Author: Himalaya Post

तीन दलबीच सहमति हुन नसक्दा संसद् बैठक स्थगित, प्रचण्डले सम्बोधन गर्न पाएनन्

काठमाडौँ – प्रमुख विपक्षी दल नेकपा एमालेले अवरुद्ध गर्ने चेतावनी दिएपछि व्यवस्थापिका संसद बैठक सूचना टाँसेर स्थगित भएको छ । मंगलबारको संसद बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्दै राजीनामाको घोषणा गर्ने तयारी गरेका थिए । तर, एमालेले स्थानीय तहको संख्या बढाएकोमा विरोध गर्दै संसद चल्न नदिने बताएको छ । सभामुख ओनसरी घर्ती मगरको पहलमा बसेको तीन दलको बैठकमा पनि एमाले अध्यक्ष केपी ओलीले संसद चल्न नदिने अडान दोहोर्‍याए ।दलहरुबीच सहमति हुन नसकेपछि संसद बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । यसैबीच पदबाट राजीनामा दिने तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई १५ दिन कुर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले आग्रह गरेको छ ।...

Read More

कान्छीमाया बनिन् सगरमाथा आरोहण गर्ने पहिलो तामाङ महिला

काठमाडौँ– तामाङ समुदायको पहिलो महिलाका रुपमा कान्छीमाया तामाङले सगरमाथा आरोहण गरेकी छन् । सिन्धुपाल्चोककी तामाङले यही जेठ ६ गते बिहान ६ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन्। आज आयोजित पत्रकारसम्मेलनमा तामाङले मानव बेचबिखन र खेलकुदजगत्मा लैङ्गिक असमानताविरुद्धको सन्देश विश्वभर पुर्याउने उद्देश्यले आफू सगरमाथा चढेको बताइन् । फर्किंदा आफ्नो ‘अक्सिजन सिलिन्डर’ चोरिएका कारण धेरै समस्या भए पनि आफ्नो टोलीका प्रमुख पेम्बादोर्जे शेर्पाको सहयोगका कारण सकुशल आउन सफल भएको अनुभव उनले सुनाइन् । आरोहणका क्रममा धेरैपटक अप्ठेरो परे पनि आफ्नो समुदाय र उद्देश्यलाई सार्थकता दिन ३२ दिनको यात्रापछि चुचुरोमा पुगी फर्किएर आएको जानकारी दिइन् । तामाङको टोलीप्रमुख रहेका १६ पटक सगरमाथको...

Read More

‘दास्रो चरणको निर्वाचनमा एमालेलाई हराउँछौँ’ : रामशरण महत

करिब दुई दशकपछि पहिलो चरणको स्थानीय तहको निर्वाचन भएको छ र दोस्रो चरणको निर्वाचनको मिति पनि नजिकिदै गएको छ । कांग्रेस–माओवादीले गरेको समझदारी अनुसार प्रचण्ड नेतृत्वको सरकारको अवधि पनि सकिसकेको छ । २०७० को संविधान सभाको निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनेको नेपाली कांग्रेस स्थानीय तह पहिलो चरणको निर्वाचनमा दोस्रो स्थानमा झरेको छ । कांग्रेसले यस परिणामलाई कसरी बुझिरहेको छ, र आगामी चुनावका रणनीतिहरु के छन् ? के कांग्रेस सभापति देउवा नेतृत्वको सरकारले बाँकी स्थानीय तहको दोस्रो चरणको निर्वाचन र आगामी माघ ७ गतेसम्म प्रदेश र केन्द्रिय निर्वाचन गराउन सक्छ ? लगायत समसामयिक विषयमा पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता...

Read More

दश वर्षयताकै बढी सिमेन्ट उत्पादन

अच्युत रेग्मी, उदयपुर– उदयपुर सिमेन्ट उद्योग लिमिटेडले चालु आवमा १० वर्षयताकै बढी सिमेन्ट उत्पादन गरेको छ । सरकारको पूर्ण स्वामित्वमा रहेको उद्योग बेलाबेलामा राजनीतिक उतारचढावका कारण बन्द हुने गरेको भएपनि चालु आव २०७३/०७४ मा दशकयताकै बढी सिमेन्ट उत्पादन गर्न सफल भएको छ । चालु आवको दुई महिना बाँकी छँदै ८५ हजार मेट्रिक टन क्लिङ्कर (सिमेन्ट) उत्पादन गरिसकेको छ । सिमेन्ट उत्पादन गर्नका लागि भुटान र भारतबाट कोइला आयत गर्दै आएको उद्योगका क्लिङ्कर उत्पादन प्रमुख सञ्जयकुमार लालले जानकारी दिए । करिब ८५ प्रतिशत चुनढुङ्गा, १४ प्रतिशत रातोमाटो र एक प्रतिशत फलाम मिलाएर क्लिङ्कर उत्पादन हुन्छ । आगामी आवमा एक लाख...

Read More

‘स्थानीय तहको सङ्ख्या बढाउनुले आयोगलाई थप जिम्मेवारी’ : प्रमुख निर्वाचन आयुक्त

विराटनगर– प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले सरकारले स्थानीय तहको सङ्ख्या बढाउने निर्णयले आयोगमाथि थप जिम्मेवारी आएको बताएका छन् । आज आयोजित पत्रकार भेटघाटमा उनले आयोगको प्राविधिकसहितको बैठकले यस विषयमा गहन रुपमा छलफल गरी समस्यालाई एक सातामा समाधान गर्ने प्रतिबद्धता प्रकट गरे । उनले स्थानीय तहको सङ्ख्या बढेकाले मतदाता नामावली, मतदाता परिचयपत्रका साथै अन्य सामग्रीको व्यवस्थापनका लागि आयोगसक्षम अर्को काम थपिएको जानकारी गराए । पत्रकारको जिज्ञासामा उनले दोस्रो चरणको निर्वाचनमा राजपालाई ‘छाता’ चुनाव चिह्न दिन नसकिने स्पष्ट पारे। उनले दोस्रो चरणको मतगणना छिटो गर्नका लागि सम्बन्धित पक्षलाई निर्देशन दिइएको जानकारी गराए । उनले जेठ १५ गते हुने बजेट भाषणका...

Read More