Author: Himalaya Post

स्थानीय तहको निर्वाचन बैशाख ३१ र जेठ ३१ मा गर्ने सरकारको निर्णय, पहिलो चरणमा प्रदेश नं ३, ४ र ६ 

काठमाडौँ– सरकारले स्थानीय तह निर्वाचन दुई चरणमा गर्ने निश्चित गराएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख ३१ गते र जेठ ३१ गते स्थानीय निर्वाचन गर्ने निर्णय गरेको उद्योगमन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए । सरकार र मधेसी मोर्चाबीच शनिबार भएको सहमतिअनुसार सरकार दुई चरणमा निर्वाचन गर्ने निर्णयमा पुगेको हो । मोर्चासँगको सहमतिअनुसार संविधान संशोधन प्रस्ताव परिमार्जनसहित संसद लैजाने भनिए पनि विधेयकमा संशोधन दर्ताका लागि संसद सचिवालयले ७२ घण्टाको समयअवधि दिने भएकाले त्यसभित्र थप संशोधन दर्ता गराउने भएको छ । सरकारले संसदमा परिमार्जनको अर्को प्रस्ताव लैजान नपर्ने मन्त्री जोशीले प्रस्ट पारे । मोर्चाको माग सम्बोधनका लागि संशोधन प्रस्ताव ‘फास्ट...

Read More

मन्त्री परिषद् बैठक स्थगित गरेर ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रीपरिषद्को बैठक केहीबेरका लागि स्थगित गरेर आली निवास बालकोट पुगेका छन् । बिहान ११ बजे बस्ने भनिएको मन्त्री परिषद्को बैठक केहीबेरका लागि स्थगित गरेर प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीसंग छलफलका बालकोट गएका हुन् । हिजो मधेशी मोर्चासंगको सहमति अनुसार संविधान संशोधन तथा स्थानीय निर्वाचनका विषयमा महत्वपूर्ण छलफल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद बठक अगावै विपक्षी दलका नेता केपीलाई भेटेर सहमति जुटाउन प्रधानमन्त्री बालकोटतिर लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । शनिबार सात घण्टा लामो बैठकपछि सरकार र मोर्चाबीच दुई चरणमा चुनाव गर्ने सहमति भएको थियो । प्रदेश नम्बर एक, दुई, पाँच र सातको जेठ...

Read More

उपप्रम निधी मन्त्रीपरिषद् बैठकमा सहभागी

काठमाडौँ– उपप्रम वरियता विवादका कारण लामो समयदेखि मन्त्रीपरिषद्को बैठकमा अनुपस्थित हुँदै आएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आजको मन्त्रिपरिषद बैठकमा सहभागी  भएका छन्। काँग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री निधि मन्त्रिपरिषद बैठकमा सहभागी भएका  हुन् । उपप्रधानमन्त्री निधिका प्रेस संयोजक रामजी दाहालका अनुसार देश, मधेश र काँग्रेसको हितलाई ध्यानमा राखेर बैठकमा सहभागी हुन लागेको जनाइएको छ। ‘उहाँको पहिलेका अडान कायमै राखेर उहाँ बैठकमा सहभागी हुन लाग्नु भएको हो’ प्रस संयोजक दाहालले भने । मन्त्रिपरिषदको आइतवारको बैठकमा आन्दोलनरत मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउने गरी संविधान संशोधनको प्रस्ताव ऐजेण्डाको रुपमा आउँदैछ । ‘त्यसैले पनि उहाँ बैठकमा सहभागी हुन लाग्नु भएको हो’दाहालले...

Read More

निर्वाचन दुई चरणमा गर्नुको कारणबारे आयोगसँग परामर्श

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक दललाई सहमतिमा ल्याउने प्रयास र स्थानीय तहको निर्वाचन दुई चरणमा गर्नु पर्नाको कारणबारे निर्वाचन आयोगका पदाधिकारीसँग आज परामर्श गरेका छन् । सरकार र आन्दोलनरत मधेस केन्द्रित दलसँग शनिबार भएको सहमतिअनुसार केही प्रदेशमा दोस्रो चरणमा निर्वाचन गर्नुपर्ने भएकाले सो सम्बन्धमा आवश्यक तयारीका बारेमा छलफल गरिएको हो । प्रधानमन्त्री र आयोग पदाधिकारीबीच आज भएको छलफलमा दोस्रो चरणको निर्वाचन र त्यसको तयारीबारे आयुक्तहरुसँग परामर्श गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । शनिबार सरकार र सङ्घीय गठबन्धनबीच भएको सहमति कार्यान्वयन गर्ने क्रममा प्रधानमन्त्रीले आयुक्तसँग परामर्श गरेका हुन् । परामर्शकै आधारमा आवश्यक निर्णय गरिने र सोही आधारमा आयोगलाई...

Read More

माथिल्लो तामाकोसी तोकिएभन्दा पहिल्यै सम्पन्न गर्न पुनः घिसिङको निर्देशन

काठमाडौँ– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई तोकिएको समयभन्दा अगाडि सम्पन्न गर्ने वातावरण मिलाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुनः निर्देशन दिएका छन् । सो आयोजनामा लगानी गर्ने नेपाल टेलिकम, बिमा संस्थान, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोषका प्रमुख तथा प्रतिनिधिसहित आयोजनास्थल पुगेका कार्यकारी निर्देशक घिसिङले दोस्रोपटक सो निर्देशन दिएका हुन् । कुल चार सय ५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिट २०७५ असारमा सम्पन्न गर्ने लक्ष्य राखिएकामा समयभन्दा अगावै सम्पन्न गर्न प्राधिकरणले उपाय खोजिरहेको छ । ऊर्जामन्त्री जनार्दन शर्माले आयोजनालाई तोकिएको समयभन्दा पहिले सम्पन्न गर्न के के उपाय अपनाउन सकिन्छ भन्ने विषयमा तयारी गर्न...

Read More