Author: Himalaya Post

साढे १५ करोडको लागतमा बिर्तामोड–शनिश्चरे सडक कालोपत्र

झापा – झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब रु साढे १५ करोडको लागतमा कालोपत्र गर्ने काम थालिएको छ । पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्रसुरु भएको सडक डिभिजन कार्यालय दमकका इन्जिनियर उज्ज्वल खतिवडाले जानकारी दिएका हुन् । ‘बहुवर्षे योजनाअनुसार सडक निर्माण भइरहेको छ’, उनले भने, ‘मौसमले साथ दियो भने तीन–चार दिनभित्र काम सकिन्छ ।’ बिर्तामोडको टाटा शोरुमदेखि महानन्द चोकसम्मको करिब पाँच सय मिटर सडकको चौडाइ १५ मिटर हुनेछ भने बाँकी सात मिटर हुनेछ । कालोपत्रको मोटाइ ४० सेन्टिमिटर रहने उनले बताए । सडक निर्माणमा ढिलाइ भएको जनाउँदै तीन महिनाअघिदेखि स्थानीयवासीले सडक अवरुद्ध गर्दै आएका...

Read More

आज चिनियाँ उपविदेशमन्त्री नेपालको औपचारिक भ्रमणमा आउदैँ

काठमाडौँ– जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदैछन् । भ्रमणका क्रममा उनी यही असार ११ गते काठमाडौँमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरु सम्मिलित हुनेछन् । भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ । त्यसक्रममा चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्तासमेत गर्ने कार्यक्रम छ । उपविदेशमन्त्री सुन असार...

Read More

खानेपानीका लागि कम्मरमा गाग्री र पिठ्युँमा डोको बोक्नुपर्ने बाध्यता अन्त्य हुन्छ : मन्त्री राई

काठमाडौँ – खानेपानी मन्त्री राजेन्द्रकुमार राईले खानेपानीको समस्या समाधानका लागि आगामी आर्थिक वर्षको बजेट महत्वपूर्ण कोशेढुङ्गा साबित हुने बताएका छन् । विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि भएको छलफलका क्रममा खानेपानी मन्त्रालयका शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको आज प्रतिनिधिसभाका जवाफ दिँदै खानेपानी मन्त्री राईले उक्त दाबी गरेका हुन् । “खानेपानीको लाइनमा बस्न नपर्ने अवस्थाको सिर्जना गर्न गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । खानेपानीका लागि कम्मरमा गाग्री र पिठ्युँमा डोको बोक्नुपर्ने समस्याको अन्त्य गर्ने र तपाईँहरूले अर्कोचोटी प्रश्न नउठाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु”, खानेपानी मन्त्री राईले भने । मेलम्ची खानेपानी आयोजनामा बाढीले पुर्याएको क्षति पछि आयोजनालाई कसरी अगाडि बढाउने...

Read More

कृषि प्रवर्द्धन गर्न नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबिच समझदारी

काठमाडौं – नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि प्रवद्र्धनका लागि एक समझदारी गरेका छन् । कृषि प्रवद्र्धन, अनुसन्धान, विकास, पूर्वाधार निर्माण, यान्त्रिकीकरण, तथा साना किसानहरूमा उद्यमशीलता विकासका लागि समझदारी गरिएको हो । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थितिमा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक भरतराज ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । ग्राहकहरूको आवश्यक वित्तीय र गैरवित्तीय सेवाहरूमा पहुँच विस्तार गर्ने मुख्य उद्देश्य राखेर यो समझदारी गरिएको छ । नबिल बैंकले हरित वित्तपोषण र कृषि सम्बन्धी परियोजना विकास तथा कार्यान्वयनमा यो समझदारी महत्त्वपूर्ण हुने जनाएको...

Read More

नेपालको साक्षरता दर ७७.४ प्रतिशत पुग्यो, कुन प्रदेशको कति ?

काठमाडौँ – नेपालको साक्षरता दर ७७.४ प्रतिशत पुगेको छ । नेपाल जीवनस्तर सर्वेक्षण २०२२/२३ ले नेपालको साक्षरता दर ७७ प्रतिशत नाघेको देखाएको छ । यसअघि राष्ट्रिय जनगणना २०७८ ले साक्षरता दर ७६.३ प्रतिशत पुगेको देखाएको थियो । यो ५ वर्ष सोभन्दा बढी उमेरका कुल जनसङ्ख्याको साक्षरता दर हो । साक्षरतामा महिलाको तुलनामा पुरुषको साक्षरता दर माथि देखिन्छ । पुरुषको साक्षरता दर ८५.८ प्रतिशत र महिलाको साक्षरता दर ७०.१ प्रतिशत रहेको छ । १५ वर्ष र सोभन्दा माथिको साक्षरता दर भने ७२.५ प्रतिशत रहेको छ । जसमा महिलाको साक्षरता दर ६४.१ प्रतिशत र पुरुषको साक्षरता दर ८२.९ प्रतिशत रहेको तथ्याङ्कले...

Read More