समृद्धिका लागि महिला सहभागिता आवश्यक– उपराष्ट्रपति पुन
काठमाडौँ, ३ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले महिला सहभागिता बिना कुनै पनि राष्ट्रको समृद्धिको परिकल्पना गर्न नसकिने बताएका छन् । महिला उद्यमी महासङ्घ नेपालको आयोजनामा सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आज उद्घाटन गर्दै उनले व्यापार व्यवसायमा महिलालाई अघि बढ्न धेरै चुनौती रहेको बताउँदै महिला उद्यमीका सवाल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका हुन् । नेपालको संविधानले महिला हकअधिकारका लागि धेरै प्रावधानको व्यवस्था गरेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले संविधानको प्रभावकारी कार्यान्वयनका लागि निर्धारित समयमा तीनै तहका निर्वाचन गर्नु अपरिहार्य रहेकोमा जोड दिए । कार्यक्रममा महासङ्घका अध्यक्ष भवानी राणाले महिला उद्यमीले उत्पादन गरेको वस्तुको प्रवद्र्धनका लागि प्रदर्शनी लाभदायक हुने बताउँदै...
Read More