शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग बाघलाई ‘डार्ट’ गर्ने सुविधा नहुँदा समस्या
दोधारा चाँदनी (कञ्चनपुर) – कञ्चनपुरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वरपरका बस्तीमा मानव वन्यजन्तुबीचको द्वन्द्वले बेलाबेला समस्या हुने गरेको छ । बिहीबार पनि यस्तै भयो । दोधारा चाँदनी नगरपालिका–२ की हीरादेवी शाहको घर नजिकै खेतमा घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी मृत्यु भयो । दिन दहाडै बाघले घिसार्दै शाहलाई उखुबारीभित्र लगेर मृत्यु भएपछि दोधारा चाँदनीमा शोक र त्रास छ । घटना लगत्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, स्थानीय प्रशासन, नेपाली सेनासहितको टोलीले बिहीबार दिनभर बाघ नियन्त्रणमा लिन खटियो । निकुञ्जबाट बाघ नियन्त्रणमा लिन चारवटा हात्तीसहितको टोली परिचालन भएको थियो तर त्यो प्रयास सफल भएन । रातभरि घटनास्थलमा पहरा दिइयो तर बाघलाई नियन्त्रणमा लिन...
Read More

























