Author: Himalaya Post

आशा कुमारी केसीले जितिन् ‘मिस नेपाल २०२४’को उपाधि

काठमाडौँ – मिस नेपाल २०२४ को उपाधि आशाकुमारी केसीले हात पारेकी छन् । शनिबार काठमाडौँमा भएको फिनालेमा २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै केसी मिस नेपाल वर्ल्ड बन्न सफल भएकी हुन् । उनलाई मिन नेपाल २०२३ श्रीच्छा प्रधानले मिस नेपालको ताज पहिर्याइदिएकी छन् । यस्तै मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसीले जितेकी छन् भने मिस नेपाल इन्टरनेशलन २०२४ करुणा रावत बनेकी छन् । द हिडेन ट्रेजरको आयोजनामा प्रत्येक वर्ष मिस नेपाल प्रतियोगिता हुँदै आएको छ । मिस नेपाल बनेकी केसीले अब विश्व सुन्दुरीहरुको प्रतियोगिता मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछिन्...

Read More

रत्नेचौर र उपल्लाचौरमा सिँचाइ आयोजना पुनःनिर्माण

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको दुई हजार २३ र उपल्लाचौरको दुई हजार चार साले सिँचाइ आयोजना पुनःनिर्माण भएको छ । पहिराले भासिएको ठाउँमा पाइप र सडकले पुरिएको ठाउँमा नयाँ नहर बनाएर सिँचाइ आयोजना पुनःनिर्माण गरिएको हो । विसं २००४ मा निर्माण भएको नहरलाई चार साले र २०२३ मा निर्माण भएको आयोजनालाई तेईस साले सिंचाइ आयोजना नामकरण गरिएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा छुट्टाछुट्टै उपभोक्ता समितिमार्फत आयोजना पुनःनिर्माण भएको हो । उपल्लाचौर जल उपभोक्ता समितिका अध्यक्ष चन्द्रवीर थापाले पछिल्लो तीन आर्थिक वर्षमा रु ६० लाख बजेटबाट तीन सय ८० मिटर नहर र एक हजार...

Read More

महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडौँ – राजधानीमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा भारतलाई ३-२ को सेटमा पराजित गर्दै नेपालले एतिहासिक जित दर्ता गराएको हो । महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको हो । जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट  नेपालले २५-१८ ले जित्यो । खेलको दोस्रो सेट भारतले २५-१२ ले आफ्नो पक्षमा पार्‍यो । तेस्रो सेट भने नेपालले जित्यो । नेपालले भारतलाई २५-१७ ले पाखा लागायो । तर चौथो सेट १८-२५ ले गुमाएको नेपालले...

Read More

नेपालमा भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द

काठमाडौँ – सरकारले नेपालमा सञ्चालित भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द गरेको छ । करिब दुई वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबारदेखि रोकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरले भने, “मुख्यतः भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका च्यानलको प्रसारण रोकिएको हो । १५ चैत २०७९ देखि नै उनीहरूको विदेशी मुद्रा सिफारिस हुनसकेको छैन ।” च्यानलको प्रसारण रोकेरै सरकारलाई गलाउन खोजिरहेका भन्दै ऐन, कानुनअनुसार आए विदेशी मुद्रा सिफारिस दिन कुनै समस्या नरहेको उहाँले बताउनुभयो । १ साउन २०८० देखि यो प्रणाली लागू भएपछि भने त्यस्ता...

Read More

काम गर्न नसके आफू जिम्मेवारीमा नरहने मन्त्री भण्डारीको घोषणा

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले काममा हुने ढिलासुस्तीलाई अन्त्य गर्न मातहतका निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । आज मन्त्रालयमा मातहतका महाशाखा, विभाग तथा आयोजना कार्यालयका प्रमुखसँगको समीक्षा बैठकमा उनले काम गर्न नसके मार्ग प्रशस्त गर्न समेत आग्रह गरे । “हामी आगामी कार्यक्रम समय तोकेरै निर्धारण गर्नेछौँ र सोहीबमोजिम कार्य सम्पादन गर्नुपर्छ”, उनले भने, “काम गर्न नसक्नेहरुले बाटो खाली गर्न सक्नुहुन्छ ।” उनले छ महिनामा देखिने गरी कम गर्न नसके आफू पनि जिम्मेवारीमा नरहने बताए । चालु खर्च शतप्रतिशत हुने र पुँजीगत खर्च निकै कम हुने गरेको उल्लेख गर्दै उक्त समस्या समाधान हुने गरी काम गर्न...

Read More