाग लिने वा नलिने र पार्टीको सांगठनिक संरचना, आगामी रणनीति लगायतका विषयमा छलफल हुने बताइएको छ । यसअघि यहि साउन १८ गतेदेखि हिजोसम्म बसेको पदाधिकारी बैठकमा बोल्नेमध्ये धेरैले संबिधान संशोधन नभइ निर्वाचनमा भाग लिन नहुने सुझाव दिएका छन् ।


ADVERTISEMENT

# # #


उनीहरुले संविधान संशोधन नै पार्टीको बटमलाइन भएको भन्दै त्यो बिना चुनावमा जान नसकिने धारणा राखेका थिए । केहिले भने संशोधनलाई मुद्धा बनाएर निर्वाचनमा जानुपर्ने बताएका थिए । यस्तै पछिल्लो पटक पार्टीमा बढेको बिबादबारे पनि बैठकमा छलफल हुनेछ । ६ वटा दल मिलेर पार्टी बनेपनि सांगठनिक रुपमा एकिकरण भने हुन सकेको छैन ।

पार्टी नेतृत्वप्रति असन्तुष्ट पक्षले विधान परिमार्जनको माग गरेको छ । राष्ट्रिय जनता पार्टीको केन्द्रीय समितिमा करिब १ हजार सदस्य छन् ।