Author: Himalaya Post

दुर्लभ पाटे बाघ मृत भेटियो

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ विनयी खोलाको बगरमा पाटे बाघ मृत भेटिएको छ । बुधबार साँझ विनयी खोलाको बगरमा पोथी बाघ मृतावस्थामा भेटिएको डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले बताए । “विनयी खोलामा पानी पिउँदै गरेको अवस्थामा बाघ देखिएको र पानी पिएको स्थान बाट १०-१२ मिटर हिँडेपछि ढलेको अवस्थामा बाघ भेटिएको हामीलाई खबर आएको थियो”, उनले भने, “स्थानीयले खबर गरेपछि डिभिजन वन र प्रहरीको टोली घटनास्थलमा पुग्दा बाघ मृत फेला परेको हो ।” बाघको पछिल्लो भागमा जङ्गली जनावरले टोकेको जस्तो चोट रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए । मृत बाघलाई घटनास्थलबाट...

Read More

सिरहाको राजदेवी मन्दिरमा वैशाखी मेला

सिरहा- सिरहाको लहान नगरपालिका–१५ स्थित राजदेवी पञ्चावती मन्दिर परिसरमा आज वैशाखी मेला लागेको छ । मेला भर्न देशका विभिन्न भागका साथै भारतबाट पनि श्रद्धालुहरू आएका छन् । लहान बजारबाट १० किलोमिटर उत्तरमा चुरे जङ्गलसँगै जोडिएको करिब तीन बिघा क्षेत्रफलमा फैलिएको राजदेवी मन्दिरमा सन्तान प्राप्ति, रोग निदान र कार्य सफलताको कामना गर्दै भक्तजन आउने गरेका मेला व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र चौधरीले बताए । मन्दिर आसपासको क्षेत्रमा हिजोदेखि नै मेलाभर्नेको चहलपहल बढेको छ । व्यवस्थित ढङ्गले मेला सञ्चालन गर्न स्थानीय प्रशासनसँग समन्वय गरेर चार सय स्वयंसेवक खटाइएको अध्यक्ष चौधरीले जानकारी दिए। मेलास्थल नजिक राजदेवी ताल, गोसाइँकुण्ड, शिव डाँडा, हात्तीदह सिमसार क्षेत्र, बानो गाउँ आकर्षक रहेकाले त्यहाँको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा स्थानीय बुद्धीजीविले जोड दिएका छन् । लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले राजदेवी पञ्चावती मन्दिर क्षेत्रको संरक्षणका साथै यो क्षेत्रको पर्यटकीय विकासका लागि नगरपालिकाले काम गरिरहेको...

Read More

पर्सा क्षेत्रको सीमानाका बन्द

वीरगञ्ज – भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भएका छन् । विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको हो । वीरगञ्ज भन्सार कार्यालयसहितका पर्सा जिल्लाका सीमानाका आज बिहान ६ बजेदेखि बन्द भएका पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । जेठ १२ गते अपराह्न ६ बजेसम्म नेपाल– भारत सीमानाका बन्द हुने उनले जानकारी दिए । “दुई मुलुकमध्ये कुनै एकमा निर्वाचनमा हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार नै नाका बन्द भएको हो”, उनले भने । पर्साको एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ...

Read More

प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा लुम्बिनीमा विशेष समारोह हुँदै

लुम्बिनी- आज २५६८ औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस । बुद्ध जन्मस्थल लुम्बिनीमा आज प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह हुँदैछ । बुद्धजयन्ती बौद्ध सम्प्रदायको मात्र नभई सबैको साझा उत्सव भएको बताउँदै लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले पवित्र लुम्बिनीको विकास गर्ने आफ्नो सङ्कल्प सुनाउँदै त्यस निम्ति समाजका सबै वर्गको सहयोग अपरिहार्य भएको बताए । विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरासहितका उच्चअधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी लुम्बिनी आउने कार्यक्रम रहेको उनले जानकारी दिए । कोषका...

Read More

आज बुद्ध जयन्ती : के हो सिद्वार्थ गौतम बुद्धले प्राप्त गरेका चार आर्य सत्य ?

काठमाडौँ– आज देशभर २५६८ औँ बुद्ध जयन्ती मनाईदैँछ । प्रत्येक वर्षको वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनार्ईने गरिन्छ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । के भन्छ किंवदन्ती ? नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । ६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८...

Read More