Author: Himalaya Post

प्रधानमन्त्रीको चीन भ्रमण तालिका सार्वजनिक, कुनै सम्झौतामा हस्ताक्षर नहुने

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भोलिदेखि सुरु हुने चीन भ्रमणका क्रममा दुई देशबीच कुनै सम्झौता तथा साझदारीमा हस्ताक्षर नहुने भएको छ ।परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन गरी भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध र सहायतामा सम्झौता गर्न नेपालले आवश्यक तयारी पूरा गरेको र निकट भविष्यमा हुने अन्य भ्रमणमा सहमति भई हस्ताक्षर हुने विश्वास व्यक्त गरेको छ । बोआओ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भोलि चीन भ्रमणमा जाँदैछन् । ‘हामीले ४र५ वटा विषयमा गृहकार्य गरेका थियौं । तर, अहिले सम्झौता नहुने भयो ।’ बुधबार पत्रकार सम्मेलनमा मन्त्री महतले भने, ‘हामी त अहिले नै तयार छौं । तर, चिनियाँ प्रधानमन्त्री र विदेशमन्त्रीको अनुपस्थितिको...

Read More

भूकम्प प्रभावित जिल्लामा नयाँ ढाँचाबाट पुनर्निर्माण योजना

काठमाडौँ– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित १७ जिल्लामा नयाँ ढाँचाबाट घर निर्माणको योजना ल्याउने भएको छ । भूकम्प अति प्रभावित १४ जिल्लामा अनुदान दिई पीडितले नै घर बनाउने ढाँचाबाट अनुदान सम्झौता गरी पहिलो किस्ता वितरण गर्दा पनि बन्नुपर्ने जति घर बन्न नसकेपछि नयाँ योजना ल्याउने गृहकार्यमा लागिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले आजको व्यवस्थापिका–संसद्, विकास समितिको बैठकमा जानकारी गराए । “निजी क्षेत्रलाई परिचालन गरी १७ जिल्लामा घर बनाउने उद्देश्यले युवा निर्माण व्यवसायीसँग छलफल भइरहेको छ, १४ जिल्लामा अनुदान सम्झौता गरी पहिलो किस्ताको रु ५० हजार वितरण गरिसकेकाले अब बीचबाट फर्कन सकिन्न”–उनले भने । अति प्रभावित १४...

Read More

‘चीन भ्रमणमा तातोपानी नाका खुलाउन पहल गर्छु’ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमणपछि तातोपानी भन्सार नाका खुल्ने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले आफनो चीन भ्रमणको मुख्य एजेन्डा नै तातोपानी भन्सार नाका खुलाउने र अरनिको राजमार्ग विस्तार गर्ने चीनसँगको सम्झौता कार्यान्वयनमा लैजाने रहेको पनि स्पष्ट पारे। तातोपानी भन्सार नाका खुलाउन कूटनीतिक पहल गरिदिन आग्रह गर्दै बुधबार बिहान बालुवाटार पुगेका नेपाल ट्रक कन्टेनर व्यवसायी संघका पदाधिकारीसँगको सामूहिक भेटमा उनले तातोपानी नाका खुलाउन आफूले पटक पटक पहल गरिरहेको पनि स्मरण गराए। प्रधानमन्त्री दाहालको बिहिबारबाट चीन भ्रमण हुँदैछ। प्रधानमन्त्री दाहालले सोही भ्रमणका क्रममा तातोपानी भन्सार नाका खुलाउन र अरनिको राजमार्ग विस्तार गर्ने सम्झौता कार्यान्वयन गर्न चिनियाँ राष्ट्रपति...

Read More

अब अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता हुने

काठमाडौँ– सङ्घीय मामिला तथा स्थानीय मन्त्रालय, पञ्जीकरण विभागले व्यक्तिगत घटना तथा दुर्घटना दर्ता अनलाइनमार्फत गर्ने तयारी गरेको छ । विभागले आगामी वैशाखदेखि देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाअन्तर्गतका स्थानीय तहमा अनलाइनमार्फत जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धबिच्छेद दर्ता गर्ने भएको विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले जानकारी गराए । सर्वसाधारणले अनलाइनमा रहेको फाराम भरेर सम्बन्धित नगरपालिकामा पठाएपछि प्रमाणपत्र मात्र लिन जानुपर्ने छ । उनले पहिलो चरणमा सबै नगरपालिकामा गरिसकेपछि दोस्रो चरणमा सबै गाउँपालिकामा विस्तार गरिने बताए । “देशभरि नै सबै नगरपालिका र गाउँपालिकामा एकैसाथ अनलाइनमार्फत सेवा सुरु गर्ने योजनामा थियौँ”, सुवेदीले भने, “सबै गाउँपालिका इन्टरनेटको पहुँच नपुगेकाले पहिलो चरणमा नगरपालिकामा सेवा...

Read More

बालविवाहका कारण महिलामा मानसिक समस्या

रुकुम– बालविवाहका कारण ग्रामीण भेगका महिला मानसिक समस्या झेल्दै आएका छन् । बालविवाह गर्नेलाई कानुनी कारबाही नहुँदा बालविवाह घट्न सकेको छैन् । जनचेतनाको कमीले गाउँमा अझै पनि सानै उमेरमा विवाह गर्ने गरेका छन् । यसबाट महिला हिंसाका घटनामा समेत वृद्धि भएको छ । बहुविवाह र सम्बन्धविच्छेदका घटना समेत बढ्दै गएका छन् । बालविवाहकै कारण कतिपय महिलाले आत्महत्या समेत गर्ने गरेका महिला अधिकारकर्मी मनिषा भण्डारी बताउँछिन् । बालविवाह न्यूनीकरणका लागि अभिभाकलाई सचेत गर्नुपर्नेमा उनले जोड दिइन् । अन्तर्जातीय विवाह भएमा झगडा प्रहरीसम्म पुग्ने र अन्य भए गाउँमै मिलाउने गरेको भण्डारीले भनाई छ । गाउँमा बालविवाह भए पनि आपसी मिलेमतोमा कुरा...

Read More