Author: Himalaya Post

घरेलु महासंघ पत्रकार सम्मेलन

काठमाडौं – नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारले बजेटमार्फत गरेको नीतिगत सुधारको घोषणाबाट लघु, घरेलु तथा साना उद्योगको बजार पहुँच विस्तार हुने अपेक्षा गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकारको नीतिगत सुधारको घोषणाबाट लघु, घरेलु तथा साना उद्योगको प्रतिस्पर्धात्मक क्षमता वृद्धि, उत्पादन लागत घटाउन तथा बजार पहुँच विस्तार गर्न सहयोग पुग्ने जनाएको छ। बजेटमा उद्योग तथा व्यवसायमैत्री कर नीतिको सुधार, उद्यमशीलता विकास, डिजिटल अर्थतन्त्रको प्रवद्र्धन, उत्पादन र रोजगारी अभिवृद्धिमा केन्द्रित योजना, ऊर्जा तथा पूर्वाधार विकासलाई प्राथमिकता दिनु सकारात्मक रहेको महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले बताएका छन् । उनले आर्थिक क्षेत्रमा देखिएको समस्याले घरेलु तथा साना उद्योग...

Read More

संविधानको सर्वोच्चता, न्यायिक निष्पक्षता तथा संस्थागत सुशासनप्रति अडिक रहने ;प्रधानन्यायाधीश शर्मा

काठमाडौं- प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायपालिकालाई थप समुन्नत र सबल बनाउनेतर्फ आफ्नो प्रयन्त हुने बताएका छन् । सवोच्च अदालत बार एशोसिएसनले बुधबार काठमाडौंमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानन्यायाधीश शर्माले यस अघिका प्रधानन्यायाधीशका कार्यकालमा अवलंबन गरिएका असल अभ्यासलाई अनुसरण गर्दै न्यायपालिकालाई थप समुन्नत र सबल बनाउने आफ्नो प्रयन्त हुने बताएका हुन् । अदालतमार्फत गरिने विवाद समाधान पहिलो रोजाइ नभई अन्तिम विकल्पको रूपमा विकास गर्नु पर्ने आवश्यकता रहेको भन्दै उनले विवाद समाधानलाई व्यवहारमा प्रभावकारी बनाउन बारको सक्रिय भूमिका अपेक्षित रहेको बताएका छन् । संविधानको सर्वोच्चता, विधिको शासन, न्यायपालिकाको स्वतन्त्रता, न्यायिक निष्पक्षता तथा संस्थागत सुशासनप्रति अडिक रहने उनको भनाई छ। प्रधानन्यायाधीश...

Read More

वर्तमान सरकार अराजक शैलीमा प्रस्तुत भएको टिप्पणी: नेकपा एमालेअध्यक्ष केपी ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार अराजक शैलीमा प्रस्तुत भएको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा नेकपा एमाले संगठन बिभागले आयोजना गरेको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशाला उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकार आफ्नो अधिकारको दुरुपयोग गर्दै अराजक शैलीमा प्रस्तुत भएको टिप्पणी गरेका हुन् । अराजकता केही दिनको पाहुना मात्रै भएको उल्लेख गर्दै अध्यक्ष ओलीले लामो समय नचल्ने बताएका छन्। उनले समय र परिस्थिति सधैँ एउटै नरहने भएकाले राज्य संयन्त्रमा रहेका संस्था र व्यक्तिलाई समेत संयमित हुन सुझाव दिएका छन्।  उनले भदौ २३ र २४ गते भएको आगजनीलगाएत उपद्र मच्चाउनेहरुलाई उन्मुक्ति दिन खोजिएको आशंका व्यक्त गरेका...

Read More

महानगर यातायात प्रा.लि.द्वारा थप १६ वटा विद्युतीय बस संचालनमा

काठमाडौं- महानगर यातायात प्रा.लि.ले थप १६ वटा विद्युतीय बस संचालनमा ल्याईएको छ । बुधबार काठमाडौंमा शशिला मोटर्स प्रा.लि.ले महानगर यातायात प्रा.लि.लाई विद्युतीय बस हस्तान्तरण गरेको छ। ३३ सिट क्षमता भएको नयाँ विद्युतीय वस उभिएर यात्रा गर्ने यात्रुहरुका लागि पनि सहज डिजाइन गरिएको बताईएको छ । चीनबाट आयात गरेको उक्त बसमा १ सय ४४ किलोवाट क्षमताको सिएटिएल ब्याट्री प्रयोग भएको छ भने एक पटकको फूल चार्जमा २ सय किलोमिटर यात्रा तय गर्न सक्ने महानगर यातायातले जनाएको छ । नयाँ वसहरुको सेवा सुभारम्भ कार्यक्रममा महानगर यातायात प्रालिका सचिव केशव नेपालले अबका दिनमा विद्युतीय सवारी साधनको विकल्प नभएको भन्दै महानगर यातायातले यो...

Read More

रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भेटमा दुई पक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ । भेटमा मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न तयार रहेको बताएका थिए । उनले लामिछानेसँगको भेटले आफूलाई खुसी तुल्याएको उल्लेख गरेका छन् । ‘साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्णरूपमा समर्थन गर्दछु’ मोदीले भनेका छन् । सोमबार भारत भ्रमणमा गएका रास्वपा सभापति रविलाई हिजो भाजपा कार्यालयमा भव्य स्वागत गरिएको थियो । सरकारको नेतृत्व गरेको भाजपाका अध्यक्ष...

Read More