Author: Himalaya Post

राष्ट्रिय वाणिज्य बैंकको ‘आरबीबी शैक्षिक कर्जा योजना’, १ करोड रुपैयाँसम्म ऋण पाइने

काठमाडौँ– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शैक्षिक कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जा योजना सार्वजनिक गरेको हो । यस ‘आरबीबी शैक्षिक कर्जा’ अन्तर्गत विद्यार्थीहरूले ५ लाखदेखि १ करोडसम्मको कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । पहिलो किस्ता रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिने र अध्ययन गर्नका लागि लाग्ने सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा पाइने बैंकले उल्लेख गरेको छ...

Read More

कुमारी बैंकको तीज विशेष : क्यास ब्याक योजना संचालनमा

काठमाडौँ– कुमारी बैंक लिमिटेडले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावालालाई लक्षित गरी तीजको स्वरुप क्यास ब्याक योजना संचालन गरेको छ । कुमारी बैंकले विदेशबाट रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला लाभग्राहिहरुका खाताहरुबाट डेबिटरक्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत् रकम भूक्तानी गर्दा तिजको शुभकामना स्वरुप क्यास ब्याक योजना ल्याएको हो । बैंकले यहिँ भदौ २० देखि २६ गतेसम्म प्रत्येक दिन २५ सेवाग्राहिलाई १०० रूपैयाँको क्यास ब्याक योजना संचालनमा ल्याएको हो । यस योजनाबाट सेवाग्राहिहरुको विद्यूतीय भूक्तानी प्रयोगमा टेवा पूग्ने विश्वास बैंकले लिएको छ । कुमारी बैंकको देशभर ३०२ शाखा सञ्जाल,...

Read More

सन् २०२३ को ‘अणुव्रत पुरस्कार’ प्रसिद्ध उद्योगपति रतन टाटालाई

काठमाडौँ– सन् २०२३ को लागि अणुव्रत विश्व भारती द्वारा प्रदान गरिने प्रतिष्ठित ‘अणुव्रत पुरस्कार’ प्रसिद्ध उद्योगपति तथा सामाजसेवी रतन टाटा लाई प्रदान गरिएको छ । एक कार्यक्रमबीच उक्त पुरस्कार टाटाको मुम्बई स्थित निवासमा गएरै प्रदान गरिएको हो । अणुव्रत विश्व भारतीका राष्ट्रिय अध्यक्ष अविनाश नाहरसँगै त्यहाँ पुगेको प्रतिनिधिमण्डलले टाटालाई १ लाख ५१ हजार रुपैयाको पुरस्कारसहित स्मृति चिन्ह प्रदान गरेको छ । उक्त अवसरमा अणुविभाका महामन्त्री भीखमचन्द सुराना, मुम्बई भन्सार आयुक्त अशोक कुमार कोठारी, अणुविभाका उपाध्यक्ष विनोद कोठारी र सहमंत्री मनोज सिंघवी उपस्थित थिए । अणुविभाका अध्यक्ष अविनाश नाहरले टाटा लाई अणुव्रत पुरस्कार हस्तान्तरण गर्दै उनले मानव जातिमा गरेको सकारात्मक...

Read More

भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको लर्को

राँझा(बाँके) – बाँकेको सीमावर्ती भारतीय बजार रुपैडिहामा दैनिक उपभोग्य वस्तु खरिदका लागि नेपाली उपभोक्ताको लर्को लागेको छ । तीजको पूर्वसन्ध्या भइसक्दा पनि नेपालगञ्ज बजारमा व्यापारको धेरै चहलपहल छैन । बजारमा उपभोक्ताको चहलपहल कम छ । सीमा पारी भारतीय बजार रूपैडिहामा किनमेल गर्ने नेपाली उपभोक्ताको चहलपहल बढेको छ । घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यक पर्ने खाद्यान्न र लत्ताकपडा खरिदका लागि दैनिक हजाराौंको संख्यामा नेपाली उपभोक्ता सीमावर्ती भारतीय बजार रुपैडिहा पुग्ने गरेका छन् । अधिकांश उपभोक्ता नेपाली हुने भएकाले रुपैडिहामा नेपाली रुपैँया र मूल्यमा कारोबार हुने गरेको छ । व्यापारीहरुले पसलमा काम गर्ने कामदारसमेत नेपालीलाई राखेर भाषाको सहजता गरेका छन्...

Read More

 प्रधानमन्त्रीद्वारा मानव बेचबिखनविरुद्ध राष्ट्रिय दिवसको शुभकामना

काठमाडौँ–  प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखनविरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा मानव बेचबिखनविरुद्धको अभियानलाई सफल बनाउन सबै क्रियाशील भएर अगाडि बढ्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश जारी गर्दै यस दिवसले सबैलाई थप प्रेरणा दिन सकोस् भन्ने कामना व्यक्त गरेका छन्  । ‘तीनै तहका सरकारको प्रतिबद्धताः मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको १८औँ राष्ट्रिय दिवसका अवसरमा उहाँले सबैमा शुभकामना व्यक्त गरेका हुन् । “मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताको कलङ्क र जघन्य अपराघ हो । समय क्रमसँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति, स्वरुप र गन्तव्यमा निरन्तर परिवर्तन हुँदै गएको पाइएको छ”, सन्देशमा भनिएको छ,...

Read More