Author: Himalaya Post

प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा लुम्बिनीमा विशेष समारोह हुँदै

लुम्बिनी- आज २५६८ औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस । बुद्ध जन्मस्थल लुम्बिनीमा आज प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह हुँदैछ । बुद्धजयन्ती बौद्ध सम्प्रदायको मात्र नभई सबैको साझा उत्सव भएको बताउँदै लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले पवित्र लुम्बिनीको विकास गर्ने आफ्नो सङ्कल्प सुनाउँदै त्यस निम्ति समाजका सबै वर्गको सहयोग अपरिहार्य भएको बताए । विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरासहितका उच्चअधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी लुम्बिनी आउने कार्यक्रम रहेको उनले जानकारी दिए । कोषका...

Read More

आज बुद्ध जयन्ती : के हो सिद्वार्थ गौतम बुद्धले प्राप्त गरेका चार आर्य सत्य ?

काठमाडौँ– आज देशभर २५६८ औँ बुद्ध जयन्ती मनाईदैँछ । प्रत्येक वर्षको वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनार्ईने गरिन्छ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । के भन्छ किंवदन्ती ? नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । ६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८...

Read More

सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री

लुम्बिनी – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको शिक्षामा विश्वास गरे व्यक्ति, समुदाय र राष्ट्रहरूबीच रहेका विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत पुग्ने बताएका छन् । आज २५६८औँ बुद्धजयन्तीको पूर्व सन्ध्यामा आज आयोजित चित्रकला प्रदर्शनी कार्यक्रममा प्रधानमन्त्री दाहालले बुद्धका शाश्वत वाणी विश्वमा झनै सान्दर्भिक हुँदै गएको बताए । “बुद्धको शाश्वत अहिंसा, करुणा र आन्तरिक शान्तिको सन्देश आजको विश्वमा झन् सान्दर्भिक भएको छ”, प्रधानमन्त्री दाहालले भने, “म विश्वस्त छु, बुद्धको शिक्षाको विश्वासपूर्ण अनुसरणले व्यक्ति, समुदाय र राष्ट्रहरूबीच विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत गर्नेछ ।” लुम्बिनी आउँदा आफूलाई सधैँ खुसी अनुभूत हुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले लुम्बिनीले विश्वका सम्पूर्ण मानवका लागि शान्तिको केन्द्रका रूपमा ऐतिहासिक र सांस्कृतिक महत्त्व राख्ने बताए । उनले भने, “नेपाल सरकारले लुम्बिनीलाई धार्मिक, सांस्कृतिक, ऐतिहासिक स्थलका रूपमा मात्र नभई बुद्ध धर्मको स्रोत र शिक्षा र बौद्धिक खोजको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता पटक पटक व्यक्त गरेको छ ।” सांस्कृतिक सम्पदाको प्रदर्शनका लागि गरिएका अथक प्रयासहरूप्रति धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री दाहालले विशिष्ट कलाकारहरूको सिर्जनशीलता र जोश प्रेरणादायी भएको बताए । नेपाल–भारत सम्बन्धको सन्दर्भमा सांस्कृतिक आयामले विशेष स्थान ओगटेको बताउँदै प्रधानमन्त्रीले दुई देशका जनतालाई प्राचीनकालदेखि नै सांस्कृतिक आयामले नजिक राखेको उल्लेख गरे । “हाम्रो सांस्कृतिक सम्पदा गर्वको स्रोत मात्र होइन”, प्रधानमन्त्री दाहालले भने, “यो ज्ञान, मूल्य र परम्पराहरूको खजाना हो, जसले हाम्रो जीवनलाई समृद्ध बनाउँछ र हाम्रो पहिचानलाई आकार दिन्छ ।” परस्पर समझदारी, विश्वास, सम्मान र सहयोगले नेपाल–भारत प्राचीनकालदेखि चलेको बहुआयामिक सम्बन्धलाई परिभाषित गर्ने बताउँदै प्रधानमन्त्री...

Read More

काँग्रेसको सहकारी विभागको माग : रविमाथि अनुसन्धान गरी कारवाही हुनुपर्छ

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय सहकारी विभागले सहकारी गठी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गरी आवश्यक कारवाही गर्न मान गरेको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै विभागका प्रमुख देवेन्द्रराज कँडेलले गृहमन्त्री लामिछानेमाथि अनुन्धान गर्नुपर्ने र सहकारी पीडितको रकम फिर्ता गर्ने वातावरण सिर्जना हुनुपर्ने माग गरेका हुन् । तत्कालीन समयमा लामिछाने संलग्न गोरखा मिडियाले कानुन विपरित विभिन्न सहकारीबाट ९५ करोड बढी ऋण लिएर अपचलन गरेको तथा सहकारी सदस्यलाई आफ्नो पैसा फिर्ता नपाउने गरी बिचल्लीमा परेकाले लामिछानेसहित गोरखा मिडियाका सञ्चालक र कार्यकारी प्रमुखहरुलाई कारबाही गर्नुपर्ने विभागको भनाई छ । जारी विज्ञप्तीमा भनिएको छ, ‘कानुनी व्यवस्था विपरित गोरखा मिडिया नेटवर्क प्रा. लि. मा उपरोक्त सहकारीहरुमा सर्वसाधारण जनताले जम्मा गरेको रकमको ठूलो हिस्सा अपचलन भएकोरकम तत्काल फिर्ता गर्ने, सहकारीको बचत अपचलन गर्ने सहकारीका संचालक, कार्यकारी प्रमुख साथै गोरखा मिडिया नेटवर्क प्रा. लि. का संचालक एवं कार्यकारी प्रमुखलाई कानुन बमोजिम तत्काल कारबाही गरी सहकारी ऐनको दफा १२४ बमोजिम दण्ड, जरिबाना र सजायँ हुनुपर्दछ र सरकारलेजनतामा कानुनी राज्यको अनुभूति दिलाउनु पर्दछ ।’ राष्ट्रको समग्र विकासका लागि सहकारी आन्दोलनको अपरिहार्यता बोध गरी नियमित र सुशासित सहकारी आन्दोलन अघि बढाउन आवश्यक नीति, ऐनको संसोधन र सहकारी मैत्री वातावरण सिर्जना गर्न जोडदार माग गरिएको छ । साथै विभागले सहकारी प्रकरणमा निरन्तर समाचार प्रकाशित गर्दा गृहमन्त्रीले प्रतिशोध लिँदै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैशाल सिरोहियालाई पक्राउ परेको भन्दै विरोध समेत जनाएको छ...

Read More

पशुपतिको वनकालीमा साउनभर कोटीहोम महायज्ञ हुने

काठमाडौँ – हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथस्थित वनकालीमा ऐतिहासिक विशाल कोटीहोम यज्ञ गरिने भएको छ । मानव सेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घसंस्थाको आयोजनामा कोटीहोम महायज्ञ सञ्चालन हुने भएको हो । उक्त महायज्ञ आगामी साउनभर चल्ने श्रीमद्भागवत कथा पुराण प्रवक्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिले जानकारी दिए। हाम्रो धर्म संस्कृतिको संरक्षण समग्र मानव जातिको सुख, शान्ति र समृद्धिका लागि महायज्ञ गर्न लागिएको उनले बताए । नेपाल अध्यात्म भूमि हो । यस तपोभूमिबाट योग, ध्यान, प्रणाम धर्म, ज्ञान, साधना र विज्ञानको महत्व विकास भएकाले हो भन्ने जानकारी र सन्देशसमेत जनजनमा पुर्‍याउने महायज्ञको ध्येय रहेको छ । मामाघर अनाथालय आश्रम, ललितपुर र...

Read More