काठमाडौँ – ठूलो आवाज गरी मोटरसाइकल चलाए अब कारबाही हुने भएको छ । आइतबार एक सूचना निकाल्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूला आवाज तथा स्वरूप परिवर्तन (मोडिफाइड) गरी मोटरसाईकल चलाएमा कारबाही गर्ने चेतावनी दिएको हो ।


ADVERTISEMENT


मोटरसाइकलहरू ध्वनी प्रदुषण हुने गरि शहरमा कोलाहल मच्चाउँदै ठूला आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरवाही ढङ्गले चलाउनु कानुन विपरित भएकाले कारबाही गरिने महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


कानुनविपरित त्यसरी मोटर साइकल चलाए सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम अधिकतम दण्ड जरिवाना गरिने उनले बताए ।