Author: Himalaya Post

प्रधानमन्त्री भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीको भारत भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस मुख्य सचेतक रमेश लेखकले संसदको आगामी बैठकमा प्रधानमन्त्रीले भारत भ्रमणका बारेमा जानकारी गराउनु माग गरेका हुन् । उहाले प्रधानमन्त्री विदेश भ्रमणमा जादा नै आफ्नो कार्यक्रमबारे सदनमा जानकारी गराउने अभ्यास रहेपनि प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट आएका पाँच दिन हुँदा पनि सदनमा कुनै जानकारी प्राप्त नभएको धारणा राखे । लेखकले राष्ट्रपतिको विदेश भ्रमणका बारेमा पनि सदनमा जानकारी गराउन पनि माग गरे । देशको राष्ट्रपति, प्रधानमन्त्रीको विदेश भ्रमणका बारेमा पत्रपत्रिकाबाट थाहा पाउने अवस्था दुर्भाग्य भएको उनको भनाइ छ । लेखकले सरकारका कारणले...

Read More

राष्ट्रिय गौरवको सिक्टा सिँचाइमा ९२ प्रतिशत भौतिक प्रगति

बाँके – जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ । “चालु आवमा सिक्टा सिँचाइ आयोजनालाई पुँजीगततर्फ रु ८३ करोड ९८ लाख विनियोजन भएको थियो, जेठ मसान्तसम्म रु ७६ करोड ५२ लाख २७ हजार बजेट खर्च भइसकेको छ”, आयोजनाका इन्जिनियर सन्देश पौडेलले भने । चालु आवमा सिक्टा सिँचाइ आयोजनाको पूर्वी मूल नहरको बाँकी कामको ठेक्का व्यवस्थापन, पश्चिमी मूल नहरतर्फका प्रसेनीपुर, अकलघरवा तथा गोहा शाखा नहरको ठेक्का सम्झौता गरी निर्माण, गुरुवागाउँ शाखा नहर निर्माण, विभिन्न शाखा, प्रशाखा नहरका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्नेलगायत काम भएको उनले बताए । सिक्टा सिँचाइ आयोजनालाई...

Read More

छोरालाई दिइएको सजाय माफ गर्दिन – बाइडेन

वासिङ्टन डीसी – अमेरिकी राष्ट्रपति जो बाइडेनले अवैध बन्दुक मामिलामा आफ्ना छोरा हन्टर बाइडेनको सजाय माफी नगर्ने बताएका छन् । अमेरिकामा अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिको सजाय माफी दिने वा घटाउने वा परिमार्जन गर्ने अधिकार राष्ट्रपतिलाई छ । बाइडेनका छोरालाई अवैध रूपमा हतियार खरिद गरेको र लागुऔषधको प्रयोगबारे झूट बोलेको अभियोगमा दोषी ठहर गरिएको थियो । गत हप्ता सङ्घीय अदालतले हन्टरलाई दोषी ठहर गरेपछि बाइडेनले पहिलो पटक यस मुद्दामा प्रतिक्रिया दिएका छन् । लागुऔषधको कुलतबाट छोरा मुक्त भएको भन्दै हन्टरप्रति गर्व रहेको पनि उनले बताएका थिए । अहिले छोरा धेरै विनम्र र प्रतिभाशाली व्यक्ति भएको उनको भनाइ छ ।...

Read More

एमाले गुल्मी अध्यक्षमा बालसिंह काउछा निर्वाचित

गुल्मी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन् । अध्यक्षका प्रतिस्पर्धी हीरा एसीलाई पराजित गर्दै काउछा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। उनले तीन सय ८४ र उनका प्रतिद्वन्द्वी एसीले २०२ मत प्राप्त गरे । यसैगरी जिल्ला उपाध्यक्षमा जीवन पोखरेल, सचिवमा धर्म विश्वकर्मा र सहसचिवमा चक्रबन्धु भुसाल निर्वाचित भएका छन् । गत मङ्गलबारदेखि सुरु भएको १२औँ जिल्ला अधिवेशनमा बिहीबार मतदान भएको थियो । अधिवेशनमा छ सय १३ सहभागी भएकामा पाँच ९५ जना मतदानमा भाग लिएका थिए । अधिवेशनले पाँचजना पदाधिकारीसहित आगामी तीन वर्षका लागि एक सय पाँच सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।...

Read More

हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण आयोजना : आज प्रधानमन्त्रीले ‘सबस्टेशन’को उद्घाटन गर्ने

हेटौँडा – मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएको छ । हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेनसम्मको एक सय ५४ किलोमिटर ४०० किलोभोल्ट ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । अब यो प्रसारण लाइनबाट चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित हेटौँडा सबस्टेसनको आज यहाँ आयोजना हुने विशेष कार्यक्रममा उद्घाटन गर्ने कार्यक्रम रहेको सबस्टेशन आयोजना प्रमुख शुक्रराज देवकोटाले...

Read More