Author: Himalaya Post

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौं – विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट एक्सन’ लाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०८३ साल जेठ २३ गते शनिबारको दिन चौकीडाँडा पर्यटकीय पार्क, बुढानीलकण्ठ, काठमाडौंमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवस २०२६ को अवसरमा बृहत बृक्षारोपण कार्यक्रम बुढानीलकण्ठको चौकीडाँडा पर्यटकीय पार्क, वडा नम्बर १ मा करिव २५० विभिन्न प्रजातिका विरुवाहरु रोपिएको छ भने देशव्यापी रूपमा अन्य प्रदेशहरूमा; कोशी २०० वटा, मधेश २५० वटा, गण्डकी २०० वटा, लुम्बिनी २०० वटा, कर्णाली २०० वटा...

Read More

नेपाल–भारत सीमा विवादजस्ता संवेदनशील विषय कूटनीतिक माध्यमबाट चरणबद्ध रूपमा समाधान गरिने :राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल र भारतबीचको विद्यमान समस्याहरु चरणबद्ध रुपमा समाधान गरिने बताएका छन्। पाँच दिने भारत भ्रमणसम्पन्न गरि शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले नेपाल–भारत सीमा विवादजस्ता संवेदनशील विषय कूटनीतिक माध्यमबाट चरणबद्ध रूपमा समाधान गरिने बताएका हुन् । लामिछानेले कुनै पनि विषयको समाधानका लागि कूटनीतिक पहल सबैभन्दा महत्वपूर्ण हुने भएकाले हल्ला र सार्वजनिक रूपमा ढोल बजाएर मात्र समस्या समाधान नहुने जिकिर गरेका छन् । लामिछानेले अभियन्ता, पत्रकार र राजनीतिक दलले उठाउने विषय तथा तिनको संवेदनशीलता फरक हुने भन्दै राष्ट्रिय हितसँग जोडिएका विषयमा जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा दिएका छन्...

Read More

एकल महिला र विपन्न परिवारको अभिभावक बन्छ, बागमती सरकार : मुख्यमन्त्री बानियाँ

 काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले एकल महिला, विपन्न तथा सीमान्तकृत समुदायका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रदेश सरकारले सीप, प्रविधि र पूँजीलाई एकैसाथ जोड्ने विशेष कार्यक्रम सञ्चालन गर्ने बताएका छन्। उनले महिलालाई केवल सहयोगको पात्रका रूपमा नभई उत्पादन, उद्यम र आर्थिक विकासका साझेदारका रूपमा स्थापित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। एक कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले नीति तथा कार्यक्रममै महिलाको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राखेको उल्लेख गरेका छन्। “अचार उत्पादनदेखि लिएर मौरीपालन, बाख्रापालन, भैँसीपालन, तरकारी खेती, तुना–टपरी निर्माण तथा अन्य घरेलु तथा साना उद्योग सञ्चालन गर्न चाहने दिदीबहिनीहरूलाई सीप तालिम, प्रविधि हस्तान्तरण र बिउ पूँजीको...

Read More

सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विद्यार्थीहरुले गरे विरोध प्रदर्शन

काठमाडौं- सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विद्यार्थीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित बिपरित रहेकाले फिर्ता लिनुपर्ने भन्दै काठमाडौंको घण्टाघरस्थीत त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले राष्ट्रिय अखण्डताको पक्षमा एकजुट बनौ, देशको सीमा र स्वाभीमान हाम्रो प्राण, हाम्रो भूमि हाम्रो शान लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नारावाजी गरेका छन् । त्रिचन्द्रका विद्यार्थी मनोज भण्डारीले नेपालका प्रधानमन्त्रीले संसदमा देशको गरिमा बिपरित सीमा सम्बन्धी अभिव्यक्ति दिएकाले विरोध जनाएको बताएका छन् । उनले प्रधानमन्त्रीले संसदबाट माफी नमागेसम्म आफुहरुको आन्दोलन नरोकिने स्पष्ट पारेका छन्...

Read More

संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र अधिकारको विषयमा आवाज उठाउन स्वीट्जरल्याण्डको जेनेभा जाने तयारी गर्दै

काठमाडौं – संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र(जेटियुसिसी) ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन स्वीट्जरल्याण्डको जेनेभा जाने भएको छ । जेटियुसिसीले शुक्रबार काठमाडौंमा आयोजना गरेका पत्रकार सम्मेलनमा अध्यक्ष विनोद श्रेष्ठले लोकतन्त्र र ट्रेडयुनियन अधिकारमाथि सरकारले गरेको हस्तक्षेपको जेनेभामा जोडदार कुरा उठाउने जानकारी दिएका छन् । श्रेष्ठले २९ गतेसम्म हुने ‘अन्तराष्ट्रिय श्रमिक सम्मेलनको ११४औं सत्र’मा जेटियुसिसी अध्यक्ष, महासचिव तथा अबद्ध महासंघका अध्यक्षहरुको टोली शनिबार जेठ २३ गते जेनेभा प्रस्थान गर्ने दिएका हुन्। श्रेष्ठले नेपाली श्रम बजारको अवस्था, श्रमिकको लोकतान्त्रिक अधिकार र ट्रेड युनियनमाथिको सरकारी हस्तक्षेपका विषयमा अन्तराष्ट्रिय माञ्चमा जोडदार आवाज उठाउने बताएका छन् ।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनलाई लत्याउँदै ट्रेड युनियनमाथि...

Read More