काठमाडौं – प्रतितोला सुनको मूल्य अघिल्लो दिनको अपेक्षा दुईसय रुपियाँले घटेको छ । आईतबार सुनको मूल्य प्रतितोला ७० हजार चार सय रुपियाँमा कारोबार सुरु भएको छ ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ७० हजार छ सय रुपियाँमा भएको सुनको कारोबार आईतबार ७० हजार चार सय रुपियाँमा सुरु भएको छ । असोज २७ गते प्रतितोला ७० हजार रुपियाँमा सुनको कारोबार भएको थियो । त्यसपछि वृद्धि हुँदै शुक्रबार ७० हजार छ सय रुपियाँसम्म पुगेको थियो । त्यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार एक सय रुपियाँमा कारोबार सुरु भएको महासंघले जनाएको छ ।


ADVERTISEMENT

# # #


त्यसैगरी चाँदीको मूल्य प्रतितोला ८५० रुपियाँमा कारोबार भएको छ । शुक्रबार पनि चाँदीको मूल्य प्रतितोला ८५० रुपियाँमा नै कारोबार भएको थियो ।