Author: Himalaya Post

सरकारभन्दा पार्टी र विचारको विकासमा लाग्छौँ : अध्यक्ष दाहाल

कास्की– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको प्राथमिकता सरकारमाभन्दा पनि पार्टी सङ्गठन निर्माण र विचारको विकास भएको बताएका छन् । कास्कीको पोखरामा यही भदौ ९ गतेदेखि सुरु भएको पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकको आज समापनमा अध्यक्ष दाहालले जनतामा जान र नयाँ विचारको विकासमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए । “हामी सरकारको जोड घटाउमा लाग्ने होइन, अरुले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ । अवको कार्यभार पार्टी र विचारको विकास गर्ने गरी लाग्ने हो”, उनले भने । अध्यक्ष दाहालले माओवादी केन्द्र अहिले पनि देशको महत्वपूर्ण शक्ति रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा र...

Read More

नेकपा एस केन्द्रीय कमिटी बैठक : केन्द्रीय संरचना निर्माणका विषयमा छलफल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय संरचनाहरुको निर्माणका बिषयमा छलफल गरेको छ । आइतबारबाट सुरु केन्द्रीय कमिटी बैठकको दोश्रो दिन सोमबार पदाधिकारीलाई पूर्णता दिदै केन्द्रीय संरचनाहरुको निर्माण गर्ने विषयमा प्रदेश पदाधिकारी लगाएतका अन्य सदस्यहरुसंग छलफल गरेको हो । पार्टीमा पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न बाँकी नै रहेको छ । पदाधिकारी चयन सहमतिमा गर्ने प्रयास हुने र सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट भएपनि चयन गर्ने तयारी समाजवादीको छ । त्यस्तै बैठकले पार्टीको भावी कार्ययोजना समेत तय गर्ने नेताहरुले जनाएका छन् । यसैबीच सोमबार बिभिन्न पार्टीबाट आएका कार्यकर्ताहरुलाई पार्टी अध्यक्ष माधव नेपाल, सम्मानीत नेता झलनाथ खनालले नेकपा (एकीकृत समाजवादी)...

Read More

बोनम्यारो प्रत्यारोपण सेवाको अन्तिम तयारीमा ईशान अस्पताल

काठमाडौँ– बसुन्धरास्थित ईशान महिला तथा बाल अस्पतालले बाल बोनम्यारो प्रत्यारोपण सेवाको अन्तिम तयारी रहेको बताएको छ । सोमबार अस्पतालको २९ औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहबीच अस्पतालका कार्यकारी निर्देशक प्राडा रामानन्दनप्रसाद चौधरीले भविष्यका योजना सुनाउदैँ सो जानकारी गराएका हुन् । ‘अब अस्पतालमा बोनम्यारो र सिटी स्क्यानका सेवाहरु पनि छिट्टै सुचारु हुदैँछ’, उनले भने । अस्पतालमा १०० शैय्या सुविधाका साथ सुचारु गर्ने योजना रहेको सुनाउदैँ उनले आगामी दिनमा अत्याधुनिक मेशिन तथा प्रविधिमार्फत बिरामीलाई अन्तर्राष्ट्रिय स्तरको सुपर तथा मल्टि स्पेशलालिटी सेवा प्रदान गरिने जनाए । ८७ जना वरिष्ठ चिकित्सकद्वारा स्वास्थ्य सेवा प्रदान गर्दै आएको ईशानमा विभिन्न समयमा भारत तथा बंगलादेशमा जटिल तथा...

Read More

सहकारी पीडितहरुले मागे मन्त्री अधिकारीको राजीनामा

काठमाडौं – सहकारी पीडितहरुले बृहत् सडक आन्दोलनको घोषणा गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको राजीनामा माग गरेका छन् । सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आज (सोमबार) रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी दवाबमूलक बृहत्त सडक आन्दोलन गर्न लागिएको जानकारी गराएको हो । महासंघले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५औं दिनसम्म पनि सरकारले विगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले सडक आन्दोलनको विकल्प रोजिएको बताइएको छ । अध्यक्ष कुशलव केसीले सहकारी पीडितले आफ्नो बचत फिर्ता पाओस् भन्ने मनशायले तेस्रोपटकको आन्दोलन सुरू गरेको १०१औं दिन पुगेको अवसरमा आगामी भदौ १६ गतेबाट बृहत्त आन्दोलन गर्ने बताए । सहकारी पीडितहरु...

Read More

स्वास्थ्य क्षेत्रको सुधारका लागि गम्भीर भएर लागेको छु : स्वाथ्यमन्त्री पौडेल

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि गम्भीर भएर लागेको बताएका छन् । परोपकार प्रसुति तथा महिला स्वास्थ्य अस्पतालको वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमम मन्त्री पौडेलले नागरिकले सहज र सुलभ तवरले सेवा लिनसक्ने गरि स्वास्थ्य क्षेत्रको सुधारका लागि गम्भीर भएर लागेको बताएका हुन् । स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको सेवा सुविधालाई समयानुकुल बढाउनका लागि अध्ययन भइरहेको उनले बताए । मन्त्री पौडेलले सुरक्षाको अनुभूतिहुने गरि स्वास्थ्कर्मीलाई सेवा प्रवाहको वातावरण बनाइने समेत धारणा राखे । प्रसुति तथा महिला स्वास्थ्य अस्पतालको सेवा तुलनात्मक रुपमा व्यवस्थित रहेको भन्दै मन्त्री पौडेलले अस्पतालको प्रभावकारीता थप बढाउन आवश्यक रहेको उल्लेख गरे...

Read More