Author: Himalaya Post

प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपतिबीच भेट हुने निश्चित, बोआओ सम्मेलनमा सहभागी हुने

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच चैत १३ गते भेटवार्ता हुने निश्चित भएको छ। बालुवाटर स्रोतका अनुसार बोआओ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल चैत १० गते चीन जाने टुंगो भएको हो। यसअघि उनले चिनियाँ राष्ट्रपतिसँग भेट नहुने भए आफू चीन नजाने मनसाय प्रकट गरेका थिए। चिनियाँ पक्षले शनिबार साँझ परराष्ट्र मन्त्रालयलाई मार्च २६ मा बेइजिङमा दाहाल र चिनफिङबीच भेट हुने बताएपछि प्रधानमन्त्री बोआओ जान लागेका हुन्। चिनीया पक्षले ‘वान वेल्ड वान रोड’ नीति अन्तर्गत नेपालले आफ्नो पक्षमा सहमति गरेमात्र भेट्ने चाहाना राखेको थियो । यो नेपालले स्वीकार गरेपछि चिनिया राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्रीबीच भेट हुने...

Read More

स्थानीय तहको निर्वाचनमा छ प्रकारका मतपत्र हुने

काठमाडौँ– निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा छ प्रकारका मतपत्र हुने तय गरेको छ । पचहत्तरै जिल्लामा फरक फरक सङ्ख्यामा दलले निर्वाचनमा भाग लिने भएपछि सानाठूला गरी विभिन्न छ आकारका मतपत्र बनाउने तयारी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए। स्थानीय तहका निर्वाचनका लागि सबैभन्दा बढी काठमाडौँमा ४७ र सबैभन्दा कम मनाङमा सात दल दर्ता भएका छन् । आयोगले शनिबारदेखि मतपत्र छाप्ने भने पनि तयारी नपुगेपछि अब एक/दुई दिनमा सुरु गरिने भएको छ । आयोगले मतपत्र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छाप्ने तयारी गरेको छ । निर्वाचनमा करिब एक करोड ४० लाख मतदाता र २१ हजार मतदान केन्द्र रहने...

Read More

एएफसी एसिया कप २०१९ छनौट प्रतियोगिताका लागि नेपाली फुटबल टोलीको घोषणा, कर्ण लिम्बु टिममा फर्किए

काठमाडौँ–अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसिया कप २०१९ को छनौट प्रतियोगिता अन्तर्गत फिलिपिन्सबिरुद्धको आसन्न खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । टोलीका प्रमुख प्रशिक्षक ग्योतुकी कोजीले बन्द प्रशिक्षणमा रहेका २७ खेलाडी मध्येबाट २० खेलाडी सम्मिलित नेपाली टोलीको घोषणा गरेका हुन् ।नेपाली टोलीमा ३ गोलरक्षक, ७ डिफेण्डर, ६ मिडफिल्डर र ४ स्ट्राइकर समावेश गरिएको छ । दोस्रो छनौटपछि अन्तिम २७ मा परेका खेलाडीमध्येबाट देभेन्द्र तामाङ र सुमन लामा चोटका कारण बाहिरिएका छन् भने एलन न्यौपाने, अनिल गुरुङ, राजेन्द्र रावल, मानबहादुर तामाङ र बिमल बस्नेत टिममा स्थान बनाउन असफल रहे । त्यस्तै घरेलु नकआउट फुटबलका स्टार स्ट्राइकर...

Read More

मुस्ताङमा पर्यटकीय चहलपहल सुरु

बागलुङ– मुस्ताङमा पर्यटकीय चहलपहल सुरु भएको छ । पर्यटकीय याम सुरु भएसँगै मुस्ताङ छिर्ने पर्यटकको सङ्ख्या दैनिक बढ्दो छ । फागुन–जेठ दोस्रो मुख्य पर्यटकीय याम हो । मध्यजाडोमा हिमपातसँगै अत्यधिक चिसो झेलेको मुस्ताङले अहिले न्यानोसहित पर्यटकलाई स्वागत गरिरहेको छ । पुस–माघमा एकाध पर्यटक देखिने मुस्ताङका गन्तव्यमा अहिले बाक्लै आन्तरिक तथा बाह्य पर्यटक देखिन्छन् । फागुन लागेसँगै पर्यटक आगमन बढेको मुस्ताङका होटल तथा पर्यटन व्यवसायी बताउँछन् । जोमसोमका होटल व्यवसायी अनिता शेरचनले बास बस्ने पर्यटकको सङ्ख्या दैनिक बढ्दै गएको बताए । “पर्यटक नआउँदा सुनसान बनेका होटलमा चहलपहल सुरु भएको छ,” उनले भने । हिउँ पर्ने र बढी चिसो हुने हुँदा पुस माघमा पर्यटक आगमन अति न्यून हुने गरेको छ । पर्यटक आगमन सुरु भएपछि मुस्ताङका व्यवसायी उत्साहित बनेका छन् । पछिल्लो समय त्यहाँ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो क्रममा छ । अघिल्ला वर्षका तुलनामा आन्तरिक पर्यटकको सङ्ख्या बढेको लेतेस्थित ‘एन्जल गेष्ट हाउस’का सञ्चालक विमल शेरचनले बताए । मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्री र यात्रामा रमाउने युवाको रोजाइमा मुस्ताङ पर्ने गरेको छ । यातायातको सहजताले पनि पर्यटक आगमनमा वृद्धि भएको छ । मुक्तिनाथस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को पर्यटक चेकपोस्ट तथा सूचना केन्द्रका अनुसार म्याग्दी हुँदै सडक मार्ग र पोखराबाट हवाईमार्ग भएर मुस्ताङ छिर्ने पर्यटकको सङ्ख्या बढेको छ । मनाङ हुँदै ‘थोरङ्लापास’ भएर मुस्ताङ छिर्ने पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको छ । मुक्तिनाथ जाने विदेशी पर्यटकमा सबैभन्दा बढी भारतीय रहेको सूचना केन्द्रका कार्यालय सहयोगी धनप्रसाद गुरुङले बताए । मुस्ताङ...

Read More

सुत्केरी महिला आफ्नै घरमा बलात्कृत

रुकुम– यहाँकी एक सुत्केरी महिला बलात्कृत भएकी छन् । जिल्लाको झुला गाविसकी– २९ वर्षीया सुत्केरी महिला घरमा सुतिरहेको अवस्थामा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ । गत सोमबार राति घरमा एक्लै सुतिरहेको अवस्थामा ढोका फोरेर बाँफिकोट– ४ का धनवीर विटालुले जबरर्जस्ती करणी गरेको बयान ती महिलाले दिएको प्रहरी निरीक्षक थमनबहादुर रजालीले जानकारी दिए । विटालुलाई जबरर्जस्ती करणी उद्योग र चोरी अपराधमा मुद्दा चलाइएको उनले बताए। घटनाको बारेमा थप अनुसन्धानमा समस्या नहोस् भनेर बाहिर जानकारी ढिला दिएको प्रहरीको भनाइ छ । पीडित महिलाका श्रीमान् कामको सिलसिलामा सदरमुकाम मुसिकोट खलङ्गामा बस्दै आएका छन्...

Read More