Author: Himalaya Post

माइतिघर पुगेर सांसद केसीले भने– सहकारी प्रकरणको छानविन समितिले न्याय दिन सक्दैन

काठमाडौँ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सहकारी प्रकरणको छानविन गर्न बनेको समितिले न्याय दिन नसक्ने बताएका छन् । सोमबार काठमाडौंको माइतिघर पुगेर सहकारी पिडितको आन्दोलनलाई समर्थन जनाउदै केसीले सहकारी छानविन समितिको प्रतिवेदन कार्यान्वयन हुन नसक्ने र पिडितहरुले न्याय नपाउने बताएका हुन् । सत्ताकै आडमा सहकारी बचतकर्ताको रकम हिनामिना भएको भन्दै सांसदहरु रहेको छानविन समितिले सत्ताको प्रभावका कारण निष्पक्ष काम गर्न नसक्ने उनको जिकिर छ । केसीले राज्यशक्तिको आडमा नेपाली जनताको पसिनामा कसैले पौडी खेल्न नपाउने उल्लेख गरे । सहकारीबाट बचत रकमफिर्ताका लािग निर्णायक आन्दोलन गर्न उनले सुझाव दिए । सहकारी बचत अपचलनकर्तालाई कारवाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने...

Read More

संसद सचिवालयका आन्दोलित कर्मचारी र कानुन मन्त्रीबीच वार्ता जारी

काठमाडौँ– कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र संघीय संसद सचिवालयका आन्दोलनरत कर्मचारीहरुबीच छलफल भइरहेको छ । छलफल संघीय संसद भवन नयाँबानेश्वरमा जारी छ । छलपलमा कानूनमन्त्री मन्त्रीसहित संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, राष्ट्रियसभाका सचिव र एमाले सचेतक सुनिता बराल संवादमा जुटेका छन् । संघीय संसद सचिवालयका कर्मचारीहरु अतिरिक्त समयमा काम गरेको पारिश्रमिक र भत्ता वृद्धिको माग गर्दै ११ बुँदे मागसहित आन्दोलनमा छन् । समस्या समाधान पहलका लागि आइतबार बिहान मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गिरीको नेतृत्वमा समिति बनाएको थियो । समितिमा अर्थ मन्त्रालयका सचिव र संघीय संसदका महासचिव सदस्य छन् । समिति र कर्मचारी...

Read More

एनआइसी एसिया बैंकद्वारा कर्जा ग्राहकलाई छुट

काठमाडौँ– एन आई सी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले छुट प्रदान गर्ने योजना ल्याएको छ । बैंकका अनुसार २०८० चैत्र मसान्त सम्ममा देहाय बमोजिमले भाखा नाघेका म्यादको आधारमा कर्जाहरुमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत देहायको तालिकामा उल्लेख भएबमोजिम छुट प्रदान गर्ने योजना ल्याएको हो । जसमा ९१ देखि १८० दिन भाखा नाघेकालाई १५ प्रतिशत, १८१ देखि ३६५ दिन भाखा नाघेकालाई २५ प्रतिशत र३६५ भन्दा बढि भाखा नाघेकालाई ३५ प्रतिशत छुट दिने भएको छ ।...

Read More

मेलम्ची खानेपानी आजदेखि बन्द हुने

काठमाडौँ – मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको छ । मेलम्ची नदीको बहाब बढेर नदीमा बाढी आई धमिलिन थालेपछि आयोजना बन्द गर्न लागिएको हो । समितिका कार्यकारी निर्देशक रत्न लामिछाने मेलम्ची नदीमा बाढीसँगै पानी धमिलिन थालेको बताउँदै आयोजनाको संरचनालाई सुरक्षित गर्न आजैदेखि बन्द गर्न लागिएको जानकारी दिए । “नदी नधमिलिएसम्म उपत्यकावासीलाई खानेपानीको आपूर्ति सहज बनाउन आयोजना सञ्चालनमा राखेका थियौँ”, उनले भने, “नदीमा बाढी आउन थालेपछि आजदेखि बन्द गर्ने निर्णय गरेका छौँ, अब वर्षा कम भएपछि आयोजना पुनः सञ्चालन हुनेछ ।” गत जेठ ३१ गते मेलम्ची खानेपानी आयोजना बन्द गर्ने भनिए...

Read More

राजीनामा नदिएका निलम्बित मुख्यसचिव अर्याल योजना आयोगको जगेडामा सरुवा

काठमाडौँ– सरकारले निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दर्ता भएपछि स्वतः निलम्बनमा परेपनि राजीनामा नदिएका अर्याललाई योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी सरुवा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । अर्यालको अवधिभर उक्त विशेष पद कायम रहने र त्यसपछि स्वत उक्त पद खारेज हुने उनको भनाई छ । अर्याल निलम्वनमा परेपछि सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिएको छ । मन्त्रिपरिषद कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई...

Read More