Author: Himalaya Post

टिप्ताला नाका खुलाउने तयारी

ताप्लेजुङ – ताप्लेजुङमा अवस्थित टिप्ताला नाका खुलाउने तयारी भइरहेको छ । चीन र नेपालको दुई पक्ष समझदारीमा नाका खुलाउन लागिएको हो । गत वैशाखको अन्तिम साता प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यको नेतृत्वमा सुरक्षा निकायलगायतको टोली टिप्ताला नाका पुगेको थियो । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार चीनका तर्फबाट तिब्बतको डिङ्जी काउन्टी सरकारका अधिकारीबीचको समन्वयमा २५ वैशाखमा नाका खुलाउने सहमति भएको थियो । चीनका तर्फबाट तयारी पूरा नभएकाले २५ वैशाखमा नाका खुलाउन नसकेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । उनले भने, ‘चीनको तर्फबाट नाका खुलाउन तयारी पूरा नभएकाले सहमतिअनुसार नाका खुलेन । यही महिनाभित्र खुल्ने गरी तयारी भइरहेको छ ।’...

Read More

सन्दीपलाई विश्वकपका लागि अमेरिकाले दिएन भिसा

काठमाडौँ – अमेरिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । आगामी जुन १ देखि अमेरिकामा हुने आईसीसी टी–२० क्रिकेट विश्वकपमा सहभागिता जनाउनका लागि भिसा आवेदन दिएका सन्दीपलाई अमेरिकाले भिसा दिन इन्कार गरेको हो । अमेरिकाले भिसा नदिएपछि सन्दीपको अमेरिका जाने योजनामा ढिलाई भएको छ । भिसा आवेदन अस्वीकृत भएपछि सन्दीपले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका छन् । उनले भनेका छन्, ‘र फोरि पनि अमेरिकी दूतावास, नेपालले २०१९ मा जस्तै मलाई अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि भिसा दिन अस्वीकार गरेको छ । यो दसर्भाग्य हो । यसका लागि म नेपाली क्रिकेट समर्थकमा...

Read More

स्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आज वीर अस्पतालमा छड्के अनुगमन गरेका छन् । बुधबार दिउँसो मन्त्रीसहित सचिव डा रोशन पोखरेललगायत कर्मचारी अनुगमनमा सहभागी भएका थिए। मन्त्री प्रदीपले वीर अस्पतालको नयाँ भवनदेखि पुरानो भवनको अवलोकन गरे । त्यसपछि नजिकै रहेको राष्ट्रिय ट्रमा सेन्टरको समेत अवस्था बुझ्न गएका थिए । करिब तीन घण्टाको अनुगमनमा मन्त्री यादवले प्रत्यक्षरुपमा बिरामीलाई भेटेर अवस्थाका बारेमा जानकारी लिएका थिए । अस्पतालको अकस्मात कक्ष, ओपिटीमा सबैभन्दा बढी समस्या देखापरेको मन्त्री यादवले बताए । ‘देशभरकै बिरामीको उपचारको केन्द्र रहेको अस्पताल व्यवस्थित हुुनुपर्छ’, उनले भने, ‘कतिपय कक्ष तथा सेवा व्यवस्थित नहुँदा बिरामीले दुःख पाउनुभएको छ । मुख्यतया जनशक्तिको अभाव देखिएको छ, यसले व्यवस्थापनमा समस्या देखिएको हो ।’ मन्त्री यादवले अस्पतालको सेवा थप प्रभावकारी बनाउन जनशक्तिको व्यवस्थापन तुरुन्तै गरिने बताए । शय्या अभावका कारण एउटै शय्यामा महिला र पुरुष राखेर उपचार गरेकोसमेत भेटिएको थियो । अस्पतालमा आएका सर्वसाधारणले सेवासुविधामा भोग्नु परेको समस्या प्रत्यक्ष मन्त्रीसमक्ष राखेका थिए । अस्पतालको औषधि पसलमा घण्टौँ लाइन लागेका सर्वसाधाणलाई मन्त्री यादवले समस्या के छ ? भन्दै सोधेका थिए । औषधि पसलमा टोकन सिस्टम नहुँदा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता रहेको सर्वसाधारणले सुनाएका थिए । मन्त्री यादवले औषधि पसलको लाइन व्यवस्थापन गर्न तुरुन्तै टोकन सिस्टम ल्याउन अस्पतालका उपकुलपति डा भूपेन्द्र बस्नेतलाई निर्देशन दिए । त्यस्तै, सर्वसाधारणले स्वास्थ्य बीमामार्फत औषधि नपाएको गुनासो गरेका थिए । डा भूपेन्द्रले अनुगमनकै क्रममा सर्वसाधारणमाँझ औषधि अभाव भएको स्वीकार गर्दै औषधि ल्याउने प्रक्रियामा रहेको र दुई साताभित्र स्वास्थ्य बीमाको औषधि आइपुग्ने...

