Author: Himalaya Post

भुटानको आरएमए प्रतिनिधिमण्डलसँग एनआईसी एशिया लघुवित्तको ज्ञान आदानप्रदान कार्यक्रम सम्पन्न

काठमाडौं-  सीतापाइला कार्यालयमा आज भुटानको रोयल मोनेटरी अथोरिटी आरएमए को प्रतिनिधिमण्डलसँग सम्पन्न अन्तरक्रिया तथा अनुभव आदानप्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपालको लघुवित्त क्षेत्रको यात्रा, अनुभव, चुनौती तथा उपलब्धिबारे विस्तृत प्रस्तुति दिएको जनाएको छ। भुटानका डेपुटी गभर्नर छिरिङ पेनजोर नेतृत्वको टोलीसँग वित्तीय समावेशीकरण, लघुवित्त रूपान्तरण, नियमन तथा दिगो विकासका विषयमा अर्थपूर्ण तथा फलदायी छलफल भएको संस्थाले जनाएको छ। कार्यक्रमको समन्वयमा सहयोग पुर्‍याएको अन्तर्राष्ट्रिय वित्त निगम आईएफसी नेपाल टोलीप्रति संस्थाले आभार व्यक्त गरेको छ। साथै कार्यक्रममा सहभागी सम्पूर्ण विशिष्ट अतिथि तथा विशेष सहयोग पुर्‍याउनु हुने आशिम नेपालप्रति पनि धन्यवाद ज्ञापन गरिएको छ। क्षेत्रीय...

Read More

वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ इयू तथा सदस्य रास्ट्रका राजदूत तथा काठमाडौँ स्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा उनले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताए । प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार उक्त भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट र निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट पारेका छन्। प्रधानमन्त्री शाहले भने,“नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन। नेपालको नीति निर्देशन...

Read More

जगदीश खरेलको उत्तेजित अभिव्यक्ति पछि बिपक्षी दलका सांसदहरु थप आक्रोशित

काठमाडौं- रास्वपा संसद जगदीश खरेलले संसद बैठकमा उत्तेजित अभिव्यक्ति दिएपछि बिपक्षी दलका सांसदहरु थप आक्रोशित भएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलको विरोधकाबीच पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफलका क्रममा सांसद खरेलले उत्तेजित अभिव्यक्ति दिएपछि उनीहरु थप आक्रोशित भएका हुन् । सांसद खरेलले बिपक्षी दलका सांसदले सदनमा तमाशा देखाएको समेत बताएका छन् । उनले सरकारले अध्यादेश ल्याउनुको कारण अहिले सदनमा देखिएको घटनाक्रमले देखाएको भन्दै संविधान जारी भएपछि बन्नुपर्ने ऐन र कानुनहरू संसदमा हुने गरेको तमाशाले नै बन्न नसकेको टिप्पणी गरे । सांसद खरेलले सदनबाट कानून बनाउने कुरालाई कसैले अवरोध गर्न नसक्ने धारणा समेत राखेका थिए । सांसद...

Read More

‘प्रभावकारी अनुपालनले मात्रै संस्था सुरक्षित बन्छ

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT/CPF) सम्बन्धी एक विशेष प्रशिक्षण कार्यक्रम काठमाडौंमा सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक एवं सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रका विज्ञ डा. हरि कुमार नेपालले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा बीमा क्षेत्रको समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाहरू र सोको व्यवहारिक कार्यान्वयन सम्बन्धमा प्रस्तुती गरे को थियो। उक्त प्रशिक्षण कार्यक्रममा कम्पनीका सञ्चालक समिति पदाधिकारी, आधारभूत शेयरधनी, उच्च व्यवस्थापन र विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो। प्रशिक्षक डा. नेपालले AML/CFT/CPF सम्बन्धी कानुनी व्यवस्था, नियामक निर्देशन, जोखिम पहिचान तथा...

Read More

मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु

काठमाडौं – मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’ मा नयाँ ‘सेल्फ–रिन्यु’ लगाएतको अन्य सुविधा थप गरेको छ । यस सुविधासँगै ग्राहकहरूले मोबाइल बैंकिङ सेवा नवीकरण गर्न शाखा धाउनुपर्ने बाध्यता हटेको बैंकले जनाएको छ । अब ग्राहकहरूले घरमै बसेर वा आफ्नो सहजता अनुसार यस बैंकको मोबाइल बैंकिङ्ग एप नवीकरण गर्न सक्नेछन् । त्यसको लागि एपमा लगइन गरी Expiry Pop-up देखिएपछि Renew Now’ मा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि नवीकरण शुल्क सम्बन्धी जानकारी तथा व्यवस्थापन पछि ContinueÚ ’ थिचेर आफ्नो Transaction Pin गरेपछि सेवा तुरुन्त सक्रिय हुने व्यवस्था रहेको छ । यस सेवाको साथमा बैंकले फाइदा एपबाट...

Read More