Author: Himalaya Post

किसानलाई चिस्यान केन्द्र ‘निल्नु न ओकल्नु’

गलकोट (बागलुङ) – सुन्तला र आलुको मूल्य दोब्बर बनाउने उद्देश्यले स्थापना गरिएका यहाँका तीन चिस्यान केन्द्र सञ्चालनमा समस्या भएको किसानले गुनासो गरेका छन् । तीन वर्षअघि गण्डकी प्रदेश सरकारको सहयोगमा २० देखि ३० टनसम्मका तीनवटा चिस्यान केन्द्र निर्माण भएका थिए । ती चिस्यान केन्द्रले किसानलाई फाइदाभन्दा बढी घाटा पुर्‍याएपछि बन्द हुने अवस्थामा पुगेका हुन् । बागलुङ नगरपालिका–८ सिगाना र काठेखोला गाउँपालिका–६ बिहुँमा सुन्तलाका लागि र काठेखोला गाउँपालिका–३ धम्जामा आलु भण्डारणका लागि निर्माण गरिएका चिस्यान केन्द्र अहिले बन्द हुने अवस्थामा पुगेका छन् । प्राविधिक ज्ञान बिना सञ्चालनमा ल्याइएका चिस्यान केन्द्रबाट किसानलाई राहतभन्दा बढी नोक्सानी भएको सुन्तला किसान रामबहादुर खड्काले बताउनुभयो...

Read More

अवरुद्ध नारायणगढ-बुटवल सडकखण्ड एकतर्फी सञ्चालन

मध्यविन्दु (नवलपरासी) – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा सडक भासिएपछि अवरुद्ध भएको यातायात सेवा एकतर्फी सञ्चालनमा आएको छ । सडक भासिएपछि आज विहानैदेखि पहाड कटान सुरु गरिएको थियो । कटान कार्य आज पूरा नभएपछि एकतर्फीरुपमा यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय (नवलपरासी बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेमा सोमबार साँझ सडक भासिएको थियो । सो क्षेत्रमा आज बिहानदेखि दिउँसो २ बजेसम्म अत्यावश्यकबाहेकका सवारीलाई रोक लगाएर मर्मत गरिएको थियो । सुरक्षाको दृष्टिकोणले जोखिम हुने राति काम नगर्ने र भोलि बिहान ८ बजेदेखि पुनः काम सुरु गरिने पौडेलले जानकारी दिए...

Read More

‘एसियन कोअपरेसन डायलग’ मा सहभागी हुन प्रधानमन्त्रीलाई कतारको निमन्त्रणा

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन कोअपरेसन डायलग’ (एसिडीं मा सहभागी हुन कतारका राजाका तर्फबाट निमन्त्रणा प्राप्त भएको छ । प्रधानमन्त्री ओलीसमक्ष नेपालका लागि कतारका राजदूत मिसल मोहम्मद अल अन्सारीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शिष्टाचार भेटगरी उक्त निमन्त्रणा हस्तान्तरण गरेका हुन् । उक्त एसिडीमा नेपालससिहत ३५ मुलुक आबद्ध छन् । उक्त मञ्चको १९औँ मन्त्रिस्तरीय बैठक गत २४ जुन, २०२४ मा इरानमा भएको थियो । नेपाल सन् २०१६ देखि एसिडीको सदस्य भएको हो । सो अवसरमा दुई देशका आपसीहित र सम्बन्धबारे छलफल भएको थियो । छलफलमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए...

Read More

एएफसी च्यालेन्ज लिग : पारोसँग चर्च ब्वाइज २-१ ले पराजित, गुम्यो इतिहास रच्ने मौका

काठमाडौँ – एएफसी च्यालेन्ज लिगअन्तर्गतको प्रारम्भिक चरणको खेलमा भुटानको पारो एफसीसँग नेपालको चर्च ब्वाइज युनाइटेड पराजित भएको छ । मंगलबार काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पारोले चर्चब्वाइजलाई २–१ गोलले हराएको हो । वर्षाका कारण हिलाम्मे बनेको मैदानमा खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा पारोले गोल गर्दै जित हात पारेको हो । खेलको ३८औँ मिनेटमा चर्च ब्वाइज युनाइटेडका लाकेन लिम्बुले गोल गरे । मोसेस गाबाले पेनाल्टी बक्समा हेडमार्फत दिएको पासमा लाकेनले गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर चर्च ब्वाइजको अग्रता लामो समयसम्म टिक्न सकेन । त्यसको दुई मिनेटमै अर्थात् ४०औँ मिनेटमा पारोका लागि...

Read More

सरकारले युवा पलायन रोक्न आकर्षक र रोजगारमूलक कार्यक्रम ल्याउनुपर्छ : नेता डा कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले युवा पलायन रोक्न सरकारले आकर्षक र रोजगारमूलक कार्यक्रम ल्याउन जरूरी रहेको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा फोर एच नेपालले आज आयोजना गरेको ‘अन्तरपुस्ता संवाद’ कार्यक्रममा उहाँले पढे लेखेका र बाध्यताले रोजगारीका लागि खाडी मुलुक जाने युवालाई रोक्न स्वदेशमै रोजगारीको अवसर सिर्जना गरिनुपर्नेमा जोड दिए । “युवालाई नेपालमै कसरी आकर्षित बनाउने भन्नेबारे सरकारले आवश्यक कार्ययोजना बनाउन जरूरी छ”, नेता कोइरालाले भने, “नेपालमा केही हुँदैन भन्ने भाष्यलाई चिर्नुपर्छ । युवा पलायन रोक्न राज्यले उनीहरूलाई कसरी ‘इन्गेज’ गराउने हो त्यसतर्फ ध्यान दिइनुपर्छ । स्वदेशमै अवसरको खोजी गर्ने जिम्मेवारी अभिभावको पनि हो ।”...

Read More