Author: Himalaya Post

जैविक विविधता संरक्षणका लागि वन्यजन्तुमैत्री पूर्वाधार अपरिहार्य

काठमाडौँ – वातावरणविद् र सरोकारवाला निकायका प्रतिनिधिले जैविक विविधता संरक्षणका लागि वन्यजन्तुमैत्री पूर्वाधार अपरिहार्य भएकामा जोड दिएका छन् । लामो वा रेखिए पूर्वाधार निर्माण गर्दा वन्यजन्तु सजिलै र स्वतन्त्ररूपमा ओहोरदोहोर गर्नसक्ने पूर्वाधार निर्माण गर्नुपर्ने, वन्यजन्तुको वासस्थान, गतिविधिलगायत अध्ययन गरेर मात्र ‘अन्डरपास’ र ‘ओभरपास’ बनाउनुपर्ने उनीहरुको सुझाव छ । नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले आज काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले वन्यजन्तुमैत्री पूर्वाधार सुरुमा तुलनात्मक महँगो देखिए पनि वन्यजन्तु र संरक्षण क्षेत्रको दिगो व्यवस्थापनका दृष्टिकोणले भविष्यमा सस्तो हुन जाने उल्लेख गरे । कार्यक्रममा विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालको ‘अलाइन परियोजना’का प्रमुख सन्देशसिंह हमालले पूर्वाधार विकास र वातावरण संरक्षण सँगसँगै अघि...

Read More

तत्कालीन प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सङ्खुवासभाको धर्मदेवी नगरपालिका–४ हुम्लिङमा रहेको शारदा माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णहरि भट्टराईसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले विद्यालयको खानेपानी र पुस्तकालय निर्माणका लागि विनियोजन गरिएको बजेट अनियमितता गरेको भन्दै प्रधानाध्यापक भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालकुमार अधिकारी, शिक्षक लालबाबु मण्डल र शाक्य अफसेट प्रेसका प्रोप्राइटर केशवकुमार शाक्यविरुद्ध आज विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । प्रधानाध्यापक भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिकारीलाई ८ लाख ४३ हजार, तत्कालीन शिक्षक मण्डललाई ३ लाख ४३ हजार र प्रेस सञ्चालक शाक्यलाई ४ लाख १० हजार रुपैयाँ जरिवाना र त्यति नै...

Read More

आइएमई २४औँ वर्षमा : ‘डिजिटल रूपान्तरणलाई अँगाल्दै’ नारासहित मनाइयो वार्षिकोत्सव

काठमाडौँ – नेपाली रेमिटेन्सको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ स्थापनाको २३ वर्ष पूरा भएको छ । २४ औँ वर्ष प्रवेश गर्दा आइएमई लिमिटेड रेमिटेन्स क्षेत्रको सबैभन्दा ठूलो र विश्वसनीय कम्पनीको रूपमा स्थापित हुन सफल भएको छ । आफ्नो स्थापनाको २४ औँ वार्षिकोत्सवका अवसरमा आइएमई लिमिटेडले बुधवार काठमाडौँमा विशेष कार्यक्रममा आयोजना गर्यो । “डिजिटल रुपान्तरणलाई अंगाल्दै” भन्ने मूल नाराका साथ मनाइएको कार्यक्रममा आइएमई ग्रुपका सह-सस्थापक तथा प्रबन्ध निर्देशक हेम राज ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भइसकेको रेमिटेन्सलाइ वैधानिक माध्यमबाट स्वदेश भित्राउने व्यवसाय मार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा योगदान गर्न पुर्‍याउने कम्पनीको रूपमा आइएमईले योगदान गरिरहेको बताए ।...

Read More

‘सडकले मेटिए हिँड्ने गोरेटो’

बागलुङ – एक दशक अगाडिसम्म बागलुङका अधिकांश ठाउँमा मोटरबाटो पुगेको थिएन। जब स्थानीय तह स्थापना भयो त्यस यता सडक नपुगेको गाउँ–बस्ती छैन। गाउँमा सडक नपुग्दा गाउँलेको यात्रा गोरेटो बाटोमै हुन्थ्यो। पछिल्लो समय गोरेटो बाटो प्रयोग हुन छाडेपछि झाडीले ढाकिएका छन्। यात्रा सहजताका लागि स्थानीयले जनश्रमदान गरी गोरेटो निर्माण गर्थे। अहिले त्यो चलन हराएको छ। ग्रामीण सडकले मान्छेलाई अल्छी बनाउनका साथै पुराना गोरेटो प्रयोगविहीन भएको तमानखोला गाउँपालिका–३ का मनबहादुर बुढाथोकीले बताए। मोटरबाटोले टाढा–टाढा यात्रा गर्न र बजारबाट सामान ढुवानीका लागि धेरै सहज भएको भन्दै गोरेटो बाटो मासिएपछि गाउँको पहिचान नै मेटिने खतरा बढेको उनी बताउँछन्। पहिले सामान ढुवानी गर्न घोडा...

Read More

कार्यसम्पादनस्तर र व्यवहारमा रूपान्तरण आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकहरूको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्यवन गर्न निर्देशन दिएका छन्। सिंहदरबारमा आज आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा प्रधानमन्त्री प्रचण्डले सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक भएको बताएका हुन्। ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गहन भूमिकालाई मध्यनजर गरी इमान्दारीता र कार्यकुशलतापूर्वक कार्यसम्पादनमा जुट्न सबैमा आव्हान गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यस कार्यालयलाई शासकीय मामिलाको वास्तविक केन्द्र बनाउने हो, ताली पड्काउने, हजुर, हस्, भइहाल्छ जस्ता भाष्य मात्र होइन, हामी सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक छ।’ प्रधानमन्त्रीले...

Read More