Author: Himalaya Post

राज्यको तर्फबाट न्यूनतम सुविधा उपलब्ध गराउन पूर्वसांसदको माग

काठमाडौँ – गृहमन्त्री रमेश लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिले भेटवार्ता गरेको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा पूर्वसांसद मञ्चका अध्यक्ष ओमकार श्रेष्ठ नेतृत्वको टोली सहभागी थियो । मञ्चका अध्यक्ष श्रेष्ठले गृहमन्त्री लेखकलाई बधाइका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले मन्त्री लेखकको कार्यकालमा हाल देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गरे । अध्यक्ष श्रेष्ठले संसद्को सल्लाहकार समितिका रूपमा क्रियाशील पूर्वसांसद मञ्चलाई गृह मन्त्रालयको राष्ट्रिय निर्देशन ऐनअनुसार दर्ताको व्यवस्था मिलाइ दिन आग्रह गरे । संस्था हाल जिल्ला प्रशासन कार्यालयमा दर्ता छ । साथै भेटमा सहभागी पूर्वसांसदहरूले मञ्च निरन्तर जनताको काममा रहेको भन्दै राज्यको तर्फबाट न्यूनतम सुविधा उपलब्ध गराउन पनि...

Read More

दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा पुग्छ : ऊर्जामन्त्री

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा पुर्‍याउने लक्ष्यसहित सरकार अगाडि बढेको बताएका छन् । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घको २०औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले हाल ९८ प्रतिशत क्षेत्रमा विद्युतीकरण भइसकेकाले दुई वर्ष अगावै लक्ष्य भेट्नेगरी देशभर विद्युतीकरण गरिसक्ने बताए । “ऊर्जा क्षेत्रको विकासमा सरकारले राखेको लक्ष्य प्राप्त गर्नका लागि निजी क्षेत्रको साथ र सहयोग आवश्यक छ,” उनले भने, “मुलुकको विद्युत् विकासको क्षेत्रमा सरकार निजी क्षेत्र मिलेर काम गर्नुपर्छ ।” निजी क्षेत्रको समस्या समाधान हुनेगरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै ऊर्जामन्त्री खड्काले विद्युत् क्षेत्रलाई...

Read More

आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ – आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । हिजो मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ । नकर्मी विसं २०२१ असार २० गते जन्मएको थियो । विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए । नकर्मीको हिजो निधन भएको हो । फोरमका अध्यक्ष चीरबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा उनको निधनको खबरले काठमाडौँ उपत्यका मेयर्स फोरम परिवार अत्यन्तै...

Read More

सहकारी ठगीसम्बन्धी छानबिन समितिले गृहमन्त्रालयसँग छलफल गर्ने

काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले गृह मन्त्रालयसंग छलफल गर्ने भएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले आगामी बैठकमा गृहमन्त्री र मन्त्रालयका अन्य अधिकारीसंग छलफल गर्ने निर्णय गरेको हो । सहकारी ठगी प्रकरणमा जोडिएर देश बाहिर रहेकालाई स्वदेश फर्काउन भइरहेका पहलका बारेमा गृह मन्त्रालयसंग छलफल गर्न लागिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए । शुक्रबारको बैठकमा समितिले तीन जना पूर्व अर्थमन्त्रीहरुसंग छलफल गरेको थियो । सो क्रममा उनीहरुले सहकारीमा देखिएको समस्या र समाधानका सुझाव दिएको समिति संयोजक थापाले बताए । संयोजक थापाले सहकारी ठगी प्रकरणका विषयमा कुनै जानकारी भए समितिमा अवगत गराउन पनि...

Read More

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं – नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान गर्न सम्झौता भएको छ । सम्झौतासँगै अब एनसेलका बी२बी तथा बी२सी ग्राहकले सिम र डाटा खरिद गर्दा भिसा र मास्टर कार्ड प्रयोग गरी नबिल बैंकको पेमेन्ट गेटवे मार्फत रियल टाइम पेमेन्टको सुविधा पाउने भएका छन् । नबिल बैंकका एप प्रयोगकर्ताले पनि एनबैंक एप मार्फत एनसेलका सेवा खरिद गर्न सक्नेछन् । नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले र एनसेलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जाबर केयोमोवले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । नबिल बैंकका सिइओ ढुंगानाले यो सम्झौताले नेपालको डिजिटल यात्रामा महत्वपूर्ण योगदान पुग्ने बताए । उनले दुई संस्था...

Read More