Author: Himalaya Post

एनएमबी बैंकद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ एटीएम सञ्चालन

काठमाडौँ – एनएमबी बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्षमा थप एक एटीएम सञ्चालनमा ल्याएको छ । बैँकले यात्रु तथा कर्मचारीलाई सुविधा पुऱ्याउने उद्देश्यले उक्त एटीएम सञ्चालनमा ल्याएको हो । बैंकले यसअघिदेखि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एउटा तथा अन्तराष्ट्रिय आगमन कक्षमा दुइ वटा एटीएम सञ्चालनमा ल्याइसकेको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ...

Read More

संविधान र संघीयता कार्यान्वयन गर्न आवश्यक कानुन निर्माण भइरहेका छन् : मन्त्री गिरी

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संविधान र संघीयतालाई कार्यान्वयनका लागि आवश्यक कानुनहरु निर्माण भइरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्ना मन्त्रालय अन्तर्गत विनियोजित बजेटका सन्दर्भमा आएका प्रश्नको जवाफ दिँदै मन्त्री गिरीले सरकार गम्भीरताका साथ संविधान कार्यान्वयनमा लागेको भन्दै त्यसका लागि आवश्यक कानुनहरु निर्माण भइरहको जानकारी दिए । उनले संविधान जारी भइसकेपछि हालसम्म ३ सय ४ वटा विधेयकहरुको मस्यौदा र ३२२ वटा नियमावलीमा मन्त्रालयले सहमति दिइसकेको बताए । त्यस्तै अहिलेसम्म १९५ ऐन र ३२९ वटा नियमावलीका साथै ७८ वटा गठनआदेश भएको उनको भनाइ छ । उनले कानुन व्यवसायी प्रतिष्ठान गठन गरिने र कानुनी क्षेत्रलाई...

Read More

कालीगण्डकी र शालग्राम संरक्षणका लागि नागरिक-अभियान

गलेश्वर -म्याग्दी_ – कालीगण्डकी नदीलाई प्रदूषणमुक्त बनाई धार्मिक र आर्थिक महत्वले युक्त मानिएको शालग्राम शिलाको संरक्षणका लागि जनस्तरबाट स्वःस्फुर्त रूपमा नागरिक–अभियान सञ्चालन गरिएको छ । धार्मिक, आर्थिक र पर्यावरणीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको कालीगण्डकी नदीमा मात्रै पाइने बहुमूल्य शिला शालिग्राम चोरी निकारी र अवैधरूपमा गरिएको व्यापक नदी दोहनका कारण मासिँदै जान थालेपछि म्याग्दीका नागरिकले यसको संरक्षणका लागि अभियान सञ्चालन गरेका हुन् । शालिग्राम संरक्षण अभियानले शालिग्रामको चोरी निकासी र दोहन रोकेर संरक्षणका लागि समुदायमा सन्देश प्रवाह गराउने तथा सरोकारवालालाई दबाब दिन कालीगण्डकीको शिलाहरूमा हिन्दूहरुले पुज्दै र मान्दै आएका देवीदेवता तथा भगवानको नाम लेख्ने अभियान चलाएको हो । “कालीगण्डकी नदीलाई...

Read More

विद्यालयको पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय समावेश गर्नुपर्छ : मुख्यमन्त्री सिंह

काठमाडौँ – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रत्येक विद्यालयको पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय समावेश गर्नुपर्ने बताएका छन् । जनकपुरधाममा मधेश प्रदेश गृह, सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा आज आयोजना गरिएको ट्राफिक जनचेतनामूलक कार्यक्रममा उनले यस्तो बताएका हुन् । विद्यालयको पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय राखेपछि सडक दुर्घटनामा कमी आउने उनको भनाइ थियो । आजका बालबालिका भोलिका भविष्य भएकाले बालबालिकाकै विशेष सहभागितामा कार्यक्रम सञ्चालन भएकाले यसले समाजमा ठूलो परिवर्तन ल्याउने उनले बताए । मुख्यमन्त्री सिंहले बढ्दै गरेको सडक दुर्घटना नियन्त्रणका लागि विद्यार्थीले यसलाई सचेतनाका रुपमा लिनुपर्छ र यसले भविष्यमा दुर्घटना न्यूनीकरण गर्ने बताए । ट्राफिक नियम पालना गराउनका लागि उनले आग्रह गरे ।...

Read More

खेलकुद विश्व विद्यालयको स्थापना गरिनुपर्छ : नेता महर

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले खेलकुद क्षेत्रको विकासका लागि खेलकुद विश्व विद्यालय स्थापना हुनुपर्ने धारणा राखेका छन्। नेपाल विद्यार्थी संघ काठमाडौं समितिले मूलपानी मैदानमा आयोजना गरेको बागमती प्रदेश स्तरीय जय नेपाल कप क्रिकेट प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेता महरले खेलकुद विश्व विद्यालयको स्थापना गरेमात्रै अपेक्षित रूपमा खेल क्षेत्रको विकास हुने धारणा व्यक्त गरे। ‘नेपालको क्रिकेटमा लगानी कम छ। हामीसँग सुविधा सम्पन्न खेल मैदान र पर्याप्त पूर्वाधारको अभाव छ। यस्तो अवस्थामा हामीले खेलकुद विश्व विद्यालय स्थापना गर्नुपर्छ। मैले यो माग धेरै पहिलेदेखि नै उठाउँदै आएको हुँ। तर, सरकारले सुनुवाइ नै गर्दैन,’ उनले भने। क्रिकेट रंगशाला...

Read More