Author: Himalaya Post

जनक शिक्षामा मतपत्र छपाइ सुरु

भक्तपुर– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा कडा सुरक्षा घेराबीच मतपत्र छपाइ कार्य सुरु भएको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छपाइ कार्य आइतबार साँझबाट सुरु गरेको केन्द्रका प्रबन्ध सञ्चालक महेश तिमल्सिनाले जानकारी दिए। आयोगले निर्वाचनका लागि सातवटा पद रहने गरी करिब एक करोड ६० लाख मतपत्र आगमी ३५ देखि ४० दिनभित्र छाप्ने जनाएको छ । मतपत्र छपाइका लागि केन्द्रले एक सय ४५ कर्मचारी खटाएको छ । मतपत्रका कारण पाठ्यपुस्तक छपाइमा कुनै असर नपर्ने तिमल्सिनाको भनाइ छ...

Read More

‘निर्वाचन हुन्छ, हुन्छ, हुन्छ’ : सभापति देउवा

भक्तपुर– नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन कुनै हालतमा नरोकिने बताएका छन्। आज भक्तपुरको लोकन्थलीमा नेपाली काँग्रेस नामक पत्रिकाले आयोजना गरेको नेपाली काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको सातौँ पुण्य स्मृति दिवस कार्यक्रममा उनले निर्वाचन हुन्न कि भन्ने शङ्का नगर्न कार्यकर्ताहरुलाई आग्रह गरे । चुनाव नभए संवैधानिक सङ्कट आउने र यसले प्रजातन्त्र खतरामा पर्ने औँल्याउँदै सभापति देउवाले भने – “चुनाव नहुने कुरै छैन, चुनाव हुन्छ, हुन्छ, हुन्छ, यसमा शङ्का नगर्नुस्, चुनाव नभए संवैधानिक सङ्कट आउँछ, प्रजातन्त्र खतरामा पर्छ ।” उनले चुनावमा जानुको अब विकल्प नरहेको र चुनाव नभए प्रजातन्त्र नै नरहने सङ्केत गर्दै चुनावमा होमिन कार्यकर्तालाई...

Read More

राष्ट्रिय सतर्कता केन्द्रले देशभरिका कर्मचारीको विवरण सङ्कलन गर्दै

काठमाडौ– राष्ट्रिय सतर्कता केन्द्रले देशभरिका कर्मचारीको विवरण सङ्कलन गर्न थालेकोे छ । केन्द्रमा सम्पत्ति बुझाएका कर्मचारीको सङ्ख्या यकिन नभएपछि विवरण सङ्कलन गर्न थालेको केन्द्रका उपसचिव परशुराम पोखरेलले जानकारी दिए।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि केन्द्रले सबै मन्त्रालय, संस्थान, निकाय र सुरक्षाकर्मीको विवरण सङ्कलन गर्न थालेको हो । “हामीलाई बुझाएको सम्पत्ति विवरणमा सम्बन्धित कार्यालयले सबै कर्मचारीको विवरण बुझाएका छैनन्” उनले भने– “के कति कर्मचारी देशभरि रहेका छन् भन्ने अख्तियारले माग गरेपछि कर्मचारीको विवरण सङ्कलन गर्न थालेका हौँ ।” उपसचिव पोखरेलका अनुसार सबै कर्मचारीको विवरण सङ्कलन भएपछि कतिले सम्पत्ति विवरण नबुझाएको कुरा वास्तविक रुपमा थाहा हुनेछ । केन्द्रमा सम्पत्ति बुझाएका कर्मचारीको सम्बन्धित...

Read More

स्थानीय तहको अधिकारको सूची कार्यान्वयन कहिलेबाट ?

पूर्णप्रसाद मिश्र, काठमाडौँ– संविधानको अनुसूची–८ मा उल्लिखित स्थानीय तहको अधिकारको सूची कहिलेबाट कार्यान्वयनमा आउने भन्ने जिज्ञासा आमनागरिकले राख्न सुरु गरेका छन् । तीन दशक लामो स्थानीय संरचनालाई प्रतिस्थापन गर्दै सरकारले फागुन २७ गतेदेखि स्थानीय तहको प्रावधान लागू गरेपछि नागरिकले सो जिज्ञासा राख्न सुरु गरेका हुन् ।सो प्रावधानअनुसार अब चारवटा महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ नगरपालिका र ४८१ गाउँपालिका कायम भएको छ । अनुसूची–८ मा नगर प्रहरी, सहकारी संस्था, एफएम सञ्चालन, स्थानीय कर (सम्पत्ति कर, घर बहाल कर, घरजग्गा रजिस्ट्रेसन शुल्क, सवारी साधन कर) सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत) दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत सङ्कलनलगायत...

Read More

मोर्चाद्वारा संसद् बैठक बहिष्कार

काठमाडौँ–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आजको व्यवस्थापिका–संसद् बैठक पनि बहिष्कार गरेको छ । बैठक सुरु हुनासाथ मोर्चाका तर्फबाट सांसद डिम्पलकुमारी झाले तराई–मधेसमा केही दिनअघि सप्तरी र नेपालगन्जमा भएको घटनाका बारेमा छानबिन समिति गठन गर्न माग गरेकी छन् । ती घटनाप्र्रति दुःख व्यक्त गर्दै उनले शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमनका कारण मानवीय क्षति भएको आरोप लगाइन् । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमाथि मधेस केन्द्रित दलहरुले आशा गरेर समर्थन गरेकोमा आफूहरुलाई धोका भएको बताउँदै सांसद झाले आजको बैठकमा पनि परिमार्जनसहितको संविधान संशोधन प्रस्तावको कार्यसूची नआएको भनी आपत्ति जनाइन् । संविधान संशोधनको सट्टा सरकारले स्थानीय तहको निर्वाचनको कुरा गरेर मोर्चाको घाउमा नुन...

Read More