Author: Himalaya Post

नेपाली महिलालाई गैरकानुनीरुपमा विदेश पुर्याउनेलाई कारबाही गर्न उपसभापति गुरुङको माग

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली महिलालाई गैरकानुनीरुपमा कुवेतलगायतका देशमा पु¥याउनेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै गुरुङले घरेलु कामदारका रुपमा महिला श्रमिकलाई पठाउन नहुने भएपनि गैरकानुनीरुपमा कुवेतलगायतका देशमा पु¥याउने काम भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले कुवेतमा अहिले पनि ४१ हजार नेपाली महिला कामदारका रूपमा रहेका र तीमध्ये २७ हजार गैरकानुनीरुपमा रहेको र पछिल्लो ६ महिनाभित्रमा १० हजार नेपाली महिला गैरकानुनीरुपमा कुवेत पुगेको सूचना प्राप्त भएको जिकिर गरे । त्यस्तै उनले आफू कुवेतबाट फर्कदा बेल्ग्रेटबाट फर्काइएका पाँच युवासँग भेट भएको र उनीहरुसंग कुरा गर्दै झापाको एउटा म्यानपावर...

Read More

नेपालमा बनेको ‘हुन्डाई भेन्यू’ ६.९९५ प्रतिशत फाइनान्सिङमा नै खरिद गर्न सकिने

काठमाडौँ– नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा बनेको भेन्यूको मूल्य सार्वजनिक गर्दै बिक्री वितरण बिक्री सुरु गरेको छ। नेपालमा नै हुन्डाई भेन्यूको व्यवसायिक उत्पादन गरिएको कुरालाइ ध्यानमा राखी हुन्डाई नेपाल ः मेड फर योर जोर्नी ग्राहकमुखी योजना ल्याएको छ । यस योजनामा हुन्डाई भेन्यू खरिद गर्दा ६।९९ प्रतिशत फाइनान्सीङ्गको व्यवस्था , १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी रहने कम्पनीले जनाएको छ । लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा भेन्यू मोडल उत्पादन...

Read More

भदौ मसान्तसम्म राष्ट्रिय परिचयपत्र बनाए साउनदेखिकै भत्ता पाइने

काठमाडौँ– सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएका २८ जिल्लामा आगामी भदौ मसान्तसम्म परिचयपत्र नम्बर प्राप्त गरी लाभग्राही परिचयपत्र नवीकरण गरेमा साउन १ गतेदेखिकै भत्ता उपलब्ध गराउने भएको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने व्यक्ति, अशक्त, असहाय र ९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय नम्बर आवश्यक नपर्ने भएकाले आफूलाई अनुकूल समयमा सेवा लिनसमेत अनुरोध गरेको छ । सरकारले आगामी साउन १ गतेदेखि झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौटहट, सर्लाही, काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुली, मकवानपुर, चितवन, कास्की, तनहुँ, रुपन्देही, कपिलवस्तु,...

Read More

बेनीमा मौसम मापन केन्द्र स्थापना

म्याग्दी – म्याग्दीको सदरमुकाम बेनीमा मौसम मापन केन्द्र स्थापना भएको छ । बेनी नगरपालिकासँगको समन्वयमा जल तथा मौसम विज्ञान कार्यालय पोखराले जलवायु परिवर्तन र मौसमका सूचना समयमा सहजै प्राप्त गर्न सकिने केन्द्र स्थापना गरेको हो । केन्द्रमा जडान गरिएको स्वचालित उपकरणबाट बेनी आसपासका तापक्रम, वर्षा, हावाको गतिसम्बन्धी सूचना तत्कालै उपलब्ध हुनुका साथै तथ्याङ्क भण्डारण गरिने जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख सुजन सुवेदीले जानकारी दिए । “केन्द्रमा जडान गरिएको स्वचालित उपकरणबाट प्राप्त हुने मौसमसम्बन्धी जानकारी केन्द्रीय सर्भरमा निरन्तर अपडेट र भण्डारण हुन्छ,” उनले भने– “सर्भरसँग कनेक्सन गरिएको वेबसाइटमार्फत विवरण सार्वजनिक हुने व्यवस्था मिलाइएको छ ।” विपद् व्यवस्थापनको पूर्वतयारी...

Read More

धनगढीमा राष्ट्रिय बालचलचित्र महोत्सव सम्पन्न

काठमाडौँ– चलचित्र विकास बोर्डको आयोजनामा सुदूरपश्चिम प्रदेशको धनगढीमा राष्ट्रिय बालचलचित्र महोत्सव–२०८१ सम्पन्न भएको छ । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा शुरु भएको उद्घाटन समारोहमा स्थानीय लोक संस्कृति, झाँकी, नृत्य तथा बालबालिकाहरुको प्रतिभा प्रस्तुतीसँगै विभुता सिटौला निर्देशित बाल चलचित्र शिलाबाला प्रदर्शन गरिएको थियो । तीन दिनसम्म चलेको महोत्सवमामा १ दर्जन बढी बाल चलचित्रहरु प्रदर्शन गरिएको थियो । चलचित्र विकास बोर्डले प्रशिक्षित गरेका बालबालिकाहरुद्वारा निर्माण गरिएका चलचित्रहरु पनि महोत्सवमा प्रदर्शन गरिएको थियो । महोत्सव संयोजक तथा बोर्ड प्रवक्ता केएल बुढाथोकीका अनुसार बोर्ड अध्यक्ष भुवन केसीले ‘बालबालिकासँग भुवन केसी’ कार्यक्रममा आफ्नो चलचित्र यात्राबारे बालबालिकासँग संवाद तथा अन्तरक्रिया गरेका...

Read More