Author: Himalaya Post

उदयपुरमा १९ हजार बढी बालबालिकालाई आईपीभी खोप लगाइने

उदयपुर – उदयपुरमा १९ हजार ५३३ बालबालिकाहरुलाई आईपीभी खोप लगाईने भएको छ । जिल्लाको ८ ओटै पालिकामा राष्ट्रिय खोप अभियान ८१ अन्तर्गत पोलियो विरुद्धको (आई.पि.भि) खोप लगाईने भएको हो । बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका, लिम्चुङबुङ गाउँपालिकामा यहि जेष्ठ १३ देखि १८ गते सम्म र कटारी, ताप्ली र उदयपुरगढीमा जेष्ठ २१ गतेदेखी २६ गते सम्म गरी दुई चरणमा खोप लगाईने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । खोप अभियान संञ्चालनका लागि करिब ३ सय २० जना स्वाथ्यकर्मी र ६ सय ४१ स्वयसेवकहरु खटाईएको स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाईजर निरीक्षक चिरन्जिवी निरौलाले जानकारी दिए । उदयपुर जिल्ला भर...

Read More

गृहमन्त्री लामिछानेविरुद्ध सदन र सडक संघर्ष गर्ने काँग्रेसको निर्णय

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै सदनका साथै सडक संघर्ष गर्ने भएको छ । पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी प्रकरणमा संसदीय छानविन समिति गठनका साथै पीडितहरुको बचत फिर्ता गर्न दबाब दिनका लागि सदनका साथै सडकबाट संघर्ष गर्ने निर्णय गरेको हो । पहिलो चरणमा काठमाडौं उपत्यकामा व्यापक प्रदर्शन गर्ने र त्यसपछि क्रमशः प्रदेशमा प्रदर्शन गर्ने कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिए । प्रदर्शनका लागि नेविसंघ, तरुण दल, महिला संघलगायतका संगठनलाई सडकमा उतार्ने तयारी कांग्रेसले गरेको छ । संग्रौलाले वर्तमान सरकार अलोकतान्त्रिक र असंवैधानिक बाटोमा हिँडिरहेको आरोप लगाए । त्यस्तै बैठकले संसदमा गृहमन्त्रीको अभिव्यक्ति अमर्यादित र बदनियतपूर्ण भएको भन्दै आपत्ति जनाएको संग्रौलाले जानकारी दिए । त्यस्तै कैलाश सिरोहियालाई पक्राउ गर्ने कदम लोकतन्त्रमाथिको हमला भएको भन्दै भत्र्सना गरिएको उनले बताए । त्यस्तै कांग्रेसले गिरिबन्धुको जग्गा प्रकरणको विषयलाई पनि सशक्त रुपमा अघि उठाउने संग्रौलाले बताए...

Read More

दराज नेपाललाई १५ औ टाटा एस एभी हस्तान्तरण

काठमाडौँ– दराजले इ–कमर्स अर्थात् विद्युतीय व्यापारको क्षेत्रमा नेपालमा नयाँ युगको सुरुआत गरेको छ। आफ्नो कार्यले वातावरणमा कम प्रभाव परोस् भनेर दराजले पुनःप्रसोधन गर्न मिल्ने प्याकेजिङ, सौर्य ऊर्जामा लगानी, कागजको खपत न्यूनीकरण, ढुवानीमा विद्युतीय गाडीको प्रयोग, साना डेलिभरीका लागि इभी स्कुटर प्रयोग लगायतका नयाँ प्रविधि प्रयोग गर्दै आएको बताएको छ। खर्च, उपयोगिता, सहजता, वातावरण संरक्षण जस्ता विभिन्न मानकमा नेपालमा ढुवानीका लागि विद्युतीय गाडी कति उपयुक्त होला भन्ने दुविधाकाबीच दराजले विभिन्न ब्राण्डका कमर्सियल गाडीको परीक्षण गर्‍यो। १५ दिनसम्म गाडीको ट्रायल गरेर टाटा एस इभीको कार्यक्षमताबाट पूर्ण सन्तुष्ट भएर २०२३ मा २ वटा गाडी लिएर काम सुरू गरेको दराजले अप्रिल २०२४ सम्म...

Read More

काठमाडौँ महानगरको सिप मेला उदाहरणीय : श्रममन्त्री अर्याल

काठमाडौँ – श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्यालले काठमाडौं महानगरले आयोजना गरेको सिप मेला उदाहरणीय काम भएको बताएका छन् । बुधबार काठमाडौंमा महानगरले आयोजना गरेको सिप मेलाको अवलोकन गर्दै मन्त्री अर्यालले स्वदेशमा नै रोजगारी सिर्जना गर्नका लागि आयोजना गरिएको मेला उदाहरणीय काम भएको बताएका हुन् । उनले देशभरका सबै पालिकामा स्थानीय आवश्यकता अनुसार सिप सिकाउन सके विदेश जाने लहर रोक्न सकिने धारणा राखे । यस्ता सिप मेलाले रोजगारीको खोजीमा रहेका नागरिकलाई रोजगारदातासमक्ष सहजरुपमा पुग्न सहज हुने विश्वास व्यक्त गरे । उनले सरकारले आयोजना गर्न लागेको श्रमाधान रोजगार मेलाले रोजगारीको खोजी गरी रहेका व्यक्ति, रोजगारदाता, तालिम प्रदायक संस्थाको पुलको काम गर्ने बताए...

Read More

रातो मच्छिन्द्रनाथ रथजात्रा : थतिटोलमा नरिवल खसाल्ने जात्रा सम्पन्न

काठमाडौँ – रातो मच्छिन्द्रनाथ रथजात्राअन्तर्गत बुधबार ललितपुरको लगनखेलस्थित थतिटोलमा नरिवल खसाल्ने जात्रा सम्पन्न भएको छ । मच्छिन्द्रनाथको रथ लगनखेल पुगेको केही दिनपछि रथ निर्मातामध्ये ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ । रथलाई तान्दै लगनखेल पुर्याएपछि खुसीयालीमा रथको माथिबाट नरिवल खसाल्न थालिएको मान्यता रहिआएको छ । नरिवल खसाल्ने दिनलाई पाटनवासीले उत्सवको रूपमा लिन्छन् । किंवदन्ती अनुसार रथमाथिबाट खसालिएको नरिवलसमात्ने व्यक्तिको पहिलो सन्तानको रूपमा छोरा जन्मिन्छ भन्ने मान्यता छ । थतिटोलमा नरिवल खसाल्ने जात्रा मनाएपछि भोलिपल्ट बिहान महिलाहरुले रथ तान्ने परम्परा छ । नरिवल खसाल्ने जात्रा सकिएको केही दिनपछि ज्योतिषले रातो मत्स्येन्द्रनाथलाई जावलाखेल लैजाने साइत हेर्ने परम्परा छ । मणिमण्डपस्थित सोह्रखुट्टे पाटीमा बसी मत्स्येन्द्रनाथका ज्योतिषले जावलाखेल लैजाने साइत निकाल्ने गर्छन् । रथ जावलाखेल पुगेको चार दिनपछि भोटो जात्रा मनाइन्छ । जावलाखेलमा भोटो देखाएपछि मत्स्येन्द्रनाथको जात्रा सम्पन्न हुन्छ...

Read More