Author: Himalaya Post

शेयर कारोबारमा कीर्तिमान, झण्डै ३० अर्बको कारोबार

काठमाडौँ – धितोपत्र बजारमा आज अर्को कीर्तिमान कायम भएको छ । कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज झण्डै रु ३० अर्ब बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४३ दशमलव शुन्य पाँच अङ्कले उकालो लागेर तीन हजार दशमलव ८१ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक १६ दशमलव शून्य एक अङ्कले उकालो लागेर पाँच सय ३५ दशमलव ५१ मा पुगेको छ । कूल ६ करोड ८९ लाख ८० हजार तीन सय ४६ कित्ता शेयर रु २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार दुई सय १६...

Read More

कुलमानको गुनासो : लोडसेडिङ हुँदा खुसी हुने जमातले मेरो विरोध गरिरहेको छ

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ् हुँदा खुसी हुने जमातले आफ्नो विरोध गर्ने गरेको गुनासो गरेका छन् । प्राधिकरणको बार्षिकोत्सवको सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुसी हुने जमात ठूलो रहेको र उनीहरुले विरोध गर्ने गरेको गुनासो गरेका हुन् । केही जिम्मेवार पदाधिकारी लगाएतले जिम्मेवार ठाँउमा पुगेर प्राधिकरणको हिसावकितावप्रति आशंका व्यक्त गर्ने गरेको भन्दै घिसिङले महालेखा परिक्षकको ३ वटा संस्थाले अडिट गरेको हिसाव कसरी फेक हुन्छ भन्दै प्रश्न गरे । उनले प्राधिकरण सरकारको ठूलो संस्था भएकाले जिम्मेवारीपूर्वक नै काम गरिरहेको धारणा राखे । त्यस्तै उनले...

Read More

टीकापुर अस्पतालमै सर्जरी सेवा : बिरामीलाई राहत

टीकापुर – कैलालीको टीकापुर अस्पतालमा ‘सर्जरी’ सेवा सुरुआत भएपछि यस क्षेत्रका बिरामीलाई अन्यत्र जानुपर्ने अवस्था अन्त्य भएको छ । अस्पतालमा विगत दुई वर्षदेखि शल्यचिकित्सकका विशेषज्ञको सेवा सञ्चालनमा छ । दुई वर्षमा ‘जनरल सर्जन’तर्फ एक हजार तीन सय ७० को शल्यक्रिया भएको छ । अस्पतालमा जटिल प्रकृतिका शल्यक्रिया भएको अस्पतालले जनाएको छ । अस्पतालमा श्ययाको सङ्ख्या र परीक्षण गर्ने उपकरणको प्रयाप्त व्यवस्था भएको भए यो सङ्ख्या अझ बढी हुने चिकित्सक बताउँछन् । टीकापुर अस्पतालका शल्यचिकित्सक नवीनचन्द्र भट्टले आफ्नो सेवा सुरुआत गरेसँगै अस्पतालमा  शल्यक्रिया सेवा सुरुआत भएको हो । उनले २०७९ असारदेखि  अस्पतालमा आफ्नो सेवा थालेका थिए । उनका अनुसार अस्पतालमा...

Read More

साढे तीन सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार

वालिङ (स्याङ्जा) – साढे तीन सय वर्ष पुरानो इतिहास रहेको यहाँको एक मन्दिरको जीर्णोद्धार गरिएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–४ मड्किना गुफास्थित शिवजी मन्दिर तथा श्री १००८ चम्पा गिरी जन्म आश्रमको जीर्णोद्धार गरिएको हो । धार्मिक एवं ऐतिहासिक दृष्टिले महत्वको स्थलका रुपमा रहेको मड्किनास्थित आश्रम तथा मन्दिर २०७२ सालको भूकम्पले क्षति पुर्याएको थियो । धेरै वर्ष पुरानो भएको र ढुङ्गै ढुङ्गाले बनाइएकाले विनाश भएपछि त्यसको संरक्षणका लागि पुरातत्व विभागले जीर्णोद्धार गरिदिएको हो । सन्यास सन्यासीहरुको आश्रमस्थलका रुपमा पहिचान बनाएको यो ठाउँ आयुर्वेदसम्बन्धी औषधोपचार केन्द्रका हिसाबले ख्याति पाएको आश्रमका संरक्षक एवं पशुपतिनाथका महन्त वेदान्तचार्य स्वामी गोकुलानन्दले बताए । लेखपढ गर्ने...

Read More

७८औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय दूतावास परिसरमा रोपियो ७८ वटा बिरुवा

काठमाडौँ – भारतले ७८औँ स्वतन्त्रता दिवस मनाएको छ । भारतले देशभर र विदेशमा रहेका आफ्ना कुटनीतिक नियोगमा विशेष कार्यक्रम गरी स्वतन्त्रता दिवस मनाएको हो । आफ्ना आमाहरुको सम्मानमा मानिसहरुलाई वृक्षारोपण गर्न आग्रह गर्दै विश्व वातावरण दिवस २०२४ मा प्रधानमन्त्री नरेन्द्र मोदीले ‘एक पेड माँ के नाम’ अभियानको उद्घाटन गरेका थिए। यस पहलले स्वतन्त्रता दिवसमा पनि व्यापक समर्थन एवम् सहभागिता पाएको छ । सोही अवसरमा नेपालस्थित भारतीय राजदूतावासले पनि ७८औँ स्वतन्त्रता दिवस विशेष रुपमा मनाएको छ । दूतावासले आफ्नो परिसरमा ७८ वटा बिरुवाहरु रोप्दै भारतको ७८ औं स्वतन्त्रता दिवस मनाएको हो । दूतावासका अधिकारी, तिनका परिवार तथा बालबालिका सम्मिलित यस...

Read More