काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेड र संस्कृति इन्फोएज प्रा.लि. बीच एनआईसी एशिया बैंकका ग्राहकहरुलाई आन्तरिक र अन्तर्राष्ट्रिय उडानको हवाई टिकट इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग र कनेक्ट आईपीएसमार्फत् बुक गर्दा क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको छ ।


ADVERTISEMENT


सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र संस्कृति इन्फोएज प्रा.लि. (माई ट्रिप टु नेपाल)को तर्फबाट बिजनेश डेभलपमेन्ट डाइरेक्टर आशिष जजोडियाले हस्ताक्षर गरेका छन् । सम्झौताबमोजिम बैंकका ग्राहकहरुले एनआईसी एशियाको इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग र कनेक्ट आईपीएस प्रयोग गरी mytrip2nepal.com बाट अन्तर्राष्ट्रिय हवाई टिकट बुक गर्दा रु. ५ सय क्यास ब्याक तथा आन्तरिक हवाई टिकट बुक गर्दा रु. ३ सय क्यास ब्याक प्राप्त गर्न सकिनेछ ।


ADVERTISEMENT

# # #


उक्त क्यास ब्याक सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले आन्तरिक उडानका लागि NICANEPAL, भारतका लागि NICA र अन्य अन्तर्राष्ट्रिय उडानका लागि NICASIA प्रोमो कोड बुकिङका क्रममा प्रयोग गर्नु पर्ने बैँकले जनाएको छ ।

२०७६ कात्र्तिक २ देखि कात्र्तिक १६ गतेसम्म लागू हुने यस योजनाबाट तिहार तथा छठ पर्वमा आन्तरिक या वाह्य उडान भर्ने बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३८० एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।