Author: Himalaya Post

नयाँ दलको अस्तित्वलाई स्वीकार नगर्ने प्रवृत्तिले देशको हित गर्दैन : गृहमन्त्री लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवम् रवि लामिछानेले नेपाली राजनीतिको अस्वस्थ र पूर्वाग्रही प्रतिष्पर्धाले समाज र देशको हित नगर्ने बताएका छन् । नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले नयाँ दलहरुको अस्तित्वलाई स्वीकार नगर्ने र नेपाली राजनीतिमा देखिएको अस्वस्थ र पूर्वाग्रही प्रतिष्पर्धाले समाज र देशको हित नगर्ने बताएका हुन् । उनले मधेशमा जनमत पार्टी र अन्य स्थानमा रास्वपा लगाएत स्वतन्त्र उम्मेद्वारलाई जनताले दिएको भोटले नयाँ सन्देश दिएको भन्दै यसलाई सवै दलहरुले स्वीकार गर्न सक्नुपर्ने धारणा राखे । आफ्नो पार्टी स्थापना हुनुभन्दा लामो समयदेखि जनतासमक्ष गएर धेरै अध्ययन...

Read More

देशको राजनीति तरल अवस्थाबाट गुज्रिरहेको छ : शेखर कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको राजनीति तरल अवस्थाबाट गुज्रिरहेको बताएका छन् । बुधबार काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल बैंक लिमिटेडको अधिवेशन उद्घाटन गर्दै कोइरालाले डेढ वर्षमा केन्द्र र प्रदेश गरी ८ वटा सरकार २३ पटक परिवर्तन हुनुलाई राजनीतिक दलहरुले अन्त्यन्तै गम्भीर ढंगले समिक्षा गर्नुपर्नै समेत बताए । राजनीतिक वा सरकारको स्थीतरता विना मुलुकमा आर्थिक विकास हुन नसक्ने भन्दै स्थिरता अन्त्यका लागि संविधान संशोधन गर्नुपर्ने उनले बताए । कोइरालाले कांग्रेस अहिले विपक्षमा रहेकाले सरकारमा जान हुनै हतारो नरहेको स्पष्ट पारे । विभिन्न प्रकरणमा अख्तियारले, निर्वाचन आयोगले, सीआईबीले दुख दिइरहेको भन्दै यस विषयमा राजनीतिक दलहरुबीच...

Read More

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल जारी

काठमाडौँ – प्रतिनिधिसभामा बुधबार पनि ‘विनियोजन विधेयक, २०८१’ अन्तर्गत विभिन्न चार मन्त्रालयका विनियोजित रकम माथि छलफल भएको छ । बैठकमा सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका शीर्षकको खर्च रकममा छलफल भएको हो । उक्त मन्त्रालयमाथि विनियोजन भएको बजेटमाथि सांसद प्रेम सुवाल, डा रमेश अम्रेसकुमार सिंह, अजरकुमार चौरासिया, राजेन्द्रकुमार केसी, सुरेन्द्रराज आचार्य र जीवन परियारले खर्च कटौतीको प्रस्ताव राखेका थिए । भाग लिदै सांसद जीवन परियारले मन्त्रालयहरुमाथि बजेट बढाउदै जाने तर खर्च नहुने प्रवृति रोक्नुपर्ने भन्दै कानून मन्त्रालय अन्तर्गत पदाधिकारी र अन्य सुविधामाथिको शीर्षकमा खर्च कटौतीको प्रस्ताव राखेको जानकारी दिए । उनले सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउन माग गरे । परियारले दलित समुदायहरु अझैपनि गरिवीको रेखामुनी रहेको भन्दै उनीहरुको पक्षमा सरकारले कुनै काम नगरेको बताए । त्यस्तै विनियोजन विधेयकमाथिको छलफलमा भाग दिँदै एमाले सांसद पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय योजना आयोगले बजेटको सिलिङ घटाउदा मन्त्रीहरुले केही गर्न नसकेको बताए । उनले शहरी विकास मन्त्रालयमा विनियोजित बजेटका आधारमा निकै धेरै कार्यक्रम र योजनाहरु परेको भन्दै योजना कार्यान्वयनमा आशंका व्यक्त गरे । हरेक बजेटले सरकारको भिजन प्राप्त गर्नुपर्ने भएपनि अहिलेको बजेट त्यस्तो आउन नसकेको उनले बताए । त्यस्तै माओवादी सांसद पूर्णबहादुर घर्तीमगरले पाँच करोड भन्दा कम बजेट विनियोजन नगर्ने जानकारी प्रधानमन्त्री र अर्थमन्त्रीबाट आएपनि अहिले ५ लाखकै योजनाहरु १ सय ७७ वटा रहेको बताए । उनले सांसदहरुले मागेका योजनाहरु समावेश हुँदा शहरी विकास मन्त्रालयमा कामको चाप बढ्ने देखिएको धारणा राखे...

Read More

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

धनुषा – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । पार्टी स्थापनाकालदेखि नै नेतृत्व गर्दै आएका यादव अहिले जनकपुरमा भएको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा चयन भएको उनको सचिवालयले जानकारी दिएको छ । निर्वाचन प्रक्रियाअनुसार जसपा नेपालको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको थियो । त्यसमा अध्यक्ष पदका लागि उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवारी परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन । मधेस प्रदेशको जनकपुरधामस्थित महेन्द्र नारायण निधि भवनमा जारी महाधिवेशनबाट दुई सय एक सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८ः३०...

Read More

सभामुख घिमिरे र युएईका राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ – सभामुख देवराज घिमिरेसँग बुधबार बिहान संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अबदुल्ला सइद मुवारक जरवान अलसाम्सीले शिष्टाचार भेट गरेका हुन् । भेटमा सभामुख घिमिरेले नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै असल एवं मित्रवत् सम्बन्ध रही आएकोमा सन्तुष्टि व्यक्त गरे । उनले युएईले स्वास्थ्य, शिक्षा, स्पेस प्रविधि, ऊर्जा र नवप्रवर्तन लगायतका क्षेत्रमा हासिल गरेको उल्लेखनीय प्रगतिका लागि बधाई दिए । ‘युएई राज्य स्थापना भएको केही दशकमै गरेको बृहत्तर प्रगति र समृद्धिका लागि युएईको दूरदर्शी नेतृत्वको प्रशंसा गर्दछु,’ उनले भने। सभामुख घिमिरेले ठूलो सङ्ख्यामा नेपाली जनतालाई रोजगारीको अवसर उपलब्ध गराएकोमा युएई सरकारको प्रशंसा...

Read More