Author: Himalaya Post

सरकारले भाषण होइन, काम गरेर देखाउनुपर्छ : चन्द्र भण्डारी

काठमाडौँ – नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीले अर्थशास्त्रको नियम नबुझ्दा विकास निर्माणका काम ठप्प भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले विकास जनताको सहजता र समृद्धिका साथै दिगो तथा अर्थशास्त्रको नियमानुसार हुनुपर्नेमा जोड दिए । “विकास निर्माणका लागि इच्छाशक्ति र विज्ञता चाहिन्छ तर नेपालमा त्यस्तो हुनसकेको छैन”, उनले भने, “यसबाट नेपाली राजनीति सच्चिन जरुरी छ । अब सरकार बनाउनेमा होइन, देश विकासमा ध्यान दिन आवश्यक छ ।” सांसद भण्डारीले समयमा सडक नबन्दा नागरिकले सस्ती भोगिरहनुपरेको तर्फ ध्यानाकर्षण गराउनुहुँदै जनताले भोग्ने हरेक समस्यामा सरोकार भएकाहरू ध्यान जान जरुरी रहेकामा जोड दिए । उनले जनताको कर तथा...

Read More

ह्याविट्याट पावर कम्पनीको आईपीओ जारी गर्दै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

काठमाडौँ – सिंगटी हाईड्रो इनर्र्जी लि. प्रमुख प्रवर्द्धक रहेको ह्याविट्याट पावर कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी रु. ५५ करोडको २० प्रतिशत अर्थात रु.१०० अंकित दरको ११ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्ने भएको हो । आईपीओ जारी गर्न कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि र बाँकी १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई जारी गर्ने जनाएको छ । शेयर...

Read More

मुलुक र जनता लाभान्वित हुनेगरी कार्य गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुक र जनता लाभान्वित हुनेगरी काम गर्न विद्युत् नियमन आयोगलाई निर्देशन दिएका छन् । विद्युत् नियमन आयोगले आज यहाँ आयोजना गरेको ‘खुल्ला पहुँच निर्देशिकाको निर्माण तथा प्रसारण दस्तुरको निर्धारणसम्बन्धी निर्देशिका’माथिको छलफलमा उनले मुलुक र जनताको पक्षमा आयोगले काम गर्नुपर्ने बताएका हुन् । “सुशासन र न्यायिक सुधारको काम गर्दा नत्थी लगाउने गरीकनको व्यवस्था गर्नुभएन, कानुन, नियम अग्रगामी हुनुपर्यो, पश्चगामी हुनुभएन”, उनले भने । मन्त्री खड्काले सरकारले ऊर्जा विकासको क्षेत्रमा लिएको लक्ष्य पूरा गर्न निजी र अन्तर्राष्ट्रिय क्षेत्रसँग सहकार्य आवश्यक रहेको उल्लेख गरे । “हामीले १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत्...

Read More

नदी किनारामा थप २० मिटर जग्गामा संरचना बनाउन नपाइने आदेश पुनरावलोकन गर्न माग

काठमाडौँ – नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले काठमाडौंका नदी किनारामा थप २० मिटर जग्गामा संरचना बनाउन नपाइने सर्वोच्चको आदेशको पुनरावलोकन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मीक समयमा बोल्दै चालिसेले अदालतको उक्त आदेशपछि काठमाडौंका ८० हजार घर परिवारको रुवावासी भएको भन्दै पुनरावलोकन गर्न माग गरेका हुन् । २०६५ सालमा नै अधिकारसम्पन्न बागमती एकीकृत आयोजनाले २०–२० मिटर अधिग्रहण गरिसकेको अवस्थामा थप २० मिटरभित्र संरचना बनाउन नपाउने आदेश न्यायोचित नरहेको उनले बताए । उनले उक्त फैसला कसले गर्न लगायो भन्दै प्रश्न समेत गरे । चालिसेले बागमतीको जलाधार नियन्त्रण गर्ने सवालमा धेरै उपाय रहेको भन्दै साराको बास उठाएर नियन्त्रण गर्न...

Read More

महिला लिग फुटबल : चन्द्रपुर र कर्णाली प्रदेशबीचको खेल बराबरी

काठमाडौँ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको महिला लिग फुटबल प्रतियोगिताअन्तर्गत चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयको खेलमैदानमा आज भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै समान एक–एक अङ्क बाँडेका हुन् । खेलको छैटौँ मिनेटमा सुनकला राईको गोलमार्फत कर्णालीले अग्रता लिएको थियो । पहिलो हाफको अतिरिक्त समयमा चन्द्रपुरले एक गोल गर्दै खेललाई बराबरीमा ल्यायो । चन्द्रपुरका लागि सेनु परियारले दिएको सुन्दर पासको सदुपयोग गर्दै रजनी थोकरले गोल गरेकी थिइन्...

Read More