Author: Himalaya Post

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ

काठमाडौँ – कान्तिपुर मिडिया ग्रपका अधयक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन् । मंगलबार नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले सिरोहियालाई कान्तिपुर पब्लिकेसनको केन्द्रीय कार्यालय थापाथलीबाट पक्राउ गरेको हो । सिरोहियालाइ पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराइ नेतृत्वको टोली कान्तिपुर कार्यालय पुगेको थियो । नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो । सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो । पक्राउ परेपछि सिरोहियाले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै आफूमाथि गृहमन्त्री रवि लामिछानेले प्रशोधन साँधेको बताए । उनले आफूमाथि नागरिकताको मुद्दामा नभई सहकारी गठी प्रकरणमा कान्तिपुरले निरन्तर समाचार प्रकाशित गरेपछि लामिछानेले त्यसको बदलामा शक्तिको दुरुपयोग गर्दै पक्राउ गरिएको बताए । सिरोहियाले भने उक्त प्रकरणमा आफ्नो कुनै गल्ती नभएको र प्रशासनले जुन नम्बरको नागरिता दियो, सोही प्राप्त गरेको बताए । उजुरीपश्चात आफूलाई एकपटक पनि स्पष्टीकरणका नबोलाइ सिधै कार्यकक्षबाटै पक्राउ गर्नु वर्तमान सरकारको नवअधिनायकवादी शैली भएको जिकिर गरे । उनले आफ्नो पक्राउपछि पनि कान्तिपुर आफ्नो कर्तव्यमा अझ सशक्त भएर लाग्ने बताए...

Read More

दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित

दोलखा – दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईं स्मृति अस्पतालमा आयोजित चारदिने निःशुल्क हार्डजोर्नी सर्जिकल शिविरमा एक हजार एक सय ९५ जनाले सेवा लिएका छन् । रोटरी क्लब अफ काठमाडौँ वेष्ट, नेपाल अपाङ्ग सङ्घ, अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौँ, भीमेश्वर नगरपालिका र पशुपति चौलागाईं स्मृति अस्पतालको संयुक्त आयोजनामा भएको शिविरलाई मेड९सोलुसन फाउन्डेसन स्विजरल्यान्डले प्रायोजन गरेको थियो । शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ पाँचजनाको टोलीसँगै एकजना वरिष्ठ एनेस्थेसिस्ट र पाँचजना नर्सले सेवा प्रवाह गरेका थिए । नेपाल अपाङ्ग सङ्घ अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौँका वरिष्ठ एनेस्थेसिस्ट चिकित्सक संयुक्त आचार्यले शिविरबाट दोलखाका विभिन्न स्थानका बिरामीहरुले सेवा लिएका बताए । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा रचित शर्माले शिविरमा ३९ जनाको निःशुल्क शल्यक्रिया गरिएको जानकारी दिए । शिविरपछि चिकित्सकको टोलीलाई पशुपति चौलागाईं स्मृति अस्पतालका अध्यक्ष भरतनारायण प्रधानले धन्यवाद दिए ।...

Read More

गृहमन्त्री लामिछानेको सम्पति : ८० तोला सुन, काठमाडौँमा ११ रोपनी जग्गा

काठमाडौँ – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री एवम् मन्त्रिपरिषदको कार्यालयले मंगलबार प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुको सम्पत्ति सावर्जजनिक गरेको हो । सार्वजनिक विवरण अनुसार गृहमन्त्री लामिछानेको अधिकांश सम्पत्ति श्रीमती निकिता पौडेको नाममा रहेको पाइएको छ । जस अनुसार गृहमन्त्री लामिछानेको भक्तपुरमा १ रोपनी १ आना जग्गा रहेको छ । जुन पैतृक सम्पत्तिबाट प्राप्त भएको उल्लेख गरिएको छ । यसबाहेक सबै सम्पत्ति श्रीमतीको नाममा रहेको गृहमन्त्रीले उल्लेख गरेका छन् । लामिछानेपत्नी श्रीमती निकिताको नाममा काठमाडौँको बूढानीलकण्ठमा ५ आनामा फैलिएको घर रहेको छ । जुन विभिन्न व्यवसाय सञ्चालनबाट आएको रकमबाट ३ करोड ७५ लाख रुपैयाँमा घर...

Read More

गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको आरोपमा ६ जना पक्राउ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ । मंगलबार निकुञ्ज कार्यालयले पत्रकार सम्मेलन आयोजना गरी गत चैत २७ गते भरतपुर महानगरपालिका–६ बाट पक्राउ परेका उनीहरुलाई सार्वजनिक गरेको हो । सोही घटनाका एक आरोपित फरार रहेका छन् । घाँस दाउरा गर्न जंगल गएका बेला मरेर सडेगलेको अवस्थामा भेटिएको गैँडाको खाग झिकेर राखेको लामो समयपछि बिक्री गर्ने क्रममा उनीहरू समातिएका हुन् । पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका–१६ बस्ने २९ वर्षीय क्रान्ति खड्का, ३८ वर्षीय लेखनाथ सुनार, सोही नगरपालिका–१५ बस्ने ५० वर्षीय छविलाल परियार, ३६ वर्षीय प्रकाश घिमिरे, बुलिङटार गाउँपालिका–४ बस्ने ३५ वर्षीय खिमबहादुर बराल र बझाङको छबिसपाथिभरा गाउँपालिका–१ बस्ने २७ वर्षीय प्रकाशराज जोशी रहेका छन् । उनीहरूमध्ये खड्काको साथबाट संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग एक थान फेला परेको प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए । उक्त खाग विसं २०७२ साल चैतमा चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रअन्तर्गतको गुन्द्रेढाकाहा मध्यवर्ती सामुदायिक वनमा फेला परेको उल्लेख छ । पुनका अनुसार पक्राउ परेका छविलाल परियार र कावासोती नगरपालिका–१५ का भैरव थापाले घाँसदाउरा गर्न भनी गएको बखत वन क्षेत्रमा एकसिङ्गे गैँडा मरी सडिगलेको अवस्थामा देखेपछि दुईजना मिलेर मृत गैँडाको खाग चोरी गरेको अनुसन्धानबाट खुलेको छ । निजमध्ये थापाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । खाग खरिदबिक्रीमा संलग्न रहेको खुलेपछि जिल्ला अदालतबाट पक्राउ अनुमति लिएका अर्का एक व्यक्ति भनेर फरार रहेका छन्...

Read More