कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगी नियुक्त
कर्णाली – कर्णाली प्रदेश योजना आयोगको उपाध्याक्षमा कृषि विज्ञ सूर्यनाथ योगी नियुक्त भएका छन् । मुख्यमन्त्री यामलाल कँडेलले वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत निवासी योगीलाई उपाध्यक्ष नियुक्त गरेका हुन् । योगीलाई उनले आजै पद तथा गोपनीयताको शपथ गराए । आयोगको सदस्यमा डम्बर रावल र अशोकनाथ योगी नियुक्त भएका छन् । सदस्य रावल छायाँनाथ रारा नगरपालिका–५ मुगु र योगी रास्कोट नगरपालिका–३ कालिकोट निवासी हुन् । आयोगका दुवै सदस्यलाई नवनियुक्त उपाध्यक्ष योगीले पद तथा गोपनीयताको शपथ गराए । नवनियुक्त उपाध्यक्षसहित सदस्य रावल र योगीले आजै पदभार ग्रहण गरेका छन् । उपाध्यक्ष योगी र रावल एमालेबाट तथा योगी नेपाली कांग्रेसको कोटाबाट नियुक्त भएका हुन्...
Read More

























