Author: Himalaya Post

सर्वेन्द्र खनाल अब नेपाल प्रहरीका प्रवक्ता

काठमाडौँ, फागुन ३ । नेपाल प्रहरीको प्रवक्तामा वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल नियुक्त गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसअघि महानगरीय अपराध महाशाखा, काठमाडौँको प्रमुख रहेका खनाल दुई हप्ताअघिमात्रै प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका थिए। यसअघिका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक ठाकुर ज्ञवाली मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय, नेपालगन्जमा सरुवा भएपछि उनको ठाउँमा खनाल आएका हुन्...

Read More

सूचना प्रविधि तथा मोबाइल मेला बिहीबारदेखि

फागुन ३ । कम्प्युटर एसोसियसन नेपाल महासङ्घ कास्की र पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घको आयोजनामा बिहीबारदेखि पोखरा प्रदर्शनी केन्द्रमा आठौँ सूचना तथा प्रविधि तथा मोबाइल मेला हुने भएको छ । सूचना प्रविधि तथा सञ्चार क्षेत्रका नेपालमा भित्रिएका नवीनतम प्रविधिका बारेमा जानकारी गराई सूचना तथा प्रविधिका विकासमा योगदान पुर्याउने उद्देश्यका साथ यही फागुन ५ देखि ८ गतेसम्म उक्त मेला हुने एसोसिएसन कास्कीका सचिव विश्वास भण्डारीले जानकारी दिए । मेलामा बृहत् सूचना प्रविधि प्रदर्शनी, सूचना प्रविधि सम्मेलन, क्षेत्रीयस्तरको टाइपिङ प्रतियोगिता, सूचना प्रविधि हाजिरीजवाफ प्रतियोगिता, कम्प्युटर तथा मोबाइलको निःशुल्क मर्मत सेवा र सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी गरिने छ...

Read More

अब उपत्यकामा २० वर्ष पुराना गाडी चलाउन नपाइने

वातावरण प्रदुषण र सडक दुघर्टनाका प्रमुख कारक पुराना गाडी भएको भन्दै यातायात व्यवस्था विभागले यही फागुन १७ गतेबाट २० वर्ष पुराना सवारीसाधनलाई चलाउन रोक लगाउने भएको छ । यातायात व्यवस्था विभागले २० वर्ष पुराना गाडीको नविकरण, दर्ता र कर लिने सबै प्रक्रिया रोकिसकेकाले फागुन १७ बाट त्यस्ता गाडीलाई सडकमा गुड्न नदिने विषयलाई कडा रुपमा कार्यान्वयन गर्ने जनाएको छ। यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डेले फागुन १७ पछि काठमाडौं उपत्यकामा २० वर्ष पुराना गाडी सडकमा नहुने दावी गरे। उपत्यकामा २० वर्ष पुराना सवारी साधनको संख्या करिब दुई हजार पाँच सय रहेको र कतिपय कटौती पनि भइसकेको पाण्डेले बताए। ‘यदी...

Read More

गर्भपतन सेवा लिने किशोरीको सङ्ख्या बढ्दो

रोल्पा, २ फागुन । चालु आवमा रोल्पा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भपतन गराउने ४१ महिलामध्ये १८ जना २० वर्षमुनिका छन् । सरकारले गत मङ्सिरदेखि निःशुल्क रुपमा गर्भपतन सेवा सुरु गरेसँगै यो सेवा लिने महिलाको सङ्ख्या वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाका पब्लिक हेल्थ नर्स आशा थापाले जानकारी दिनुभयो । असुरक्षित र अनपेक्षित गर्भ भएका महिलालाई यो सेवा फलदायी देखिए पनि किशोरीले समेत यो सेवा लिँदा सामाजिक विकृति फैलने हो कि भन्ने डर रहेको थापाले बताउनुभयो । विद्यालय अध्ययन गर्ने उमेरका १८ जना किशोरीले यो सेवा लिएको अभिलेखमा देखिन्छ थापाले भन्नुभयो । किशोरीले नै गर्भपतन गराउँदा सामाजिक विकृति बढ्न सक्ने...

Read More

यो हो भ्यालेन्टाईनमा मायाका ब्यापारहरु ! !

काठमाडौं । काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कमा सञ्चालनमा आएको बिजी मलमा ‘विग सेल डिस्काउन्ट विन्टर सेल’ योजना सुरु भएको छ । १७ दिने यो योजना अवधिभर मलमा सपिङ गर्ने ग्राहकले विभिन्न वस्तु तथा सेवामा ५० प्रतिशतसम्म छुट पाउने कम्पनी जनाएको छ । ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउँदै मलले प्रणय दिवस अर्थात भ्यालेनटाइनको सन्दर्भ पारेर ‘विग डिस्काउन्ट विन्टर सेल’ योजना संचालनमा ल्याएको जानकारी दिएको छ । यो योजना फ्रेबरी १० देखी २७ सम्म संचालनमा आउनेछ । जसमा ग्राहकहरुले दैनिक रुपमा आश्चर्यजनक उपहार समेत प्राप्त गर्न सक्ने मलका निर्देशक राजु गिरीले बताए । योजना अवधिभर ग्राहकहरुले भ्यालेनटाइन डेकोरको साथमा सपिङको...

Read More