Author: Himalaya Post

जनयुद्वलाई ‘हिंसा’ भन्नेलाई प्रचण्डको जवाफ– ‘बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छुट कसैलाई छैन’

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा रहेका दलका नेताहरुले जनयुद्धको अवमूल्यन गर्न खोजेकाले भण्डाफोर गर्नुपर्ने बताएका छन् । बिहीबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा आयोजित सहीद शेरमान कुँवर र मोहनचन्द्र गौतमको २० औं स्मृति दिवसमा प्रचण्डले जनयुद्ध वा सशस्त्र द्वन्द्वलाई संविधानले नै स्वीकार गरेको अवस्थामा सरकारमा रहेका दलका नेताहरुले हिंसा गर्ने दुष्साहस गरेको भन्दै जनतामा गएर भण्डाफोर गर्नुपर्ने बताएका हुन् । सहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छूट कसैलाई नभएको उनले भने । प्रधानमन्त्रीमै बसेका नेताले आफूले गरेको ठगी, बेइमानी र जालजेझलाई ‘प्रचण्डलाई राउण्ड किक हानेको’ भनेर पनि बोलेको आफूले...

Read More

राष्ट्रपति पौडेलसँग सार्क मुलुकका प्रमुख निर्वाचन अधिकारीको शिष्टाचार भेट

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलनका क्रममा नेपाल आएका मञ्चका सदस्य मुलुकका प्रमुख निर्वाचन आयुक्तहरूले शिष्टचार भेट गरेका छन् । भेटमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको बताउँदैराज्यमाथि जनताको पहुँच र स्वामित्व यसैबाट स्थापित हुने धारणा व्यक्त गरे । उनले राज्यमाथि जनताको पहुँच र स्वामित्व स्थापित गर्नका लागि निर्वाचन स्वच्छ निष्पक्ष र धाँधलीरहित हुनुपर्ने पनि बताए । राष्ट्रपति पौडेलले यो सम्मेलनले दक्षिण एशियाका मुलुकहरूमा हुने निर्वाचनलाई व्यवस्थित गर्दै अझ स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सहयोगी सिद्ध होस् भन्ने शुभकामना पनि दिए । उनले भने– ‘समग्र दक्षिण एसिया क्षेत्रमा स्वच्छ, पारदर्शीर...

Read More

धुलिखेल–खावा सडक : आज र भोलि मालवाहक गाडी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक–  अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा दुई दिन टिपरलगायत मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । सडक मर्मतलाई निरन्तरता दिन सडक डिभिजन कार्यालय भक्तपुरले आज र भोलि टिपर र मालवाहक गाडी सञ्चालनमा रोक लगाएको हो । निर्माण व्यवसायीको लापर्वाहीका कारण बर्खाको समयमा सडक जीर्ण भएर काठमाडौँबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीन जोड्ने तातोपानी नाका आवतजावत गर्ने प्रमुख सडक जोखिमपूर्ण अवस्थामा रहेकाले निर्माण विस्तार गर्न दुई दिन मालवाहक गाडी सञ्चालनमा रहेका लगाएको कार्यालयले जनाएको छ । निर्माणाधीन धुलिखेल–खावा सडकखण्ड अत्यन्तै जीर्ण भएकाले सडक निर्माणमा सहयोग गर्न सबैसँग कार्यालयले अनुरोध गरेको हो । निर्माण सामग्रीको ढुवानी गर्ने टिपरका साथै...

Read More

कांग्रेस र एमाले बीचको सहमति कार्यान्वयनमा शङ्का नगर्न गृहमन्त्रीको आग्रह

दोधारा चाँदनी (कञ्चनपुर)–  गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने सकारको लक्ष्य रहेको जानकारी दिएका छन् । “कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ”, उनले भने, “निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय भएको छ यसले चीनसँग जोड्छ ।” प्रेस युनियन कञ्चनपुरद्वारा आज महेन्द्रनगरमा आयोजित पत्रकार सम्ममेलनमा उनलेदोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताए । “दुई/तीन महिनाभित्रै सुक्खा बन्दरगाह निर्माणका लागि भारतले बोलपत्र आह्वान गर्छ”, गृहमन्त्री लेखकले उनले भने, “चाँडै सुक्खा बन्दरगाहको काम अघि बढ्नेछ ।” पत्रकार सम्मेलनमा उनले संसद्मा भएका दुई ठूला दलबीच सहमति...

Read More

जनतालाई सरल र सहज सेवा दिनुपर्छ : मुख्यमन्त्री

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई सरल र सहज सेवा दिनुपर्ने बताएका छन् । निजामती कर्मचारी दिवस २०८१ को सन्दर्भमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज पोखरामा आयोजित प्रदेश निजामती सेवा, स्थानीय सेवासम्बन्धी अन्तरक्रियामा उनले इमान्दारिताका साथ सरल र सहज सेवा दिनुपर्ने बताए । “सङ्घ, प्रदेश, स्थानीय जुनसुकै तहका कर्मचारी जसले जहाँ बसेर काम गरे पनि सबैले इमान्दारीताका साथ गर्नुपर्छ, जनतालाई सरल र सहज सेवा दिनुपर्छ”, मुख्यमन्त्री पाण्डेले भने । उनले सरकार असफल हुँदा त्यसको मुख्य जिम्मेवारी सरकारका प्रमुख र राजनीतिक व्यक्तिलाई दिने गरिए पनि सरकारको अङ्गका रुपमा रहेका कर्मचारीको कार्यशैली र क्षमतामा पनि असफलता झल्किने स्पष्ट पारे...

Read More