एन्फा महिला लिग : बागमती युथ क्लबको विजयी सुरुवात
काठमाडौँ – राजधानीमा जारी एन्फा महिला लिगमा बागमती युथ क्लबले विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बागमती युथ क्लबले विजयी सुरुवात गरेको हो । बागमतीले सुदूरपश्चिमलाई ५–१ गोल अन्तरले पराजित गर्यो । बागमतिका लागि अस्मिता खवासले ह्याट्रिक गर्दै १७, ८० र ८२ औं मिनेटमा गोल गरिन् । त्यस्तै सहारा लिम्बुले २६ औं मिनेट र आरती भुजेलले ३७ औ मिनेटमा गोल गरेकी थिइन् । सुदूरपश्चिमबाट एकमात्र गोल तुल्छा बोहराले खेलको ९० मिनेटमा गरेकी थिइन् । एन्फाको आयोजनामा आइतबारबाट सुरु लिगमा लिगमा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत सिङ्गल राउन्ड रोबिनको...
Read More

























