एकीकृत समाजवादीले रोजगारी र सुशासनलाई प्रमुख मुद्दा बनाउँदै राष्ट्रिय महाधिवेशन गर्ने
काठमाडौँ – नेकपा एकीकृत समाजवादीले रोजगारी र सुशासनलाई राजनीतिको प्रमुख मुद्दा बनाउँदै तोकिएको समयमा नै पार्टीको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने जनाएको छ । असार १६ देखि २० गतेसम्म काठमाडौं हुने पार्टीको १० औं राष्ट्रिय महाधिवेशनका विषयमा जानकारी गराउन आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समाजवादीले रोजगारी र सुशासनलाई राजनीतिको प्रमुख मुद्दा बनाउनुपर्ने अहिलेको अवस्थामा त्यस क्षेत्रमा सकारात्मक हस्तक्षेप गर्ने संकल्पका साथ महाधिवेशन आयोजना गर्न लागिएको जनाएको हो । वर्तमान राजनीतिमा बढेको अस्थिरता र अविश्वास, उत्पादनमा ह्रास, लगानी र पुँजीगत खर्चमा कमी, रोजगारीमा कटौती र बेरोजगारीमा वृद्धिजस्ता प्रवृत्तिले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला दिएको समाजवादीको निष्कर्ष छ । पुनरुत्थानवादी शक्तिले सामाजिक तथा साम्प्रदायिक...
Read More





























