Author: Himalaya Post

ट्रकको ठक्करबाट एसइई परीक्षा दिने परीक्षार्थीको मृत्यु

राजविराज– पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनगरमा ट्रकको ठक्करबाट एसइई परीक्षा दिने एक परीक्षार्थीको आज बिहान मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५२०० नम्बरको ट्रकले ठक्कर दिँदा सप्तरी भारदह–२ कि १६ वर्षीया नितुकुमारी ठाकुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ठाकुर रुपनगरस्थित शङ्कर उच्च माविमा परीक्षा दिन भारदहको बिपी मावि परीक्षा केन्द्रबाट परीक्षा दिन जाँदै गर्दा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनको राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ...

Read More

राप्रपाले आज निर्वाचन आयोग घेराउ गर्ने

काठमाडौँ– विधानबाट राजसंस्था र हिन्दु राष्ट्रसम्बन्धी वाक्यांश हटाइदिएको विरोधमा सत्तारुढ राप्रपाले निर्वाचन आयोग घेराउ गर्ने भएको छ । आयोगले यसअघि राप्रपाको विधान संविधानसँग बाझिएको भन्दै राजसंस्था र हिन्दु राष्ट्र सम्बन्धी वाक्यांश हटाएर प्रमाणित गर्ने निर्णय गरेको थियो । त्यसको विरोधमा कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न लागिएको राप्रपाले जनाएको छ । राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाका नेता–कार्यकर्ताहरु सोमबार दिउँसो १२ बजे शान्तिवाटिकामा जम्मा भएर आयोग कार्यालयसम्म पुगेर प्रदर्शन गर्नेछन् । त्यसपछि आयोग कार्यालय अगाडि एक घण्टा धर्ना दिने कार्यक्रम छ । स्वतन्त्र बिचार बोक्न पाउनुपर्ने संवैधानिक अधिकारमा आयोगले कुठाराघात गरेको राप्रपाको आरोप छ । आयोगको निर्णयबाट असन्तुष्ट राप्रपाले...

Read More

सुनसरीमा चार लाख २९ हजार मतदाता

इनरुवा– आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सुनसरीबाट चार लाख २९ हजार मतदाताले मतदान गर्न पाउने भएका छन् । यहाँ पछिल्लो तीन वर्षकै अवधिमा झन्डै ६० हजार मतदाता थपिएका हुन् । जिल्लामा हालसम्ममा चार लाख २९ हजार ८२३ मतदाताको नामावली दर्ता भएको जिल्ला निर्वाचन अधिकारी जानकी कर्णले जानकारी दिए । यस वर्ष मात्र ११ हजार नयाँ मतदाता बढेको कार्यालयका नायब सुब्बा शान्तिबहादुर अधिकारीले बताए । जिल्लामा विवाह गरेर आउने महिला, विदेशबाट फर्किएका पुरुष र उमेर पुगेका व्यक्ति तथा पहाडी जिल्लाबाट सरेर आएका बढेकाले मतदाता सङ्ख्या ह्वात्तै बढेको प्रमुख कर्णको भनाइ छ । यता हालै सरकारको निर्णयानुसार सुनसरीमा...

Read More

प्रेमीकासंगै नारायणीमा हाम्फालेका सैनिक जवान अझै भेटिएनन्, युवतीको सकुशल उद्धार

चितवन– चितवनको देवघाटबाट नारायणी नदीमा हाम्फालेर बेपत्ता भएका सैनिक जवानको अवस्था अझै फेला पार्न सकिएको छैन । यही चैत ५ गते अपराह्न चितवनको भरतपुर महानगरपालिका–१ स्थित देवघाटबाट नारायणी नदीमा एकजना युवतीसहित सैनिक जवान सरोज पोखरेल नदीमा हाम्म फालेका थिए । स्थानीयले दिएको जानकारीका आधारमा प्रहरी टोलीले महिलालाई सकुशल उद्धार गरे पनि पोखरेल बेपत्ता भएका थिए । आजसम्म पनि उनको अवस्था पत्ता नलागेको र खोजी जारी रहेको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी टोलीले स्थानीय बोटेको सहयोगमा चितवन भरतपुर महानगरपालिका–२२ कि १८ वर्षीया सम्झना पौडेललाई उद्धार गरेको भए पनि पोखरेल भने बेपत्ता...

Read More

सङ्घीयता कार्यान्वयनलाई प्राथमिकता दिन प्रमको निर्देशन

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधान बमोजिम आवश्यक पर्ने सम्पूर्ण सङ्घीय कानुन निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले स्थानीय तहमा कुनै विभेद विना मापदण्ड बनाएर कर्मचारी खटाउन निर्देशन दिँदै कार्यक्षेत्रमा जान नमान्ने कर्मचारीलाई कानुनबमोजिम कारबाही गरिनुपर्ने बताए । “सङ्घीयता कार्यान्वयनमा उदार नहुनुस्, अहिलेसम्म भएका कानुन निर्माणसम्बन्धी काम सकारात्मक छन्, नेपालको संविधान जारी भएपछि ३८ वटा ऐन बनिसकेका, चारवटा ऐन संसद्बाट पारित भई प्रमाणीकरण हुन बाँकी रहेका, व्यवस्थापिका–संसद्का समितिबाट पारित भइसकेका पाँच र ३९ वटा ऐनको मस्यौदा विभिन्न समितिमा विचाराधीन अवस्थामा छन्”–आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सचिवहरुलाई निर्देशन दिँदै उनले भने । सो अवसरमा कानुन, न्याय तथा...

Read More