Author: Himalaya Post

प्रधानमन्त्री दाहालद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन गरेका छन् । नेपाल विद्युत प्राधिकरणले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा प्रधानन्त्रीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा ४०० केभी निर्मित सो सबस्टेसन उद्घाटन गरेका हुन् । ग्याँस इन्सुलेटेड प्रणाली ९जिआइएस० प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि सञ्चालन ९चार्ज०मा ल्याइएको छ । यसैगरी, नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्‍याङमानै २२० र १३२र११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि नै चार्ज गरिएको छ । मुलुकभित्रको पूर्व–पश्चिम विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि...

Read More

राष्ट्रिय ललितकला प्रदर्शनी : ३० हजार बढीले अवलोकन गरे

काठमाडौँ – गणतन्त्र दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सुरु गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ३० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । यही जेठ १५ गतेदेखि सुरु भएको प्रदर्शनीको अवधि जेठ ३० गतेसम्म तोकिएकामा दर्शकको भीड बढ्न थालेपछि आजसम्म विस्तार गरिएको छ । यस अवधिमा ३० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेका प्रतिष्ठानका प्राज्ञ सदस्य एवं मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले जानकारी दिए । उनका अनुसार प्रदर्शनीमा चार सय ८२ कलाकारका पाँच सय २२ वटा कलाकृति राखिएका छन् । ‘सामाजिक रुपान्तरण, ललितकलाको अभियान’ भन्ने नाराका साथ भएको प्रदर्शनीमा सातवटै प्रदेशबाट छानिएका कलाकृति समावेश गरिएका छन् । गत फागुनदेखि...

Read More

गण्डकीमा ‘ह्वीप’ तोडेका सांसद देवकोटालाई माओवादीको गर्यो पदमुक्त

काठमाडौँ – गण्डकी प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मत दिएका गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा पदमुक्त भएका छन् । शुक्रबार गण्डकी प्रदेशसभामा सभामुख कृष्ण प्रसाद धितालले नेकपा माओवादी केन्द्रले प्रदेश सभा सदस्यबाट कारवाही गरेको पत्र पढेर सुनाएसंगै देवकोटा पदमुक्त भएका हुन् । पार्टीको ह्विप विपरित पाण्डेलाई मत दिएको भन्दै माओवादी केन्द्रले देवकोटालाई कारवाही गर्ने निर्णय गरेको थियो । सभामुख धितालले माओवादी केन्द्रको चुनाव चिन्हबाट गोरखा प्रतिनिधिसभा निर्वाचन क्षेत्र दुईको प्रदेश सभा क बाट निर्वाचनमा उम्मेद्वार भइ निर्वाचित भएका देवकोटालाई प्रदेशसभा सदस्यबाट निष्काशन गरी दलत्याग गरेको पत्र पढेर सुनाएका थिए । देवकोटाले जेठ २८ गते फ्लोर क्रस गरेर...

Read More

बाँकेमा सवारी दुर्घटना, युवकको मृत्यु

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी–९ स्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएपछि स्थानीयले एउटा टिपरमा आगजनी गरेका छन् । आगजनीबाट भे१ख ३०१९ नम्बरको टिपरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनका अनुसार गए राति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको टिपर र विपरीत दिशाबाट आउँदै गरेको भे १०प १४१३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा भएको सो दुर्घटनामा दुघराप्तीसोनारी–८ निवासी ३६ वर्षीय लोकेन्द्रबहादुर विष्टको मृत्यु भएको थियो । पीडितले अहिलेसम्म घटनास्थलबाट शव नउठाएर पूर्वपश्चिम राजमार्गको कोहलपुर सडकखण्ड अवरुद्ध गरेका छन् । प्रहरीले राजमार्ग सञ्चालन नभए पनि हुलाकी राजमार्गबाट सवारी आवागमन भइरहेको जनाएको छ ।...

Read More

एन एम वि बैंक विराटनगरको आयोजनामा रक्तदान सम्पन्न

विराटनगर– एन एम वि बैंक विराटनगरले विश्व रक्तदाता दिवसको अबसरमा नेपाल रेडक्रस सोसाइटी विराटनगरसँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकको विराटनगर शाखामा आयोजना गरिएको कार्यक्रममा बैंकका कर्मचारीहरूको उत्साहप्रद सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा कूल ३७ जना रक्तदाताले रक्तदान गरेको कार्यक्रममा बैंकका कर्मचारी तथा सेवाग्राही एवम् रक्तदाताको उल्लेखिय सहभागिता रहेको कार्यक्रम संयोजक सन्तोष प्रसाद दाहालले जानकारी दिए । रक्तदाता कर्मचारी तथा सर्वसाधारणलाई सम्मान स्वरूप बैंकका विराटनगर शाखा प्रमुख रमेश अधिकारीले प्रशंसा पत्र प्रदान गरेका थिए...

Read More