आफूलाई सीबीआई प्रहरी भन्दै २ करोड रुपैयाँ लुटपाटको आरोपमा ४ जना पक्राउ
काठमाडौँ – प्रहरीले आफूलाई सीबीआई भन्दै भक्तपुरको दधिकोटमा २ करोड रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा चार जना पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै भक्तपुरको ददिकोटका डिल्लीराज राउतको घरमा लुटपाट गर्ने सिन्धुपाल्चोक घर भएका सुजन रसाइली, भीम बहादुर तामाङ, ओखलढुङ्गा भर भएका मुनाराज राई, सिन्धुपाल्चोक घर भएका कृष्णबहादुर बोहरालाई पक्राउ गरी सार्वजनिक गरेको हो । लुटपाटमा संलग्न कुलबहादुर खत्री भने फरार छन् । कुलबहादुरका भान्जा डिल्लीराज राउतको घरमा नगद रहेको जानकारी पाएपछि कुलबहादुरले नै लुटपाटको योजना बनाएको प्रहरीले जनाएको छ । लुटपाटका लागि कुलबहादुरले वैदेशिक रोजगारका जानका लागि काठमाडौं आएका युवाहरुलाई...
Read More

