Read More

भरतपुर महानगर र चीनको छुङ्गसछिङ्गबीच भगिनी सम्बन्ध

चितवन – चितवनको भरतपुर महानगरपालिका र चीनको छुङ्गसछिङ्ग नगरबीच भगिनीसम्बन्ध कायम भएको छ। औद्योगिक सहरका लागि मित्रमिलन कार्यक्रमअन्तर्गत दुवै नगरबीच भगिनी सम्बन्ध कायम भएको हो। चीनको छुङ्गसछिङ्स नगरमा भएको कार्यक्रममा भरतपुर महानगरका प्रमुख रेनु दाहाल र छुङगसछिङ्ग नगरका प्रमुख हुहङ्गफाबीच सम्झौता भएको हो। सो अवसरमा ४७ देशका विभिन्न सहरका प्रमुख तथा उपप्रमुखको उपस्थिति थियो। सो अवसरमा अन्य देशका नगरसँग समेत छुङ्गसछिङ्ग सहरले भगिनी सम्बन्ध कायम गरेको छ। कार्यक्रममा सहभागी भरतपुर महानगरका विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार दुई देशबीचको सम्बन्धलाई अझ नयॉ उचाईमा पुर्‍याउन भरतपुर र छुङ्गसछिङ्गका प्रमुख सहमत भएका छन्। दुई सहरका नागरिकस्तरको सम्बन्ध कायम गर्दै एकले अर्काको विकासमा सहयोग पुर्‍याउने बारेमासमेत छलफल भएको उनले बताए। सो अवसरमा प्रमुख दाहालले भरतपुरको संक्षिप्त परिचय दिँदै भरतपुरको विकास र ठूला पूर्वाधार निर्माणमा लगानी गर्न छुङ्गसछिङ्ग नगरका प्रमुख तथा त्यहाँका उद्योगपतिलाई आग्रह गरे। उनले छुङगसछिङ्ग नगरका प्रमुख हुहङ्गफालाई भरतपुरको भ्रमण गर्न आग्रह गरे। भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ। कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी, उपनिर्देशक जगन्नाथ अर्याल, इन्जिनियर साकार लामा, सूचना तथा वैदेशिक समन्वय शाखा प्रमुख मेनुका पण्डित, विज्ञ सल्लाहकार अनिलकुमार पाठक, कृष्ण बगाले, गीता कुँवर अधिकारीलगायतको सहभागिता थियो ।...

Read More

एक दशकमा बन्यो स्वास्थ्य कार्यालय भवन

सोलुखुम्बु – स्वास्थ्य कार्यालय सोलुखुम्बुको भवन निर्माण एक दशकमा सम्पन्न भएको छ। विसं २०७१ देखि सुरु गरिएको भवन निर्माण पटकपटक म्याद थप गर्दै गत वैशाखमा सम्पन्न भएको हो। विसं २०७१ माघ २० गते दुई वर्षमा निर्माण सक्नेगरी नीलगिरि निर्माण सेवाले रु दुई करोड ३८ लाख तीन हजार ५३ को लागतमा जिम्मा लिएको थियो। निर्धारित समयमा निर्माण नभएपछि पटकपटक म्याद थप गरी दश वर्षमा भवन सम्पन्न भएको स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले बताए। आफू कार्यालयमा आएदेखि सबैसँग समन्वय गर्दै ताकेता गरेपछि निर्माणले निरन्तरता पाएको उनको भनाइ छ। भवन हस्तान्तरण भएसँगै गत वैशाख १६ गते स्वास्थ्य कार्यालय भाँडाको भवनबाट आफ्नै भवनमा सरेको प्रमुख तिवारीले जानकारी दिए। उनका अनुसार लामो समय अलपत्र छाडिँदा निर्माणमा प्रयोग गरिएका काठहरु कुहिएर अर्को फेर्नुपरेको थियो। ‘अहिले निर्माण कम्पनीले काम सकेर हामीलाई हस्तान्तरण गरेको छ। अझै रङ्गरोगन, वाइरिङलगायत काम बाँकी छन्। ढिलै भए पनि सबैको सहयोगले भवन सम्पन्न भएर यहीँबाट सेवा दिन थालेका छौँ,’ तिवारीले भने। दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी जिम्मेवारी पाएको कम्पनीले लापरबाही गर्दा राज्यले स्वास्थ्य कार्यालयका लागि घरभाडामा मात्रै ५० लाख खर्च गरेको उनले जानकारी दिए। निर्माण सम्पन्न गर्नुको सट्टा भवन अलपत्र छाडेर ठेकेदार बेपत्ता बन्दा कार्यालय भाडामा बस्नु परेको थियो। दस वर्षको अवधिमा स्वास्थ्य कार्यालयमा दशजना कार्यालय प्रमुख फेरिएका थिए। अहिले आफ्नै भवनबाट सेवा सञ्चालन सुरु गरेसँगै घर भाँडाबापतको कार्यालयले तिर्दै आएको वार्षिक पाँच लाख जोगिएको छ। ४५ वर्षपछि आफ्नै भवन स्वास्थ्य कार्यालय सोलुखुम्बुले स्थापना भएको ४५ वर्षपछि आफ्नै सुविधा सम्पन्न भवन प्राप्त...

Read More