Author: Himalaya Post

काभ्रेमा १० हजार कन्या पुजिए

काभ्रेपलाञ्चोक – कृष्ण जन्माष्टमीको अवसरमा आज काभ्रेपलाञ्चोकमा करिब १० हजार कन्या पुजिएका छन् । बनेपामा मात्रै करिब सात हजार कन्या पुजिएका सनातन कन्या पुजा प्रबन्ध समितिले जनाएको छ । बनेपामा एक सय २२ वर्षअघि सुरू गरिएको ‘कन्या–पूजा’ लाई हरेक वर्ष यही दिन पुज्दै आइएको छ । आज मध्याह्नबाट सुरू गरिएको पुजामा बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबाँया पेटीमा कन्या लस्करै बस्छन् । कन्यालाई पुज्न काठमाडौँ, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाट भक्तजन आउने गरेका छन् । बनेपा नपा–३ भोलाखाँ टोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्या–पूजा सुरू हुने गर्दछ । समितिका...

Read More

छिमेकी मुलुकसँगका समस्याबारे खुलस्त संवाद गरेर समाधान गर्न सकिन्छ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्माले छिमेकी मुलुकका बीचमा यदाकदा समस्याहरु देखिनु सामान्य भएकाले ती विषयमा खुलस्तरुपमा संवाद गरेर समाधान गर्न सकिने बताएका छन् । पूर्वउपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाद्वारा लिखित ‘कूटनीति र भूराजनीति’ पुस्तकको आज विमोचन गर्दै प्रधानमन्त्री ओलीले जायज र न्यायोचित राष्ट्रिय हितका साथै अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गरेर तथ्य–प्रमाणका आधारमा समाधान खोजिएमा समस्या उत्तपन्न नहुने बताएका छन् । “नेपालले सन्तुुलत, इमानदारिता र पक्षधरताबिहीनताका आधारमा दुवै छिमेकीसँग असल सम्बन्ध राख्छ । हामी एउटा छिमेकीविरुद्ध अर्को छिमेकीको कुनै कार्ड प्रयोग गर्दैनौँ । कसैको कुुभलो चिताउँदैनौँ । हाम्रो भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन दिँदैनौँ”, प्रधानमन्त्री ओलीले भने, “हामी तटस्थता...

Read More

खानेपानीका क्षेत्रमा देखिएका समस्या सबै मिलेर समाधान गर्नुपर्छ : मन्त्री यादव

नारायणगढ (चितवन) – खानेपानीमन्त्री प्रदीप यादवले देशैभरि खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालको २२औँ स्थापना दिवसका अवसरमा आज सौराहामा आयोजित ‘खानेपानी तथा सरसफाइ क्षेत्रको सवाल र समाधान’ विषयक राष्ट्रिय गोष्ठीमा मन्त्री यादवले जलवायु परिवर्तनका कारणले गर्दा खानेपानीका स्रोत सुक्दै जाँदा अनेकन समस्या आएको उल्लेख गरे । “आज सेता हिमाल काला हुँदैछन्, हिउँ पग्लिएको छ । पहाडमा पानीका मुहान सुक्न थालेका छन् । मधेसमा चुरेको दोहनका कारण चापाकलमा पानी आउँदैन”, उनले भने, “चुरे दोहन तथा जलवायु परिवर्तनका कारण पानीका स्रोत सुकेर देखिएका समस्या समाधानका लागि देशभरि नै...

Read More

टुँडिखेलमा देउवाको आक्रोश : लाज छैन ? यही हो नेपालीको संस्कृति ?

काठमाडौँ – गौरा पर्वका अवसरमा सोमबार काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा नेताहरुविरुद्ध नाराबाजी गर्नेविरुद्ध नेपाली काँग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्माओली र आफैविरुद्ध नाराबाजी भएपछि देउवाले युवाहरुप्रति आक्रोश व्यक्त गरे । आफू भाषण गरिरहँदा पनि नाराबाजी नरोकिएपछि सभापति देउवाले जंगिए, ‘लाज पनि छैन ? अर्काको कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरु !’ उनी थप आक्रोशित बने, ‘यही हो नेपालीको संस्कृति ? यही हो नेपालीको चलन ? यही सिकेर आएको हो ? बदमासहरु !’ उनले मुलुकको कला संस्कृतिलाई जगेर्ना गर्नुपर्नेमा जोड दिए । चाडपर्वले देशलाई सबै भागका जनताहरुलाई जोड्ने उनले बताए । यसअघि कार्यक्रममा...

Read More

विद्यालयदेखि कार्यालयसम्म ह्विल चियरमा

मङ्गलबारे (इलाम) – आलोक खतिवडा २३ वर्षको भए । उनको कम्मर चल्दैन अर्थात् बसेको एक ठाउँबाट अर्को ठाउँमा सर्न सक्छन् । उनले हालै लोकसेवा आयोगले लिएको खरिदार पदको परीक्षामा उत्तीर्ण भएर जिल्ला हुलाक कार्यालयमा कार्यरत छन् । आलोकका दाजु २६ वर्षीय भुपालले पनि लोकसेवा आयोगले लिएको नायब सुब्बाको परीक्षामा पहिलो पत्र उत्तीर्ण गरेर त्यसपछिका परीक्षा दिइसकेक छन् । आलोकले गत वर्ष स्नातक पूरा गरेका छन् भने दाजु भुपालले तीन वर्षअघि स्नातक सकेका हुन् । उनीहरु दुवैले इलामबाटै आफ्नो अध्ययन पूरा गरेका हुन् । बुबाआमा बजारमा सामान्य तरकारी पसल गगर्छन् । तरकारी बेचेर बुबा भुवन र आमा तेजकुमारीले आलोकलाई सरकारी...

Read More