Author: Himalaya Post

हिलाम्मे मैदानमा एएफसी च्यालेन्जः चर्च ब्वाइज र पारोबीच पहिलो हाफ बराबरीमा

काठमाडौँ – एएफसी च्यालेन्ज लिगअन्तर्गतको चर्च ब्वाइज युनाइटेड र भुटानको पारो एफसीबीचको पहिलो हाफ एक/एक गोलको बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी खेलको ३८औँ मिनेटमा चर्च ब्वाइज युनाइटेडका लाकेन लिम्बुले गोल गरे । मोसेस गाबाले पेनाल्टी बक्समा हेडमार्फत दिएको पासमा लाकेनले गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर चर्च ब्वाइजको अग्रता लामो समयसम्म टिक्न सकेन । त्यसको दुई मिनेटमै अर्थात् ४०औँ मिनेटमा पारोका लागि किङ्गा वाङ्चुकले बराबरी गोल फर्काउँदै खेल बराबरीमा ल्याए । चर्च ब्वाइजका गोलकिपर दीप कार्की अघि बढेको अवस्थामा किङ्गाले गोल गर्न सफल भए । नेपालको चर्च ब्वाइज युनाइटेड क्लब सहिद स्मारक ए डिभिजन लिग...

Read More

प्रचारप्रसार र पूर्वाधार विकास नहुँदा ‘सुतैया ताल’ ओझेलमा

जानकी (बाँके) – बाँकेको वैजनाथ गाउँपालिका–३ मा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण ‘सुतैया ताल’ ओझेलमा रहेको छ । बाँके राष्ट्रिय निकुञ्जको काखमा रहेको यो ताल प्राकृतिक रूपले रमणीय र मनमोहक भए पनि आवश्यक प्रचारप्रसार तथा भौतिक पूर्वाधारको अभावमा ओझेलमा परेको स्थानीयवासीको गुनासो छ । प्रायः हिउँदमा निकुञ्ज क्षेत्रमा वन्यजन्तुहरु यहाँ पानी पिउन आउने गरेका छन् । यसरी पानी पिउन आएका वन्यजन्तुलाई घरआँगनबाट नै हेर्न पाइने भएकाले सो समय अत्यन्त मनमोहक हुने स्थानीय बताउँछन् । स्थानीय रामबहादुर थापाले निकुञ्जबाट ‘सुतैया ताल’मा पानी पिउन आउने वन्यजन्तु हेर्न पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढ्दै गए पनि प्रचारप्रसारको अभावमा सो सङ्ख्या उल्लेख्य रूपमा वृद्धि...

Read More

नेपालको शान्तिप्रक्रियालाई सफलताका साथ निष्कर्षमा पुर्याउँछौँ : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्तिप्रक्रियालाई सफलताका साथ निष्कर्षमा पुर्याउने बताएका छन् । मंगलबार महान्यायधीवक्ता कार्यालयमा आयोजित सरकारी वकिलहरुको छलफलमा प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसंगसम्बन्धी विषयमा विभिन्न देशले चासो व्यक्त गरिरहेको भन्दै सफलताका साथ निष्कर्षमा पुराउने बताएका हुन् । उनले संक्रमणकालीन न्यायसंगसम्बन्धी विधेयक सदनमा पेश भएको भन्दै यहि अधिवेशनबाट पारित गर्ने जिकिर गरे । उनले उक्त विधेयक पिडितमैत्री र पीडित केन्द्रीत भएर बनाइएको भन्दै कोशेढुङ्गाको रुपमा पारित हुने धारणा राखे । त्यस्तै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सामाजिक मूल्यमान्यता ताड्ने प्रयास भइरहेको बताए । उनले वर्तमान सरकारले देशबिरोधी काम नगर्ने र विकासको कामलाई सकारात्मक ढंगले अघि बढाउने उल्लेख गरे...

Read More

भिजेको मैदानमा चर्च ब्वाइज युनाइटेड र पारोबीच खेल जारी

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले भुटानको लिग च्याम्पियन पारो फुटबल क्लबविरुद्धको खेल सुरू भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अहिले साँझ ६ बजेदेखि सुरू भएको हो । अनन्त तामाङको कप्तानीको चर्च ब्वाइज युनाइटेड टोली सदस्यमा टोलीमा कप्तान अनन्तसँगै गोलकिपर दीप कार्की, अञ्जन विष्ट, छिरिङ लामा, सनिश श्रेष्ठ, लकेन लिम्बू, आयुष घलान, ओमोलाजा करिम, पिटर बन्दा, मोसेस न्याबा र एरिक विष्ट रहेका छन्...

Read More

प्रतिनिधिसभामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन पेश

काठमाडौँ – प्रतिनिधिसभा बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन पेश भएको छ । मंगलबार बसेको बैठकमा कानुन न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवदीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गरेकी हुन् । विधेयक पेश गर्दै सभापति सुवेदीले विधेयकलाई पीडितमैत्री बनाउनका लागि र निष्पक्ष न्याय दिने अवस्था सिर्जना गर्नका लागि लामो छलफल भएका कारण विधेयक पेश गर्न ढिलाई भएको बताइन् । उनले द्वन्द्वकालीन समयमा भएका विभिन्न घटनाको सत्यतथ्य रुपमा खोजी हुने, पीडितहरुले सहयोग सहितको परिपूरण पाउने अवस्था सिर्जना हुने विश्वास व्यक्त गरिन् । त्यस्तै मानव अधिकारको गम्भीर उलंघनका...

Read More