काठमाडौं – सक्कली जस्तो देखिने १ किलो नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्ने सिन्धुपाल्चोकका मंगले तामाङ, सुजन रसौली, विष्णु बहादुर राउत, किरण लामा, नवराज राउत र रामेछापका रोशन वुढा मगर रहेका छन् ।


ADVERTISEMENT

# # #


उनीहरुले काठमाडौं कपन निलोपुल नजिकै उक्त परिमाणको नक्कली सुन देखाई ५० लाख रुपैयाँमा विक्री गर्न खोजेको प्रहरीको भनाई छ । प्रहरीले खरिदकर्ताले सुन खरिद गर्न लागेको ५ लाख रुपैयाँ सहित मोलतोल गर्दै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट नक्कली सुन १ केजी र मोबाइल ६ थान समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।