Author: Himalaya Post

एभरेष्ट महिला फ्रेन्चाइज भलिबल लिग : पहिलो सिजनमा ६ टोली भिड्ने

काठमाडौँ – एभरेष्ट महिला फ्रेन्चाइज भलिबल लिगको पहिलो सिजनका लागि ६ सहभागी टोलीहरुको घोषणा गरिएको छ । आयोजक इन्फिनिटी ड्रीम्स प्रालिले बिहीबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा प्रतिष्पर्धी ६ टोली र प्रवद्र्धकहरुको घोषणा गरिएको हो । जसअनुसार लिगको पहिलो सिजनमा टिम काठमाडौं, टिम ललितपुर, टिम मधेश, टिम गण्डकी, टिम चितवन र टिम कर्णालीले खेल्नेछन् । हरेक टोलीले १४ खेलाडीमा‌ ९ नेपाली र ३ विदेशी राख्न पाउने इन्फिनिटी ड्रिम्सले जनाएको छ । नेपाली‌ खेलाडीको‌ ड्राफ्ट सुची र प्रतियोगीताको मिति केहि दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ । यसअघि एभरेष्ट महिला फ्रेन्चाइज भलिबल लिग आयोजना गर्न नेपाल भलिबल संघ र इन्फिनिटी ड्रिम्स...

Read More

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक : विभिन्न ११ वटा एजेण्डामाथि छलफल

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न ११ वटा एजेण्डमाथि बिहीबार पनि छलफल भएको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको बैठकमा उक्त एजेण्डामाथि आमन्त्रित प्रदेश सभापतिहरुले धारणा राखेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । त्यसलगतै केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको उनले जानकारी दिए । केन्द्रीय कार्यसमिति बैठकमा निरन्तर छलफल गरेर आगामी २८ गतेसम्म बैठक सम्पन्न गर्ने तयारी रहेको प्रवक्ता महतले बताए । उनले प्रदेशलाई पार्टी नेतृत्वले कुनै हस्तक्षेप नगरेको बताए । बुधबारबाट सुरु बैठकमा महासमिति बैठकबाट पारित प्रस्ताब, राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, १०० दिने सांगठनिक अभियान, भ्रातृ संघ तथा शुभेच्छुक संस्था...

Read More

वनमन्त्री ठकुरीले मन्त्रालयबाट प्रारम्भ गरे ‘प्लाष्टिक फ्रि जोन’ अभियान

काठमाडौँ – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले केन्द्रीय प्रशासनिक भवन सिहदरबार क्षेत्रमा मानव स्वास्थ्य र वातावरणमा असर गर्ने प्लाष्टिकका सामग्रीको प्रयोग हटाउन ‘प्लाष्टिक फ्रि जोन’ अभियानको सुरुआत गरेका छन् । वातावरणका क्षेत्रमा कार्यरत संस्था ‘साथसाथै फाउण्डेसन’ को प्रनितिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटवार्तापछि उनले आफ्नै कार्यकक्षमा रहेका खानेपानीका प्लाष्टिकका बोतल हटाएर सो अभियान प्रारम्भ गरे । मन्त्री ठकुरीले भने, “हाम्रो मन्त्रालयका सबै कार्यकक्षमा आजैदेखि मानव स्वास्थ्य र वातावरणमा असर गर्ने तथा प्रयोग गर्न अयोग्य प्लाष्टिकका सामग्री हटाएर अभियानको सुरुआत गर्छौं । बाँकी अन्य मन्त्रालय र निकायलाई पनि आग्रह गरेर यसरी नै सिंहदरबार ‘प्लाष्टिक फ्रि जोन’ बनाउन पहल गर्छौं ।”...

Read More

प्रधान सेनापतिको कार्यभार रथी सिग्देललाई

काठमाडौँ – प्रधान सेनापति प्रभूराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई आफ्नो कार्यभार हस्तान्तरण गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित विशेष समारोहमा प्रधान सेनापति शर्माले भोलिदेखि सम्हाल्ने गरी वरिष्ठतम् रथी सिग्देललाई प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गरेका हुन् । मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधान सेनापतिका रूपमा बलाधिकृत रथी सिग्देलले करिब एक महिनापछि जिम्मेवारी सम्हाल्दै छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलिदेखि लागू हुनेगरी रथी सिग्देललाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी यसअघि नै तोकिसकेका छन् । प्रधान सेनापति शर्मा तीनवर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाशमा जाँदै छन् । प्रधान सेनापति अवकाश हुनु...

Read More

सर्वोच्चको आदेश : प्राधिकरणका सञ्चालक समिति सदस्य हटाउने निर्णय कार्यान्वयन नगर्नू

काठमाडौँ – सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समितिका सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलाशले आज उक्त आदेश दिएको हो । यस्तै, अदालतले सञ्चालक समितिका सदस्यद्वय पुन र आचार्यलाई हटाउनुको कारण माग गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रिस्तरीय निर्णय गर्दै यही साउन १८ गते सञ्चालक समिति सदस्यबाट उनीहरुलाई हटाएका थिए । । साथै मन्त्रीस्तरीय निर्णयबाट सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरिएको थियो । डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादमा उनीहरुले प्राधिकरणको निर्णयविरुद्ध फरक मत राखेका...

Read More