Author: Himalaya Post

बडिगाड पहिरो : घाइते सबैको उद्धार

गलकोट (बागलुङ) बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार खसेको पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका सबै तीनजनाको उद्धार भएको छ । उनीहरूलाई केहीबेर अघि हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ । स्थानीय जोगबहादुर बुढाको घर मङ्गलबार बिहान पहिरोले पुरिँदा छजनाको मृत्यु भएको थियोभने १० जना घाइते भएका थिए । हाल चारजना बेपत्ता छन् । प्रतिकूल मौसमका कारण घाइतेलाई स्वास्थ्य संस्था पु¥याउन सकिएको थिएन । नेपाली सेनाका स्वास्थ्यकर्मीले उनीहरूको उपचार गरेका थिए । तीनजना गम्भीर घाइतेलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले राससलाई जानकारी दिए । अन्य घाइतेलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पु¥याइएको छ...

Read More

बागलुङ पहिरो : प्रतिकूल मौसमका कारण घाइतेलाई अस्पातल पुर्याउन कठिन

बलेवा (बागलुङ)– बडिगाड गाउँपालिका वडा नं. ९ र १० मा भएका दुई पहिरोमा घाइते भएका दश अस्पताल पुर्याउन कठिन भएको छ । । निरन्तरको वर्षा, ठाउँठाउँमा खसेको पहिरो र भौगोलिक विकटताका कारण उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म पनि पुर्याउन नसकिएको हो । बडिगाड गाउँपालिकाको समन्वयमा नेपाली सेनाका स्वास्थ्यकर्मीले घटनास्थलमा प्राथमिक उपचार गरेको छ । घाइतेलाई बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउन समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए । उद्धारका लागि आएको नेपाली सेनाको हेलिकप्टर पनि प्रतिकूल मौसमका कारण उपयोग गर्न नसकिएको दुखेसो उनले गरे । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । पहिरोमा परी आठ जनाको ज्यान...

Read More

गण्डकीमा भारी वर्षा हुने : ९ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

गण्डकी – जल तथा मौसम विज्ञान विभागले मङ्गलबार र बुधबार हुने भारी वर्षाका कारण गण्डकी प्रदेशका नौ जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेपछि राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यहाँका सर्वसाधारणदेखि सरोकार भएका निकायलाई उच्च सतकर्ता अपनाउन आग्रह गरेको छ । मङ्गलबार विशेष सूचना जारी गर्दै प्राधिकरणले कास्की, बागलुङ, म्याग्दी, पर्वत, गोरखा, लमजुङ, नवलपुर, स्याङ्जा र तनहुँ वर्षाको उच्च जोखिममा रहेको जनाएको छ । प्राधिकरणले उच्च जोखिममा रहेका जिल्लामा रातको समयमा यात्रा गर्दा जोखिम निम्तन सक्ने हुँदा रात्रिकालीन बस सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । विपद्को जोखिममा रहेका सर्वसाधारणलाई जिल्ला र स्थानीय तहमा रहेको विपद् व्यवस्थापन समितिको समन्वयमा...

Read More

एक महिने गुँला पर्व सुरू

भक्तपुर – चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म नेवार समुदायले एक महिनासम्म मनाउने गुँला पर्व सुरू भएको छ । विशेष गरी बौद्ध समुदायले मनाइने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्धको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गर्ने गरिन्छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौँ र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौँ महिना भन्ने बुझिन्छ । आज बिहानबाट विभिन्न स्थानीय बौद्ध चैत्यहरूको परिक्रमा सुरू भएको पर्व भदौ १९ गते सम्पन्न हुनेछ । बौद्ध समुदायबाहेक हिन्दू धर्मावलम्वी नेवार समुदायले पनि पछिल्ला वर्षहरूमा यो पर्व मनाउन थालेको स्थानीय संस्कृतकर्मी रामशेखर शाक्यले बताउनुभयो । हरेक दिन दुईदेखि...

Read More

माछापुच्छ्रेमा चितुवा मृत फेला

कास्की – कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आज चितुवा मृत फेला परेको छ । माछापुच्छ्रे–३ घाचोकस्थित ढावा पुल नजिक पोथी प्रजातिको अन्दाजी चारदेखी पाँच वर्षको चितुवा मृत भेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ल्वाङका रेञ्जर रवीन्द्र गौतमले जानकारी दिए । उनका अनुसार चितुवाको घाँटीमा चोट लागेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा चितुवा पासोमा परेको देखिएको गौतमले बताए । “चितुवा मृत देखेर स्थानीयले प्रहरीलाई खबर गरेपछि हामी घटनास्थलमा पुगेका थियौँ । चितुवा पासोमा परेर मरेको देखिन्छ”, गौतमले भने । अन्नपूर्र्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखराका पशु चिकित्सक डा सुरेश नेपालीले घाचोक प्रहरी चौकीमा ल्याएर चितुवाको शव परीक्षण गरेपछि मुचुल्का बनाएर गाडिएको थियो...

Read More