Author: Himalaya Post

विरोध र तोडफोडकाबीच जीतपुरसिमराको नगरसभा सम्पन्न

बारा– बाराको १६ स्थानीय तहले असार १० भित्रै नगरसभा गरेका छन् । स्थानीय पालिकाले असार १० मा नीति तथा कार्यक्रम र बजेट नगरसभामार्फत ल्याउनुपर्ने र असारभित्रै पास गर्नुपर्ने प्रावधान भएपनि विगतमा बाराका स्थानीय तहमा विवाद हुँदा आधाले मात्र समयमा सम्पन्न गर्न सकेका थिए । गतबर्ष धेरै विवादित भएको सिम्रौनगढ, पचरौता र महेन्द्र आदर्श गाउँपालिकाले यसबर्ष समयमै नीति तथा कार्यक्रम ल्याएका छन् । जबकी यी तीनै पालिकाले समयमै बजेट ल्याउन सकेका थिएनन् । जीतपुर सिमरा उपमहानगरमा नेकपा एमाले, नेपाली काग्रेस र लोसपाबाट निर्वाचित वडाध्यक्ष सहितका कार्यपालिकाको विरोध र तोडफोडकाबीच नगरसभा सम्पन्न गरेको छ । काग्रेस, एमाले र लोसपाकै केही जनप्रतिनिधिहरुको...

Read More

आगामी आर्थिक वर्षको बजेट सन्तुलित, समन्यायिक र नतिजामूलक : प्रधानमन्त्री दाहाल

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेट तुलनात्मकरुपमा सन्तुलित, समन्यायिक र नतिजामूलक भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विनियोजनका सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तीब्रतर विकासमार्फत आर्थिक, सामाजिक, भौगौलिक विषमतालाई अन्त्य गरी सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने लक्ष्य राखेको बताए । बजेटमा सांसदहरुले दिएका सुझावका आधारमा बजेटलाई आवश्यक परिमार्जन गर्नुपर्छ भन्ने मान्यता आफ्नो रहेको उनले बताए । मानव विकास सूचकाङ्कमा पछाडि परेका कर्णाली, मधेश, सुदूरपश्चिम लगायतका क्षेत्रमा प्रदेशको विशिष्टताका आधारमा रुपान्तरणकारी, ठूला, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना अघि सार्दै आवश्यक बजेट विनियोजन गरिएको...

Read More

बाजुरामा नुनको अभाव छैन : साल्ट ट्रेडिङ

बाजुरा– साल्ट ट्रेडिङ कर्पोरेशनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भीड नलाग्न आग्रह गरेको छ । नुन अभावको हल्लाले कार्यालयमा नुन लिन आउने सेवाग्राहीको भीड लागेपछि कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै नआत्तिन आग्रह गरेको हो । कार्यालय प्रमुख टेकबहादुर बुढाले जिल्लाका तीन वटै क्षेत्रमा नुनको आवश्यक मौज्दात यथावत रहेको बताए । उहाँले वर्षायाममा नुन ढुवानीमा समस्या हुने गरेकाले आइतबार मात्रै बिक्री गर्ने गरिएको जानकारी दिए । उनका अनुसार मार्तडीमा दुई सय ७३ क्विन्टल, कोल्टीमा तीन सय ८७ क्विन्टल र मौरेमा ७५ क्विन्टल नुन मौज्दात छ । “वर्षाको समयमा ढुवानी गर्दा समस्या हुने देखेर आइतबार मात्रै...

Read More

मकवानपुरमा जंगली च्याउ खाँदा एक सातामा तीन जनाको मृत्यु

मकवानपुर– जंगली च्याउ खाँदा एक सातामा मकवानपुरमा तीन जनाको मृत्यु भएको छ । कैलाश गाउॅंपालिका वडानम्बर ९ का चार बर्षिया दिपेश लामा, कैलाश गाउॅंपालिका वडानम्बर ९ कै २५ बर्षिया निरुमाया रुम्बा र राक्सिराङ गाउॅंपालिका वडानम्बर ७ का ५५ बर्षिय बल बहादुर प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जंगली च्याउ खाँदा कैलाश, राक्सीराङ र मकवानपुर गढी गाउॅंपालिकाका १६ जना बिरामी भएका छन् । बिरामी भएका मध्य ८ जना बिरामी हेटौंडा अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् भने ८ जना बिरामीको भरतपुर अस्पतालमा उपचार भईरहेको छ...

Read More

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक सुरु

काठमाडौँ– नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज विहान साढे १० बजेदेखि सुरु भएको छ । काठमाडौँको एक होटलमा भएको बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । बैठकमा शिक्षा, स्वास्थ्य पूर्वाधार, कृषि, आर्थिक सहयोग, व्यापार, लगानी, पर्यटन, सम्पर्क सञ्जाललगायत क्षेत्रमा सहयोग आदानप्रदानबारे छलफल हुने बताइएको छ । परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरु सम्मिलित हुन्छन् । त्यस्तै चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व उपविदेश मन्त्री सुन वेइतोङले गरेका छन् । बैठकका सहभागी हुन जनवादी गणतन्त्र चीनका...

Read More