Author: Himalaya Post

सेनाले अघि बढाएका राष्ट्रिय गौरवका आयोजना सन्तोषजनक छन् : रक्षामन्त्री उप्रेती

काठमाडौँ – रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले अघि बढाएका राष्ट्रिय गौरवका आयोजनाहरु सन्तोषजनक रहेको बताएका छन् । आफ्नो कार्यकालको सय दिनको अवधिमा भएका काम र भावी योजना सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मनत्री उपे्रतीले द्रूतमार्ग लगाएत बिभिन्न राष्ट्रिय गौरवका आयोजनाहरु सन्तोषजनक रुपमा अघि बढेको बताएका हुन् । उनले विभिन्न आयोजनामा देखिएका समस्या समाधानका लागि सरकारले समयमा नै ऐन कानुन बनाउन नसकेका कारण केही समय ढिलाई हुन गएको दाबी गरे । अहिले सबै समस्याहरु समाधान भइसकेको भन्दै राष्ट्रिय गौरवका आयोजनाहरु द्रूत गतिले अघि बढेको उनले बताए । मन्त्री उप्रेतीले काठमाडौं–तराई द्रूतमार्ग सडक आयोजनाको भौतिक प्रगति हालसम्म ३४ दशमलव...

Read More

सहकारी समस्याप्रति सरकार गम्भीर छ, उच्चस्तरीय आयोग गठन प्रक्रिया सुरु भइसक्यो : मन्त्री अधिकारी

काठमाडौँ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराज अधिकारीले सहकारीका समस्यालाई तत्कालै सम्बोधन गर्न उच्चस्तरीय आयोग गठन गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन् । शुक्रबार मन्त्रालयमा आफूले मन्त्रालय सम्हालेको १०० दिनको कामका साथै भावि कार्ययोजना सार्वजनिक गर्दै मन्त्री अधिकारीले सहकारी समस्याप्रति सरकार गम्भीर रहेको भन्दै तत्कालै समाधान गर्ने गरी उच्चस्तरीय आयोग गठन गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिएका हुन् । उनले राष्ट्रय बैंकको समेत संलग्नतामा सहकारी बैंकको सघन अनुगमन सम्पन्न भइ सुशासन र प्रभावकारी सञ्चालनका लागि निर्देशन दिएको बताए । हालसम्म समस्याग्रस्त घोषण भएका सबै सहकारी संस्थाका बचत मागदाबी ५९ हजार ५ सय ८७ निवेदनको रु...

Read More

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय पर्यटन मेला सुरु

काठमाडौँ – नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँको भृकुटीमण्डमा आजदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला सुरु भएको छ । आज एक कार्यक्रमका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बीच उद्घाटन गर्दै नेपालको पर्यटनलाई विश्वभर प्रवर्द्धन गर्न मेला उपयोगी हुने विश्वास व्यक्त गरे । उनले यस वर्ष पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गरी कम्तीमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा गर्न मन्त्रालय प्रतिबद्धताका साथ लागेको उल्लेख गरे । सन् २०२३ मा १० लाख पर्यटक नेपाल आएकामा सन् २०२४ मा कम्तीमा १६ लाख भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको पर्यटनमन्त्री तामाङले जानकारी दिए । पर्यटन क्षेत्रमा पहिले लगाउँदै आइएको...

Read More

सूचना प्रविधि दशकअघि बढाउन भारतीय सहयोग महत्वपूर्ण हुने : मन्त्री शर्मा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा मन्त्री शर्माले भारतमा भर्खरै गठन भएको नयाँ सरकारलाई बधाई ज्ञापन गर्दै नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा अघि बढ्ने विश्वास व्यक्त गरे । उनले सञ्चार तथा सूचना प्रविधिको विकासका लागि दुई देशबीच उच्चस्तरको सहकार्य हुने विश्वास व्यक्त गरे । नेपाल सरकारले आगामी आर्थिक वर्षदेखि सुरु हुने गरी सूचना प्रविधि दशक प्रस्ताव गरेको जानकारी दिँदै मन्त्री शर्माले यसलाई प्रभावकारी रुपमा अघि बढाउन भारतीय सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । सूचना प्रविधि दशकलाई...

Read More

संसद् सञ्चालनका कतिपय प्रक्रियामा पुनःविचार गर्नुपर्छ : योगेश भट्टराई (अन्तर्वार्ता)

काठमाडौं–विद्यार्थी जीवनदेखि मुलुकको रूपान्तरण र अग्रगतिका लागि आन्दोलनमा होमिएका युवा नेता योगेशकुमार भट्टराई एक प्रखर वक्ता मानिन्छन्। ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद भट्टराई नेकपा (एमाले) का सचिवका साथै मधेस प्रदेश इञ्चार्जका रुपमा कार्यरत छन्। पूर्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भट्टराई विद्यार्थी सङ्गठन अनेरास्ववियुको पूर्व अध्यक्षसमेत हुन्। नेता भट्टराईसँग सरकारको आगामी आर्थिक वर्षको बजेट, संसदमा जारी छलफल प्रक्रिया, सत्ता समीकरणलगायतका विषयमा राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ समाचारदाता प्रकाश सिलवालले गरेको संवादको सम्पादित विवरण : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८१ माथिको छलफल जारी छ। यी छलफल अलि निराश जस्तो देखिन्छ। छलफलमा आएका कुराका आधारमा बजेट संशोधन हुने अभ्यास छैन। औपचारिकताका लागि मात्रै भएका छलफलको सार्थकता के हुन्छ? हामीले संसदीय व्यवस्था अवलम्बन गर्दै आएका छौँ। संयुक्त अधिराज्य बेलायत र भारतका ढाँचाहरुलाई नै लिँदै आएका हौँ। संसदीय व्यवस्था एउटा लामो र लोकतान्त्रिक प्रक्रिया पनि हो। यसमा चाहेको बेलामा काम नहुन सक्छ। बेलायतमा पाँच सय वर्ष अगाडि सुरु भएको यो व्यवस्थालाई अवलम्बन गरिरहँदा संसद सञ्चालनका कतिपय प्रक्रियामा पुनः विचार गर्नुपर्छ भन्ने हामीलाई लाग्छ। संसदमा औपचारिकता नभई जीवन्त छलफल हुने स्थिति हुनुपर्छ। नीति, कार्यक्रम र बजेटमा संशोधन गर्नै मिल्दैन, संशोधन गर्दा सरकार असफल हुन्छ भन्ने मान्यता राखिन्छ। सांसदहरुबाट आएका कुरामा हुन्छ हुन्न भन्ने आधारमा पारित नगरेर नीति तथा कार्यक्रममा प्रधानमन्त्री र बजेटमा अर्थमन्त्रीले बहुसंख्यक सांसदले दिएका यी यी विषय म समावेश गर्छु भन्दा हुन्थ्यो। विधेयकहरु आउँछन्, सम्बन्धित समितिमा जान्छन्। विषयगत समितिमा चाहीँ घनीभूत छलफल हुन्छ। प्रस्तुत हुने मन्त्री तयार भएमा विधेयकमा समितिमा आएका राम्रा...

Read More