कोशी प्रदेश सरकारविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
काठमाडौँ – सर्वोच्च अदालतमा कोशी प्रदेश सरकार गठनसम्बन्धी मुद्दा आज पनि हेर्दाहेर्दैमा परको छ । पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा आइतबार पनि बहस नसकिएपछि हेदोर्हैमा राखिएको हो । यसअघि सोही इजसालमा जेठ ३१ बजे पनि मुद्दा हेर्दाहेर्दैमा परेको थियो । आजको बहसमा निवेदक केदार कार्कीको तर्फबाट एक जनाले बहस गरेका थिए भने कोशीका प्रदेश प्रमुख परशुराम खापुङको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयबाट चार जनाले बहस गरे । मुद्दाको अर्को सुनुवाई भोलि (सोमबार) हुनेछ । कोशीका प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार २७ असोज...
Read More

























