Author: Himalaya Post

कानुनका कारण निर्वाचन नरोकिने मन्त्रालयको दावी

काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तीनै निकायको निर्वाचन गर्नका लागि कानुन निर्माण तीव्र रुपले भइरहेको जनाउँदै कानुनका निर्माणका कारण निर्वाचन नरोकिने जनाएको छ । मन्त्रालयमा आज पत्रकार सम्मेलन गरी कानुन, न्याय तथा संसदीय मालिमामन्त्री अजयशङ्कर नायकले निर्धारित मितिमै स्थानीय निकायको निर्वाचन हुनेमा ढुक्क रहन आग्रह गरे । निर्वाचनसम्बन्धी विधेयकमा थ्रेस होल्डलगायत राष्ट्रिय विषयमा सबै दलबीच सहमति गरिने उनले स्पष्ट पारे । नेपालको संविधान कार्यान्वयन गर्नका लागि निर्माण गर्नुपर्ने एक सय ३८ कानुनमध्ये ३९ विधेयक पारित भइसकेको र ३७ वटा कानुन विचाराधीन अवस्थामा व्यस्थापिका–संसद्मा रहेको छ । ती चाँडै पारित हुने तयारीमा रहेको मन्त्रालयका प्रवक्ता डिल्लीराज घिमिरेले जानकारी...

Read More

‘नेपालमा लगानी मैत्री वातावरण आवश्यक’ : जापानी पूर्वप्रधानमन्त्री हातोयामा

पोखरा– जापानका पूर्वप्रधानमन्त्री युकियो हातोयामाले नेपालमा लगानी मैत्री वातावरण बनाउनु आवश्यक रहेको बताएका छन्। नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेपाल पर्याप्त सम्भावनायुक्त देश भएकाले यहाँको विकासका लागि लगानी मैत्री वातावरण तयार गर्नुपर्ने बताएका हुन् । उद्योग कलकारखानाको विकास नहुँदा नेपालको युवा जनशक्ति विदेशिनु परेको बताउँदै पूर्वप्रधानमन्त्री हातोयामाको भनाइ थियो । उनले युवा जनशक्तिलाई स्वदेशमा नै उपयोग गर्ने किसिमले साना तथा मझौला उद्योगको विकास गरिनु आवश्यक भएको बताए । नेपालमा जस्तै जापानले पनि सन् २०११ मा ठूलो भूकम्पको सामना गर्नुपरेको र भूकम्पपछिको पुनःनिर्माणलाई प्राथमिकताका साथ अघि बढाउनु आवश्यक रहेको हातोयामाको भनाइ थियो । पोखरा...

Read More

कालीगण्डकी करिडोर निर्माणले जलयात्रा प्रभावित

पर्वत– कालीगण्डकी करिडोर निर्माण कार्यका कारण जलयात्रा (¥याफ्टिङ) प्रभावित बनेको छ । करिडोर निर्माणका क्रममा कालीगण्डकी नदी माथिबाट ढुङ्गा, माटो नदीमा खस्ने क्रम नरोकिएपछि जलयात्रा प्रभावित बनेको हो । नदी माथिको बागलुङ क्षेत्रबाट करिडोर निर्माण कार्य तीव्र रुपमा अघि बढिरहेको छ । सडक निर्माणका कारण जलयात्राका लागि कालीगण्डकी पुगेका स्वदेशी तथा विदेशी पर्यटक समस्यामा परेका छन् । करिडोर निर्माणका क्रममा नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान फुटाउँदा नदीको बीच भागसम्म नै ढुङ्गा आउने गरेको छ । यसरी ढुङ्गा आएपछि नदीमा जलयात्रा गर्न जोखिमपूर्ण रहेको नेपाल ¥याफ्टिङ एसोसिएन एजेन्सी (नारा) पश्चिमाञ्चलका अध्यक्ष मीनबहादुर मगरले बताए । पर्वतको कुश्मा नगरपालिका– १ नयाँ...

Read More

रेबिज भ्याक्सिन नहुँदा बिरामी मर्कामा

जाजरकोट– जिल्ला स्वास्थ्य कार्यालयमा एक हप्तादेखि रेबिजविरुद्ध लगाउने एन्टिरेबिज भ्याक्सिन नहुँदा समस्या भएको छ । दैनिक एन्टिरेबिज भ्याक्सिन लगाउने बिरामी आए पनि रित्तो हात फर्कने गरेको कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयबाहेक अन्य ठाउँमा भ्याक्सिन नपाइने भएपछि बिरामी हैरान हुँदै नेपालगन्ज र रुकुमको चौरजहारी मिसन अस्तालमा जँचाउन बाध्य भएको त्रिवेणीनलगाड नगरपालिका–८ का रुद्र खत्रीले बताए । बहुलाएको कुकुर र स्यालले टोक्दा रेबिज नलागोस् भनी लगाइने एन्टिरेबिज भ्याक्सिन जिल्ला स्वास्थ्य कार्यालयमा नहुँदा ग्रामीण क्षेत्रमा समेत पठाउन सकिएको छैन । भ्याक्सिन क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा समेत नभएको कार्यालयले बताएको छ...

Read More

१४ मेगावाटको घारखोला जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी– अन्नपूर्ण गाउँपालिकाको घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । म्याग्दी हाइड्रोपावर कम्पनीले रु दुई अर्ब ४१ करोड ५८ लाख लागतको सो आयोजना निर्माण सुरु गरेको हो । आयोजना २०७६ साल मङ्सिरमा सञ्चालनमा ल्याउने लक्ष्य रहेको उक्त कम्पनीका प्रबन्ध निर्देशक अर्जुन पौडेल जानकारी दिए। शिखको कुरिला बगरमा बाँध रहने सो आयोजनाको विद्युत्गृह घारको पोखरेबगरको गोजेमा निर्माण गरिने छ । तीन किमी ४८ मिटर लामो सुरुङ रहने उक्त आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाको ७० प्रतिशत तथा संस्थापक र प्रभावित क्षेत्रका बासिन्दाको ३० प्रतिशत सेयर लगानी रहने छ । पहिलो चरणमा बाँध र सुरुङ रहने...

Read More